१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

'कबिर सिंह' को पहिलो हप्ताको कमाइ १३४ करोड भारु

काठमाडौँ — सोचेभन्दा उत्कृष्ट व्यापार गरेपछि भारतीय बक्स अफिसमा 'कबिर सिंह'ले धुम मच्चाइरहेको छ । शाहिद कपुर अभिनित यो चलचित्रले रिलिजको पहिलो सातामै १३४ करोड कलेक्सन गरेको छ ।

'कबिर सिंह' को पहिलो हप्ताको कमाइ १३४ करोड भारु

रिलिजको दोस्रो हप्ता पनि चलचित्रले राम्रो व्यापार गरेको भारतीय अनलाइन कोइमोइले जनाएको छ । दोस्रो शुक्रबार चलचित्रले १२ दशमलव २१ करोड भारु कलेक्सन गरेको छ ।


चलचित्रको व्यापारले बलिउडमा सबैलाई आश्चर्यमा पारिदिएको छ । चलचित्रले २ सय करोड भारु कलेक्सन गर्न सक्ने आकलन गरिएको छ । कविर सिंह तेल्गु चलचित्र अर्जुन रेड्डीको रिमेक हो ।


कायरा आडवानीको समेत अभिनय रहेको यो चलचित्रमा एकजना सर्जनको प्रेमकथा रहेको छ ।


प्रेमिकाको अर्कै केटासँग विवाह भएपछिको प्रेम वियोगको कथा यो चलचित्रमा समेटिएको छ ।


यो पनि पढ्नुहोस्ः

सन्काहा सर्जनको प्रेम (फिल्म समीक्षा : कबिर सिंह)

प्रकाशित : असार १४, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?