कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जनता भा’छन् हाहाकार...निदायो कि सिंहदरबार ?

काठमाडौँ — समसामयिक विषय समेटिएको गीत 'ए सरकार' को भिडियो सार्वजनिक भएको छ । भीमफेदी गाइज समूहले फिचरिङ् गरेको गीतमा देवेन्द्र कार्कीले स्वर दिएका छन् । गीतको शब्द गिरिजा अधिकारीले लेखेका हुन् ।

जनता भा’छन् हाहाकार...निदायो कि सिंहदरबार ?

गीतमा देशमा बढ्दो भ्रष्टाचार, महँगीजस्ता विषयलाई उठाइएको छ । रोजगारीको अवसर आफन्तलाई दिएर जनतालाई विभिन्न नाममा विदेश पठाउने विषयलाई गीतमा व्यंग्य गरिएको छ ।


जनताले दैनिक जीवनमा भोगेका समस्यालाई शब्दतामा उतारेको गीतकार अधिकारीले बताए । ‘भीमफेदी गाइजले नृत्य कलामार्फत निराश भोगालाई यथार्थ चित्रण गरेका छन,’ उनले भने ।


गीतमा विकास पाण्डेको संगीत छ भने भिडियोको पवन सुस्लिङले खिचेका हुन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?