कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिणीतिको खराब डेढ वर्ष 

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म ‘लेडिज भर्सेस रिक्की वहल’ बाट सन् २०११ मा अभिनेत्रीका रूपमा डेब्यु गरेकी परिणीति चोपडाले सुरुवातमै सफलता चाखिन् । त्यसपछि उनले ‘ईशकजादे’ र ‘शुद्ध देशी रोमान्स’ बाट सफलताको हृयाट्रिक नै मारिन् । तर २०१४ का आखिरी केही महिनादेखि उनले असफलता अनुभव गर्न पाइन् । 

परिणीतिको खराब डेढ वर्ष 

सन् २०१४ मा आएका ‘दावत–ए–ईश्क’ र ‘किल दिल’ दुवै फिल्मले परिणीतिलाई असफलता मात्रै दिलाए । हैदरावादको मध्यम वर्गीय परिवारकी एक सेल्सगर्लको भूमिका निर्वाह गरेकी परिणीतिलाई फिल्ममा आदित्यरोय कपुर र अनुपम खेरले साथ दिएका थिए । समीक्षामा त चोपडाले तारिफ नै बटुलिन् तर बक्सअफिसले पैसा भने बटुल्न सकेन । अझ रनवीर सिंह र गोविन्दासँगै खेलेको क्राइम फिल्म ‘किल दिल’ ले त न समीक्षात्मक न त बक्सअफिसबाट नै खुसी दिन सक्यो ।


परिणीतिले जसरी ब्याक टु ब्याक सफलता चाखिन्, त्यसैगरी असफलता पनि । दुई फिल्मको असफलताले उनले आफूलाई बाहिरी दुनियाँबाट सम्बन्धविच्छेद नै गराइन् । यतिबेला अभिनेत्रीले विगतका आफ्ना काला दिनको स्मरण गरेकी छन् । ‘त्यो मेरो जीवनको अति खराब समय थियो ।


सायद अन्तिम पनि त्यही होस्,’ अभिनेत्री चोपडाले भनेकी छन्, ‘मलाई फिल्म असफल हुँदा पहिलो पटक आफू अस्वीकृत भएको महसुस भयो । त्यो बेला मलाई परिवारको खुब ठूलो आवश्यकता थियो ।’ यतिबेला ‘जाबरिया जोडी’ को प्रमोसनमा व्यस्त अभिनेत्रीले आफ्ना लागि डेढ वर्ष अति नै दुःखदायी रहेको स्मरण गर्दै भन्छिन्, ‘त्यो डेढ वर्षमा मेरा दुई फिल्मले कुनै चमत्कार गर्न सकेनन् । घर किनेर त्यसमा ठूलो लगानी गरेकै बेलामा जीवनकै ठूलो हर्टब्रेक भयो ।


दुई सातामा एकपटक मात्रै घरका मान्छेसँग भेट्थें । म त त्यो समय विशुद्ध फिल्मी खालको डिप्रेस्ड गर्ल नै भएकी थिएँ ।’ उनले छ महिना मिडियासँग पनि कुरा नगरेको बताइन् । धन्न अभिनेत्री चोपडालाई डिप्रेसनको अवस्थाबाट बाहिर ल्याउने काम भाई सहेजले गरे । उनले भनिन्, ‘उसैले कालो संसारबाट बाहिर निकाल्यो । अनि त्यसमा सन्जनाले पनि सघाइन् ।’

प्रकाशित : श्रावण २१, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?