कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याब्रुङको पोखरा यात्रा

कान्तिपुर संवाददाता

कास्की — नेपालीपछि पोखरामा गुरुङ फिल्मको राम्रो प्रभाव छ । जनसंख्या र सांस्कृतिक प्रभावका हिसाबले पनि गुरुङ फिल्मले यहाँ राम्रो व्यापार गर्छ । 

च्याब्रुङको पोखरा यात्रा

आइतबार भने पहिलोपटक यहाँ लिम्बू भाषाको फिल्म देखाइयो । लिम्बू संस्कृतिमा आधारित फिल्म ‘के’ (च्याब्रुङ) ले पहिलो पटक पश्चिम यात्रा तय गरेको हो ।


मौलिक लोकबाजा च्याब्रुङ केन्द्रमा रहेको यो फिल्म ३ महिनाअघि मात्रै काठमाडौंमा सम्पन्न आदिवासी चलचित्र महोत्सवमा अब्बल बनेको थियो । सागर केरुङले निर्देशन गरेको फिल्मले लिम्बू समुदायका याक्थुङहरूले बनाउने सांस्कृतिक बाजालाई प्रतिबन्ध लगाएपछि उत्पन्न समस्यालाई देखाउन खोजिएको छ ।


खासमा यो बाजा गाई र गोरुको छालाबाहेक अरूबाट बन्दैन । लिम्बू समुदायले मृत गाई–गोरुको छाला प्रयोग गर्दा समेत राज्यबाट पटक–पटक गाई मारेको आरोपमा जेल सजाय भोग्दै आएका निर्देशक केरुङले बताए ।


‘राज्यले घुमाउरो रूपमा संस्कृतिलाई मास्ने काम गरिरहेकाले यही विषयलाई फिल्ममार्फत उठाएको हुँ,’ उनले भने, ‘अझै पनि छाला भेटिए प्रहरीले लैजान्छ, कतिले जेल र कारबाही भोगिरहेका छन्, जबकि हाम्रो समुदायमा प्रत्येक घरमा एकभन्दा बढी च्याब्रुङ (बाजा) अनिवार्य हुनुपर्छ ।’


फिल्मले मुन्धुम (संस्कृति) बारे पनि बताउन खोजेको छ । निर्देशक केरुङको यो सातौं फिल्म हो । फिल्ममा बविता फोम्बो, मधु

केरुङ, रूपा हाम्रुङ र प्रेम ओझालगायत कलाकारले अभिनय गरेका छन् ।


गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको पहल र किरात याक्थुङ चुम्लुङ र लिम्बू सांस्कृतिक मञ्च कास्कीको आयोजनामा फिल्म प्रदर्शन गरिएको हो । केरुङले काठमाडौं नाघेर लिम्बू फिल्म पश्चिमतिर आउन नसकेको अवस्थामा पहिलो पटक पोखरामा आफ्नो फिल्म देखाउन पाएकामा खुसी व्यक्त गरे ।

प्रकाशित : श्रावण १३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?