कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

सपनामा आइरहने युवती एन्जेलिना जोली हुन् - नायक आर्यन सिग्देल

रामजी ज्ञवाली

काठमाडौँ — जब आर्यन सिग्देलको चलचित्र उद्योगमा प्रवेश भयो, त्यही बेलादेखि उनी माथि २ वटा ट्याग लाग्यो-ड्रंकर र लेडी किलर । लभ स्टोरी विधाका चलचित्रमा धेरै पारिश्रमिक लिने महँगा नायकको रुपमा समेत चिनिए आर्यन ।

सपनामा आइरहने युवती एन्जेलिना जोली हुन् - नायक आर्यन सिग्देल

उनलाई चुजी र घमण्डी हिरोको समेत संज्ञा दिइयो । यद्यपी, आर्यनले आफूमाथि लागेका ट्यागहरुलाई विस्तारै गलत साबित गर्दै गए । लभ स्टोरी विधाका चलचित्रबाट धेरै युवतीको 'दिवाना' बनेका आर्यनको फ्यान फलोइङ अहिले पनि उत्तिकै राम्रो छ । निर्माता तथा निर्देशकको नजरमा उनले गहिरो छाप छोडेका छन् । उनी धेरै चुजी थिए, अहिले सकेसम्म राम्रा चलचित्र नछोड्ने मुडमा छन् । उनै आर्यनसँग यसपटक भिन्न विषयवस्तुमा रहेर रामजी ज्ञवालीले गफ गरे- महिला वार्ता ।


तपाईंको जीवनमा महिलाले कत्ति प्रभाव पारेका छन् ?

अहिलेसम्म धेरै महिलाको संगत गरियो । सानो छँदा दिदीबहिनी, स्कुल जान थालेपछि केटी साथीहरु, क्याम्पस पढ्न थालेपछि पनि धेरै युवतीसँग हिँड्डुल भयो । कुराकानी भयो । म सानैदेखि टेलिभिजन हेर्ने भएकाले स्क्रिनमा देखिने महिला क्यारेक्टरहरुप्रति पनि ध्यान जान्थ्यो । यहाँसम्म आइपुग्दा अनेकखाले महिलाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेका छन् । तर, यस्तो युवतीको कारण जीवननै फेरियो भन्ने भएन ।


जीवनमा पहिलोपटक भेटेको महिला चिन्नुहुन्छ ?

मलाई लाग्छ, मम्मी (शारदा) सिग्देल नै हुनुन्छ ।


स्कुल पढ्ने बेलामा एकदमै मिल्ने महिला साथीलाई याद गर्नुभएको छ ?

कक्षा ८ मा पढ्ने बेलामा यमुना तामाङ भन्ने एकजना हुनुहुन्थ्यो । उहाँसँग अलिकति नजिक थिएा । अरुलाई चिनेपनि खासै नजिक हुन सकिएन ।


तपाईंको जीवनमा सबैभन्दा धेरै सहयोगी महिला को हुनुन्छ ?

मेरी श्रीमती (सपना) हो । उनको सहयोग कसरी बयान गर्न सक्छु र ? जब उनी मेरो जीवनको म्यानेजर बनेर आइन्, असम्भव धेरै कुरा सम्भव भए । जीवनले नयाँ मोड लियो । त्यो भन्दा धेरै ठूलो कुरा मलाई सधैं खुसी बनाएर राख्न सकेकी छिन् ।


सबैभन्दा धेरै माया लाग्ने युवती को होला ?

माया त मम्मी, श्रीमतीको पनि नलाग्ने होइन । तर, मलाई मेरो बहिनी यशोदा सिग्देलको असाध्यै धेरै माया लाग्छ ।


कस्ता युवती देख्दा झर्को लाग्छ ?

पतर-पतर बोलेको बोलै गर्ने युवती देख्न पनि रुचाउन्न । कोही भेटियो भने ज्वरो आउँछ । धेरै पटक त म बिचमै आफ्नो बाटो लागेको पनि छु ।


सबैभन्दा धेरै सपनामा आउने युवती को होला ?

एन्जेलिना जोली हुन् । म अहिले विवाहित हो । तर, अविवाहित हुने बेलामा समेत एन्जेलिनाले सपनामा आएर तनावै पारिन् । खै, किन सपनामा आइरहनुपरेको, भेट भयो भने पक्कै सोध्नेछु (हाहाहा...)


कल्पनामा आइरहने महिला चाहिँ ?

म विवाहित भएकाले कोही युवतीबारेमा कल्पना नै गर्दिनँ ।


पहिलोपटक डेट गएको युवतीको सम्झना छ ?

नाम त भन्न मिल्दैन । तर, कक्षा ११ मा पढ्ने बेलामा एकजना युवती हुनुहुन्थ्यो ।


यो प्रेम किन सफल हुन सकेन ?

होइन, त्यो बेलाको खासै धेरै कुरा नगरौं । तर, हामी समझदारीमै छुटेका हौं ।


अहिलेसम्म कति युवतीलाई लभ लेटर लेख्नुभयो याद छ ?

नढाटेरै भन्ने हो भने आजका मितिसम्म कुनै युवतीलाई लभ लेटर लेखेको छैन । अहिले मेरो श्रीमती सपनासँग पनि लभ म्यारिज हो, तर उनीसँग पनि लभ लेटर नलेखेरै बिहे भयो ।


पहिलोपटक लभ लेटर कसले लेख्यो ?

मैले पाएको छु, तर मैले त्यो बेलामा पनि भेटेरै जवाफ दिन्थेँ ।


विवाहित भएपनि निकै हृयाण्डसम हुनुहुन्छ, कोही युवतीले अहिले पनि बिहेको प्रस्ताव राखेका छन् ?

गरेका छन् । सामान्य प्रस्ताव गर्नेहरुलाई खासै रेस्पोन्स गरेको छैन, अति गर्नेलाई राम्रैसँग सम्झाएको छु ।


बिहे भएपछि यस्तो युवती पाएँ भने दोस्रो बिहे गर्थे भन्ने कोही छ ?

छैन । अर्को कुरा त्यस्तो नकारात्मक कुरा मैले सोचेको पनि छैन ।


डेटमा जान मन लागेको युवती ?

छैन ।


संसारकी सबैभन्दा सुन्दर महिला को लाग्छ ?

मेनालिसा ।


जतिबेला कुरा भइरहने महिला ?

मेरो बहिनी र श्रीमती ।


ड्रेस सेन्स भएकी युवती ?

आजभोलिका युवतीहरु सबै चिटिक्क परेर हिँड्छन् । सबै सुन्दर लाग्छन् ।


अहिलेसम्म धेरै महिला क्यारेक्टरसँग एक्टिङ गर्नुभयो, सबैभन्दा मन पर्ने महिला क्यारेक्टर ?

अभिनयका हिसावले र दर्शकले मन पराएको जोडिको हिसावले नम्रता श्रेष्ठ नै होला ।


कुनै महिलाले दिएको जिन्दगीभरी बिर्सन नसकिने गिफ्ट ?

मेरो श्रीमतीले वैशाख ६ गते जिन्दगीभरी नबिर्सने गिफ्ट (सन्तान) दिएकी छिन् । सायद यो भन्दा धेरै महत्वपूर्ण गिफ्ट के होला र ?

प्रकाशित : श्रावण २१, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?