कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

दाहालकी नातिनीले ल्याइन्, ‘जालैमा पार्छु’

काठमाडौँ — गायिका स्मिता दाहालले शुक्रबार आफ्नो नयाँ एल्बममा समावेश हुने गीत ‘जालैमा पार्छु...’ सार्वजनिक गरेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा स्मिताले उक्त गीतको भिडियो पनि देखाइन् ।

दाहालकी नातिनीले ल्याइन्, ‘जालैमा पार्छु’

युगल गायन रहेको गीतमा स्मितालाई गायनमा साथ दिएका आशिष अविरलले नै यसको संगीत पनि भरेका हुन् भने रचना एकनारायण भण्डारीको रहेको छ । आशिषले नै संगीत संयोजन पनि गरेका हुन् । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी पनि हुन् । गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसँगै स्मिताले पनि मोडलिङ गरेकी छन् ।


गीत सार्वजनिक कार्यक्रममा खानेपानीमन्त्री विना मगरले परिवार नै राजनीतिक बाटोमा होमिएको भए पनि भान्जीले नयाँ बाटो समातेको भन्दै सफलताको कामना गरिन् । यसैगरी भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी रेणु दाहालले बहिनीकी छोरी स्मिताले तोते बोल्न थाल्दादेखि गीत गाएको सुन्दै आएको स्मरण गर्दै युवा पुस्तालाई मन पर्ने खालको गीत गाएको बताइन् ।


कार्यक्रममा नै उपस्थित गायक रामकृष्ण ढकालले भने स्मिताको स्वरमा परिपक्वता पाएको तर्क गर्दै भविष्यमा उनीसँगै गाउने इच्छा जाहेर गरे । अभिनेता जीतु नेपालले गायनसँगै स्मितामा अभिनय क्षमता पनि भिडियोमार्फत् देख्न पाएको बताउँदै मनोरञ्जन क्षेत्रमा स्वागत गरेका थिए । गृष्मा ब्रोडकास्टिङले बजारमा ल्याएको उक्त गीतको भिडियोलाई प्रवीण स्वाँरले निर्देशन गरेका हुन् भने यसको कोरियोग्राफी पनि उनी आफैंले तयार पारेका थिए ।


गृष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले स्मिताको गीतबाट नै गीत, संगीत उत्पादनको सुरुआत गरेको बताउँदै अन्य गीतलाई पनि छिट्टै सार्वजनिक गर्ने बताए । गृष्मा ब्रोडकास्टिङले नै देशभर हुने सांगीतिक यात्रा ‘सप्तरंग’ को दोस्रो सिजन पनि थाल्दैछ ।


प्रकाशित : श्रावण ३, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?