शम्भू राईसँग सहमति गरेपछि प्रकाश सपूतले भने, 'मानसिक रुपमा कति विचलित भएको छु मलाई थाहा छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रकाश सपूत । अहिले दुई कारणले चर्चामा छन् । एक- गलबन्दी गीतले र अर्को- गलबन्दी गीत चोरी गरेको आरोपले । लोकगायक शम्भु राईले सपूतलाई गलबन्दी गीतको भाका आफ्नो गीतबाट चोरी गरेको आरोप लगाए । चोरी गरेको आरोपमा राईले मुद्धा दायर समेत गरे । तर पछि राई र सपूत दुवै मिले । बुधबार सहमति गरे। सहमतिपछि सपूतलाई कान्तिपुरकर्मी विमल खतिवडाले बिहीबार बिहान ६ प्रश्न गरे । सपूतले आफू रिकभर हुन केही समय लाग्ने बताए । प्रस्तुत छ खतिवडाले सपूतसँग गरेको कुराकानी :

गीत विवादमा आएपछि कस्तो लाग्यो?
म एकदम सामान्य मान्छे हो। शान्त रहने चाहने र धेरै मान्छेसँग तर्क/वितर्क, झगडा नगर्ने स्वभावको मान्छे हुँ। म बढी अन्तरमुखी छु। आफ्नोबारेमा गलत तरिकाले प्रचार/प्रसार गरिदिदाँ एकदमै निरिह महसुस हुँदो रैछ। विषय त सामान्य हो जस्तो लाग्छ। खास के हो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि ! मान्छेहरुले यो विषयलाई असम्मानित बनाइरहँदा उदेक लाग्दो रैछ। दुनियाँ कत्रो भ्रममा हुँदो रैछ भन्ने लाग्यो।

विवाद समाधान भयो, अबचाहिँ कस्तो अनुभुति गरिरहनु भएको छ?
विवाद तत्कालीन समस्या समाधान मात्र हो। म एउटा झन्झटबाट मुक्त भए भन्ने मात्र हो। विषय त ज्यूँका त्यूँ हुनु पर्छ। बहस हुन जरुरी छ। कानुन निर्माणकालागि सर्जकहरुले पनि व्यवसायिक हिसावले सोच्न र बहस गर्न जरुरी छ। एकखालको मेरो समय बचत भएको छ भन्ने लागेको छ। मानसिक रुपमा म कति विचलित भएको छु यसले मलाई कति समयसम्म असर गर्छ भन्ने कुरा आफैंमा छ। जुन म भोगिरहेको छु। प्रहरीमा जानु पर्ने झन्झटबाट मुक्त भएँ भन्ने लागेको छ।

यो विवादले आगामी दिनमा तपाँईको साँगितिक यात्रालाई प्रभाव पार्छ कि पार्दैन?
ममा आत्मविश्वास थोरै खस्किएको छ। एकदमै स्पिडमा अघि बढिरहेको थिएँ। गलबन्दी आएपछि त व्यस्तता बढेको थियो। गीत/संगीत सम्बन्धि धेरै काम गरिरहेको थिएँ। अन्य क्षेत्रमा पनि हात हाल्ने सोच बनाइरहेको थिएँ। तर अब मलाई रिकभर हुन समय लाग्ने भयो। सांगितिक रुपमा त्यस्तो असर गर्छ भन्ने त लाग्दैन। थोरै प्रभाव त पार्ने नै भयो। आम दर्शक/स्रोतामाझ आउने गरी मैले अर्को काम गर्दा अझै बढी चुनौतीकासाथ गर्नु पर्ने हुन्छ।

शम्भु राई सत्ता निकट भएकाकारण डराएर सम्झौता गर्नु भयो भन्ने छ नि, हो?
स्पष्ट के हो भने मुद्धा दायर गर्छु भनेर अन्तिम निर्णयमा पुग्नु भयो। दायर गर्नु पनि भयो। मैले अहिलेकालागि भन्ने हो भने कुनै दबाबबाट होइन। पटक-पटक अदालत जानु पर्ने, प्रहरी चौकी धाउनु पर्ने, मान्छेहरुलाई भेट्नु पर्ने होला, कन्भिन्स हुनु पर्ने होला, प्रमाणहरु पेश गर्नु पर्ने होला, तर्क/वितर्क गर्नु पर्ने होला। यी किसिमका झन्झटबाट मुक्त हुनका लागि मैले यस्तो गरेको हो। त्यस्तो कुनै दबाब महसुस गरेको छैन।

अलि तनावमा हुनुहुन्थ्या, यसले तपाईंको सिर्जनामा कुनै असर त गर्दैन?
तपाईसँग कुरा गरिरहँदा अहिलेसम्म दिमागमा केही आएको छैन। पहिला धेरै दिमागमा क्रियटिभ कुराहरु फुर्थे। सिर्जनशिलता हुन्थ्यो। अहिले जाम भएर बसेजस्तो महसुस भएको छ। गीत सुन्न पनि मन लागिरहेको छैन। फ्रेस हुन समय लाग्ला। मेरो स्वभावले होला, एक किसिमले समस्या समाधान भइसक्यो। हाँसी खुशी हिँड्दा पनि हुन्थ्यो। तर मलाई कुनै कुराले छोयो भने लामो समय सम्म छुन्छ।

समय कसरी बिताइरहनु भएको छ?
घरमै बसिरहेको छु। म मोडलिङ पनि गर्छु। अहिले तीज गीतको सुटिङको समय हो। १०/१२ वटा सुटिङ क्यान्सिल गरिसकेँ। धेरै जनालाई पेन्डिङमा राखेको छु। पहिला नै सम्झौता गरेको एक/दुई वटा कामहरु जबरजस्ती गरिरहेको छु। भेटघाट गर्न वातावरण सहज बनिराखेको छैन।

प्रकाशित : असार १३, २०७६ ११:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आँगनमै अवसर

गन्तव्य
औद्योगिक नगर विराटनगर प्रदेश १ को राजधानी मात्र नभएर शिक्षा र स्वास्थ्यको प्रमुख केन्द्रका रुपमा पनि विकसित हुँदै आएको छ । उच्च शिक्षा र चिकित्साशास्त्र अध्ययनका लागि पछिल्लो समय यस क्षेत्रका विद्यार्थी अन्यत्र जानुपर्ने अवस्था छैन ।
विनोद भण्डारी

उच्च शिक्षा अध्ययनका लागि विराटनगरका शिक्षण संस्थाले हिमाल, पहाड र तराईलाई जोड्दै आएका छन्  । चिकित्साशास्त्र अध्ययनका लागि भारत, माल्दिभ्स र श्रीलंकालगायत मुलुकका विद्यार्थीका लागि गन्तव्य बन्दै गएको छ  ।

यहाँका दुईवटा मेडिकल कलेजमा विदेशी विद्यार्थी अध्ययन गर्दै आएका छन् । विगतमा यहाँका विद्यार्थी उच्च शिक्षा र चिकित्साशास्त्र अध्ययनका लागि मोटो रकम खर्चेर विदेशिनुको विकल्प थिएन ।
झन्डै ४२ किलोमिटर उत्तर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि प्रदेश १ को चिकित्सा क्षेत्रमा अब्बल संस्थाका रूपमा स्थापित भइसकेको छ । प्रदेश १ सरकारले मोरङको हात्तीमुढामा सञ्चालनमा रहेको मनमोहन स्मृति पोलिटेक्निकल क्याम्पसलाई प्राविधिक विश्वविद्यालयमा रूपान्तरण गर्ने तयारी गरेको छ । यसका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
आधुनिक भौतिक पूर्वाधार विस्तार र गुणस्तरीय सिकाइ विधिको सुरुवातसँगै पछिल्लो समय विराटनगर पूर्वको शैक्षिक र स्वास्थ्य हबका रूपमा विकसित हुँदै गएको छ । यहाँका निजी विद्यालय, प्लस टु र प्राविधिक विषय पढाउने कलेजले उल्लेख्य लगानीमा आकर्षक भौतिक पूर्वाधार विस्तार गरी व्यावसायिक विषयमा गुणस्तरीय शिक्षण विधि अपनाएका छन् । हरेक वर्ष गुणस्तरीय शिक्षाका नाममा भारतमा पढ्न जाने सयौँ विद्यार्थीलाई केही हदसम्म रोक्न र गएकालाई फर्काउन सफल हुँदै आएको प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीको बुझाइ छ । विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयसहित विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, नर्सिङ कलेज, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस, दुईवटा इन्जिनियरिङ क्याम्पस, झन्डै दुई दर्जन निजी प्लस टु सञ्चालनमा छन् ।
विराटनगरमा प्लस टुतर्फ व्यवस्थापन, विज्ञान, शिक्षा, पत्रकारिता, होटल म्यानेजमेन्ट, बीएससीएजी र स्नातक तहमा बीबीएस, बीबीए, बीसीए, बीआईटी, बीएस्सी सीएचआईटी, ब्याचलर इन फुड टेक्नोलोजी र बीएचएमलगायत विषयको पढाइ हुन्छ । त्यसैगरी मेडिकल साइन्सतर्फ नोबेल र विराट मेडिकल कलेजले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ र एमडीको पढाइ गर्दै आएका छन् । अन्य कलेजहरूले बीएस्सी नर्सिङ, बीएन र बीपीएचलगायतका कार्यक्रम पढाउँदै आएका छन् । स्नातकोत्तरतर्फ यहाँको डिग्री क्याम्पस, महेन्द्र मोरङ क्याम्पसमा एमएस्सी, एमबीएस, एमएडसहित बोटानी, जुलोजी, केमेस्ट्री, फिजिक्स, समाजशास्त्र, ग्रामीण विकास, अर्थशास्त्र र अंग्रेजीलगायतका विषयको पढाइ हुन्छ ।
पछिल्लो समयमा निजी स्कुल र कलेजले शैक्षिक क्यालेन्डरका आधारमा गुणस्तरीय शिक्षण विधि अपनाउँदा नगरका शैक्षिक संस्थाप्रति पूर्वाञ्चलको ध्यान आकर्षित भएको छ । शिक्षाविद् प्राडा मेदिनीप्रसाद शर्मा भन्छन्, ‘निजी शिक्षण संस्थाले पछिल्लो पटक गरेको लगानीका कारण विराटनगरबाट बाहिर पढ्न जानेको संख्यामा गिरावट आएको छ ।’
उच्च शिक्षातर्फ म्यानेजमेन्ट, विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटर र शिक्षा संकायमा प्लस टु पढ्ने पूर्वी तराई र पहाडी क्षेत्रका विद्यार्थीका लागि पहिलो रोजाइ विराटनगर भएको छ । हिसान मोरङका अध्यक्ष राजेश कार्कीको बुझाइमा म्यानेजमेन्ट, विज्ञान, कम्प्युटर र शिक्षा संकाय सञ्चालन गरेका विराटनगरका प्लस टुले पूर्वी तराई र पहाडी जिल्लालाई विराटनगरसँग जोड्ने काम गरेका छन् ।
केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश विद्यार्थी पहिला प्लस टु अध्ययनका लागि काठमाडौं र भारतका विभिन्न सहर पुग्ने गर्थे । कार्की भन्छन्– ‘अहिले त्यो अवस्था छैन । सुरक्षा र आर्थिक पक्षका कारण पूर्वाञ्चलका सबै जिल्लाका विद्यार्थीको प्लस टु रोजाइ विराटनगर हुँदै गएको छ ।’ यहाँका प्लस टुले विगतमा निकाल्दै आएको परीक्षाको नतिजाका कारण पनि पूर्व क्षेत्रका विद्यार्थी प्लस टु अध्ययनका लागि काठमाडौंलगायत भारत जाने क्रम रोकिँदै गएको हिसानका निवर्तमान अध्यक्ष बलराम पन्तको बुझाइ छ । विगतका वर्षमा एसएलसी, बीबीएस र एमबीएस तीनवटै तहमा यहाँका विद्यालल र कलेजले मुलुक टप गरेपछि शिक्षा क्षेत्रमा लगानी गर्नेहरूको ध्यान विराटनगरतर्फ सोझिएको उनको भनाइ छ ।
बीबीएसको नतिजामा यहीँको मेरिल्यान्ड कलेजका किञ्जल पोखरेलले ७४ दशमलव ५ प्रतिशत र एमबीएसतर्फ स्नातकोत्तर कलेजकी दीपिका दुगडले ७९ दशमलव ५ प्रतिशत अंक ल्याउन सफल भए । त्यस्तै विगतका वर्षमा विज्ञान संकायमा यहाँको शिक्षादीप कलेजका डेनिश गौतमले गोल्ड मेडल थाप्नुका साथै अरनिको र एभरेस्ट कलेजले मुलुक टप गरेपछि यहाँका शिक्षण संस्थामा विद्यार्थी र तिनका अभिभावकको आकर्षण बढेको हो । विराटनगरका निजी प्लस टुमा एसईईमा विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण हुने १० हजारभन्दा बढी विद्यार्थी प्रत्येक वर्ष भर्ना हुँदै आएका छन् ।
व्यावसायिक र प्राविधिक विषयमा उच्च शिक्षाका अध्ययनका लागि भारत जाने विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका पुसेट र इस्टर्न कलेज अफ इन्जिनियरिङले केही हदसम्म रोकेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालित पुसेट र सोही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्टर्न कलेजले विराटनगरमा चारवर्षे सिभिल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङ, बीसीए, बीआईटी र कम्प्युटर तथा धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा एग्रिकल्चर र सिभिल इन्जिनियरिङ कोर्स पढाइ हुन्छ । निजी कलेजले माग गरेअनुसार विदेशी संस्थासँग सम्बन्धन लिएर डिस्ट्यान्स कोर्स चलाउने अनुमति दिने हो भने नेपाली विद्यार्थी प्राविधिक विषय अध्ययन गर्न विदेश जानुपर्ने अवस्था आउँदैन ।

प्रकाशित : असार १३, २०७६ ११:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT