१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लिम्बुको ‘भावनाका फूलहरु’

कान्तिपुर संवाददाता

काठमाडौँ — गीतकार किरण टी लिम्बुको तेस्रो गीति एल्बम ‘भावनाका फूलहरु–३’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालले शुक्रबार काठमाडौंमा गरेको समारोहमा उक्त एल्बम सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार राजेन्द्र थापा, गायक तथा संगीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, संघका अध्यक्ष चुडामणि देवकोटा र मेजर काजीमान लिम्बुले संयुक्त रुपमा विमोचन गरेका हुन् । विमोचित एल्बममा ६ वटा गीत रहेका छन् ।

लिम्बुको ‘भावनाका फूलहरु’

‘अलि अलि हसाउँदै’, ‘सम्झना साथमा’, ‘छोएर गयो’, ‘यो आँखाले’, ‘दुईलाई गुना गर्दा’ र ‘छोएर गयो’ बोलको गीत छन् । ती गीतलाई क्रमश: अनु चौधरी, राजेश पायल राई, बलराम समाल, दिपक लिम्बु, उत्तमजंग लिम्बु लाओती र दिपा लामाले गाएका छन् । ‘छोएर गयो’ बोलको गीतलाई बलराम समाल र दिपा लामाले अलग अलग गाएका छन् । ती गीतमा उत्तमजंग लिम्बु लाओती र बलराम समालको संगत रहेको छ । गीति एल्बमको उत्पादन लक्ष्मी मादेन थेबे तथा ताराप्रसाद लिम्बुको संगीत संयोजन रहेको छ ।


गीतकार किरणको यसअघि ‘भावनाका फूलहरु’ भाग १ र २ तथा ‘भावनाका कुरा’ गजलसंग्रह पुस्तक प्रकाशित छन् । २०१८ चैतमा जन्मिएका गीतकार लिम्बुको पुर्ख्यौली थलो ताप्लेजुङ हो । उनी पेसाले अवकासप्राप्त ब्रिटिस सेना हुन् । विमोचित एल्बमका गीतबारेमा संघका उपाध्यक्ष शुभ मुकारुङ, महासचिव वसन्त वित्यासी थापा, संगीतकार रसिक लगायतले चर्चा गरेका थिए ।

प्रकाशित : श्रावण १७, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?