कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिका अञ्जु पन्त भन्छिन् - 'मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन'

रामजी ज्ञवाली

काठमाडौँ — गायिका अञ्जु पन्तले नेपालको संगीतमा दर्जनौं सुमधुर गीत गाएकी छिन् । उनका आवाजमा अहिलेसम्म लगभग ६ हजार बढी गीत रेकर्ड भइसके । गायिका पन्त अहिले पनि चर्चित र व्यस्त गायिकामा गनिन्छिन् । उनको व्यक्तिगत जीवनमा निकै उतारचढाव आयो । तर, सांगीतिक करिअरमा भने कहिल्यै असफलताको स्वाद चाख्नुपरेको छैन । रेकर्डिङमा व्यस्त रहने अन्जुसँग यसपटकको ‘पुरुषवार्ता’ । 

गायिका अञ्जु पन्त भन्छिन् - 'मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन'

तपाईंको जीवनमा प्रभाव पारेको पुरुष ?

मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन ।

अहिलेसम्म भेटिएका पुरुषहरु मध्ये सबैभन्दा सहयोगी पुरुष ?

विश्वास गर्न लायक पुरुष त मेरो बुबा नै हो ।

सबैभन्दा धेरै माया कुन पुरुषको लाग्छ ?

दाई, भाइ र छोराहरुकै लाग्छ ।

जहिलेपनि घृणा लाग्ने केटामान्छे को छ ?

नाम नभनौं है ।

आजभोलीका युवाहरुको विषयमा केहि भन्नुहुन्छ कि ?

वास्तवमा मैले दिनहुँजसो दुई जिव्रे पुरुष भेट्छु । एक जिव्रे, जसलाई विश्वास गर्न सकियोस्, त्यस्तो किसिमको पुरुष भेट्न सकेकी छैन । महिलालाई रेस्पेक्ट गर्ने पुरुष भेट्टाउनै मुस्किल छ ।

सपनामा आइरहने कोही पुरुष छ ?

छैन । बिहे अघि कसैसँग प्रेम भएन । बिहेको एउटा यात्रा रोकिएपछि कोही पुरुष कल्पनामा आएन ।

पहिलोपटक डेटकोसँग जानुभयो ?

श्रीमानसँग त हो । बिहे हुने बेलासम्म मलाई डेटिङ भन्ने कुरा थाहा थिएन ।

तपाईंको सबैभन्दा धेरै पिछा गरेको पुरुष ?

टिनएजमा हुँदा एकजना पुरुष एकदमै पछि लागेर हैरान पारेका थिए । मान्छे सानी सानी, केही भन्न नसक्ने स्वभावकी थिएँ । तर, उनी त पछि घरसम्म नै आउन थाले । संगीत सिक्न जाने बेलामा उहीँ जाने, घर आउने बेलामा घरै आउन थालेपछि हैरान भएँ । मैले यो कुरा घरमा समेत भनें । अन्ततः घरपरिवारको सल्लाह अनुसार प्रहरीमा उजुरी गरेर जेलसम्म पुर्‍याउन बाध्य भएँ । पछि सहमतिमा उनी छुटे ।

प्रेममा धोका दिएको पहिलो पुरुष ?

त्यही मनोज त हो । मलाई दुःख दिने पनि उही, पीडा दिनेपनि उही ।

पहिलो पटक लभ लेटर कस्ले लेख्यो ?

धेरै बर्षअघिको कुरा हो । प्रेम के हो भन्ने समेत थाहा थिएन । टिनएजमा हुँदाको समय थियो । स्कुल हुँदाको समयमा हो उहाँले लभ लेटर लेखेको । तर, उहाँ केही समयअघि बित्नुभएछ । हालै मात्र थाहा पाएँ । निकै नरमाइलो लागेको छ ।

पहिलोपटक बिहेको प्रस्ताव गर्ने पुरुष ?

१७ वर्षको हुँदाको समयमा हो । पुरुषको नाम नभनुँ ।

बिहे गर्नुपरे कस्तो केटा पाइयोस् भनेर सोच्नुभएको छ ?

बिहे नगर्ने । बिहे भएपछि निकै तड्पिएँ । केटा मान्छेले निकै अधिनमा राख्न खोज्छन् । मेरो मन भाँचिएको छ । फेरी बिहे हुन्छ जस्तो लागेकै छैन ।

अहिले कोही पछि लागेका छैनन् ?

४–५ वर्षदेखि पछि लागेका धेरै छन् । बिहे गरौं भन्नेहरु पनि आउनुभएको छ ।

जीवनमा सबैभन्दा धेरै मन दुःखाएको पुरुष ?

त्यही मनोज हो ।

सबैभन्दा मनपर्ने चलचित्रको हिरो ?

अमिताभ बच्चन । अमिताभ मेरो आफ्नो बा जस्तै हुनुहुन्छ ।

सबैभन्दा मन परेको पुरुष निर्देशक ?

संजय लिला भन्साली । स्क्रिप्ट देखि निर्देशन देखि सबै कुरामामा उहाँले गर्ने मिहेनतको म फ्यान हो ।

सबैभन्दा धेरै फोनमा कुन पुरुषसँग कुरा हुन्छ ?

ठ्याक्कै यहि भन्ने छैन । म बिरामी हुने बेलामा राजकुमार घिमिरे २४ सै घण्टा गफ गर्नुहुन्थ्यो । अहिले निको भएँ, ठिक छु । अहिले धेरैसँग कुरा भैरहेको हुन्छ ।

सबैभन्दा मन पर्ने पुरुष नेता ?

मदन भण्डारी । तर, अहिले उहाँ हुनुहुन्न । उहाँ भएको भए नेपाल यत्तिको भद्रगोल हुँदैन थियो कि ।

ड्रेस सेन्स भएको हृयाण्डसम पुरुष ?

भुवन दाइ ।

कोही पुरुषले तपाईंको हातको झापड खाएका छन् ?

हान्या छु । राम्रैसँग कुट्या छु । यसरी मेरो हातबाट कुटाइ खाने पुरुष धेरै छन् ।


प्रकाशित : श्रावण २८, २०७६ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?