कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बदला लिन किशोरीमाथी एसिड प्रहार

डिप्रेसनकाे अाैषधि खान्छन् अाराेपी
प्रतिमा बाँस्कोटा

काठमाडौ — आफ्नो जातलाई लिएर हेपेको र आफ्नो बाबुलाई कुटपिट गरेकामा बदला लिन एक युवाले किशोरीहरूमाथि एसिड प्रहार भएको खुलासा भएको छ । किशोरी सरिता मगरसँग बदला लिन आफूले फागुन १० मा राजधानीको वसन्तपुरमा एलएलसीको तयारी गरिरहेका उनीसहित किशोरीमाथि एसिड आक्रमण गरेको बताएका छन् ।

बदला लिन किशोरीमाथी एसिड प्रहार

महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार राति २० वर्षीय बिकलाई टोखाबाट पक्राउ गरेको हो । बिकले केएमसी अस्पतालमा उपचार गराइरहेकी सरिता मगरलाई लक्षित गरेर एसिड आक्रमण गरेका थिए । मगरलाई एसिड छ्याप्दा उनीसंगै रहेकी सीमा बस्नेतलाई समेत लागेको थियो ।
बस्नेतको वीर अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी आयूक्त कार्यालय प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले प्रतिशोधको भावनाले बिकले यो घटना गरेको जानकारी दिए । प्रहरीले उनलाई सञ्चारकर्मी माझ सार्वजानिक गर्दा उनी बेहोस भएर लडेका थिए । प्रहरीले बिकलाई रातभरी नसुताई बयान लिएको थियो । पब्लिक युथ क्याम्पसमा बिबिएस पढिरहेका उनी संवेदनशिल रहेको प्रहरीको भनाई छ । 'पढाई लेखाईमा राम्रै रहेका उनी साना तिना कुरामा पनि संवेदनशिल हुने गरेको पाइयो' अनुसन्धानमा संलग्न एक अधिकारीले भने 'कसैले भनेको सानो कुरा मनमा राख्ने उनले मगरसंगको सम्बन्ध र उसको परिवारको ब्यवहारलाई ठुलो रुपमा लिँदा यो घटना भएको हो ।' सम्बन्ध र पछि त्यसमा आएको समस्याका कारण उनीमा डिप्रेसनसको समस्यासमेत आएको प्रहरीको भनाइ छ । उनले गत पुसदेखि डिप्रेसनको औषधी समेत खाइरहेका छन् ।
किन गरे बिकले एसिड आक्रमण ?
२०६९ सालमा विकको परिवार मगर भाडामा बस्ने गरेकै झोंसेको घरमा डेरा सरेका थिए । मगर परिवार बस्नेभन्दा एक तला माथि बस्ने बिक परिवार बसन्तपुरमा चिया बेच्ने काम गथ्र्यो । बिबिएस पढिरहेका बिकले ८ कक्षामा पढ्ने मगरलाई ट्युसन पढाउने गर्थे । बाबु आमासंग चिया पसलमा काम सघाउने गरेका बिक र मगर ट्युसन पढ्ने क्रममा नै नजिकिएका थिए । उनीहरु बिच प्रेम सम्बन्ध सुरु भयो । बिकले सरितालाई सुरुमा आफू खडका भएको बताएका थिए । मगरले प्रेम सम्बनध भएको एक बर्षपछि बिकको परिचयपत्र हेरेर उनी बिक भएको थाहा पाएकी थिइन् । त्यसपछि उनीहरु बिच दुरी बढेको प्रहरीले जनाएको छ । तर पिडीत मगरले भने बिकसंगको सम्बन्धलाई अस्विकार गरेकी छन् । उनले विकको एकततर्फी प्रेममात्र भएको बताउँदै आफूले बिकलाई कहिल्यै माया नगरेको बताईन् ।
बिक एकै घरमा बसेका उनीहरुको परिवार पानी तान्ने कल र शौचालय एउटै प्रयोग गर्ने गरेको थियो । 'त्यहि क्रममा एक दिन बिक चिया पसलमा काम सघाई फर्किएर खुट्टा धुन जादाँ धारामा गाजा गन्हाएको रहेछ, त्यहि बिषयमा परिवारको नै झगडा पर्‍र्यो' एसिड आक्रमण अनुसन्धान समितीकी प्रमुख एसपी मीरा चौधरीले भनिन् 'त्यहि क्रममा झगडा सुरु हुदाँ संगिताले बिकको बुबालाई एक थप्पड हिर्काएकी रहिछन् ।' त्यसपछि मगर र उनको भाइ सन्तोषसंग बदला लिने योजना बिकले बनाएको पाइयो । संगिता, उनकी आमा र भाइले जथाभाबी गाली गर्न सुरु गरेपछि उनले बदला लिने योजना बनाएको आयूक्त कार्यालय प्रमुख एअाईजी शर्माले बताए । 'उनीहरुसंग बदला लिने योजना बनाइरहेका बिकले सुरुमा फलामे रडले हानेर घाइते बनाउने कोसिस गरेको पाइयो' शर्माले भने 'तर त्यो योजना सफल हुन नपाउँदै उनको दिमागमा एसिड हानेर अनुहार बिगार्ने योजना आयो ।' उनले भारतीय टेलिभिजन च्यानलमा देखाइने अपराधसंग जोडिएका श्रृंखलाबाट एसिड हान्ने तरिका सिकेको बताएका छन् ।
कसरी गरे आक्रमण ?
२०७१ जेठदेखी मगर परिवारसंग बोलचाल बन्द भएपछि उनले उनीहरुसंग बदला लिने सोच बनाइरहेका थिए । संगिता र उनको भाइ सन्तोषलाई कुनै न कुनै क्षति पुर्‍याउने योजना उनले बनाएको प्रहरीको भनाइ छ । त्यही क्रममा सुरुमा उनले फलामे रडले हान्ने योजना बनाएका थिए । उनीहरुको पिछा गर्ने गरेका उनले घरबाट निस्किएर जाने उपयूक्त मौकाको खोजी गरिरहेका थिए । त्यहि क्रममा भारतिय सेनामा भर्ना हुन चिया पसलमा ग्राहक बनेर आएका एक ब्यक्तिले अफर ल्याएपछि उनी पचास हजार भारतिय रुपैंया बोकेर त्यसतर्फ गएका थिए । उनी छनौटमा फेल भए । अनि घर परिवारमा कसैलाई जानकारी नदिई उनी काठमाडौं फर्किए ।
पुरानो बसपार्कको एउटा होटलमा बसेर उनले संगिता र उनको भाईको पिछा गर्न थाले । होटलमा बसेर टिभी हेर्दा हेर्दै उनले एसिड अनुहारमा छ्याप्दा हुने हानी र अनुहार कुरुप हुने थाहा पाए । अनि असोजमा उनले न्युरोडको एउटा ब्याट्री पसलबाट १ सय २५ रुपैंयामा एक बोत्तल एसिड खरिद गरे । त्यो बोत्तल झोलामा बोकेर संगिता हिड्न सक्ने सम्भाबित स्थानमा जान थाले । बोतल बोक्न सहजताका लागि उनले 'ड्यु' नामको पेय पदार्थको बोत्तलमा उक्त एसिड हालेर राखे । एसिडले बोत्तल नै पगालिदिएछ । त्यहि क्रममा होटल बसाईमा खर्च धेरै हुन थालेपछि उनले आफ्नो बुवासंग सम्बन्ध राम्रो नभएका काकासंग सम्पर्क गरे । टोखातिर बस्ने काकाले उनलाई एउटा कोठा खोजिदिए । कोठामा बसेर उनले संगितालाई एसिड छ्याप्न पुन त्यहि पसलमा गएर अर्को एक बोत्तल एसिड खरिद गरे । उक्त एसिड राख्न उनले टोखाको एउटा चिया पसलबाट हर्लिक्सको बोतल लिएर त्यसैमा राखे । अनि बिहान बिहानै बसन्तपुर र झोंसेमा हुडी (टोपी) भएको ज्याकेटले टाउको छोपेर माक्स लगाई जाने गर्थे ।
घटना भएको दिन उनी बिहान ५ बजे टोखाबाट माइक्रोबस चढेर जमलसम्म आएका थिए । त्यहाँबाट पैदल ईन्द्रचोकबाट बसन्तपुर हुदै झोंसे पुगेका थिए । घर बाहिर कसैलाई नदेखेपछि उनी फर्केर बसन्तपुर पुगेको प्रहरीलाई बताएका छन् । संगिता टु्युसन पढ्न जाने कुरा पहिलादेखि नै थाहा भए पनि कुन ट्युसन सेन्टरमा जाने थाहा नभएका कारण पून मगरलाई खोज्न घरतर्फ  लाग्दा संगिता पढ्ने ट्युसन सेन्टरमा बत्ति बलेको देखेका थिए । 'संगिता पनि छ कि भनेर हेर्न गएका उनले कक्षा कोठा भित्र संगिता र हेमुलाई देखेछन्' एअाईजी शर्माले भने 'बाहिरबाट सीमा भित्र पस्दै गरेको देखेपछि उनी ढोका बाहिर केहि समय उभिए, त्यसपछि कक्षा कोठा भित्र गएर संगितालाई लक्षित गरी एसिड छ्यापेर बाहिर निस्किएछन् ।' झिसमिसे उज्यालोमा घटना घटाएर उनी पैदल नै ठमेलसम्म पुगेर बस चढि टोखास्थित डेरामा गएका थिए । डेरामा पुगेका उनले अर्को दिनदेखी एसिड छ्यापिएको समाचार भएका सबै पत्रिका किनेर राखेका थिए । घटना भएको साँझ आफ्नो भाइसंग फेसबुकमा च्याट हुदाँ समेत उनले आफू भारतमा नै रहेको बताएको पाइयो । 'बिकका भाइले संगितालाई कसैले एसिड छ्यापेको खबर सुनाउँदा उसले आफूलाई केहि जानकारी नभए जसरी कुरा गरेको पाइयो' शर्माले भने 'बडो चलाख्याईपुर्वक उनले घटना गराएर जोगिन खोजेको देखिन्छ ।' प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।
कसरी पक्राउ परे ?
पिडीत संगिता मगरले घटनाको पाँचौं दिनमा प्रहरीलाई आफनो छुटिसकेको प्रेमी भन्दै जीवन बिकको नाम दिइन् । बिक दुई बर्ष अघि देखी मगर बसेकै घरमा डेरामा बस्दै आएका थिए । २०६९ जेठ देखी मगर बस्ने घरको माथिको तलामा डेरा बस्न बिकको परिवार आएको थियो । तर गएको दशैं देखी जीवन बिक त्यो घरमा थिएनन् । उनी भारतीय सेनामा जागिर खाने भन्दै बाबु आमाबाट ५० हजार भारतिय रुपैंया लिएर सिक्किम पुगेका थिए । उनी सिक्किममा रहेको खबर पाएपछि प्रहरीले सुरुमा उनी त्यहाँ भए नभएको सुचना खोज्यो । उनको फेसबुकको म्यासेन्जरमा गएर कुरा गर्‍र्यो । बिकको भाइको फेसबुकबाट भाई बनेर कुरा गर्‍र्यो । प्रहरीले गरेको कुरामा पनि उनले आफू गान्तोकमै रहेको बताए । 'असोजदेखि भारतमा रहेको मान्छेले आक्रमण गर्‍र्यो होला भन्ने हामीलाई बिश्वास नै थिएन' एक प्रहरी अधिकारीले भने 'तर अनुसन्धानका सबै ढोका बन्द भएपछि उनलाई खोज्न एउटा टोली गान्तोक नै पठाइयो ।'
उनलाई खोज्न अपराध महाशाखाका प्रहरी सहायक निरिक्षक सहित दुई जना त्यसतर्फ गएका थिए । बिकका घर परिवारका मान्छे, छिमेकी कसैले पनि उनलाई दशैं देखी यता नदेखेको नभेटेको बयान दिएका थिए । प्रहरीले कुरा गर्दा पनि सेनामा भर्ना हुन आएको पैसा अर्कैले खाएको, घर फर्किन पनि नसक्ने भएकाले बाबु आमालाई भारतिय सेनामा भर्ना हुन कोशिस गर्दैछु भनेर ढाँटेको बताए । 'वेटरको काम गरेर गान्तोकमा बसेको बताएपछि हामीले बिकले गरेको होला भन्ने सोचेनौं' ति अधिकारीले भने 'तर गान्तोकमा गएर खोजी गर्दा फेला परेनन् ।'
त्यहाँ उनीसंग चीनजान रहेका एक ब्यक्तिले बिकको सम्पर्क हुन सक्ने एउटा एनसेलको मोबाइल नम्बर प्रहरीले फेला पार्‍यो । भारत पुगेको टोली खाली हात फर्कियो । अनि सम्भाबित नम्बरको कल लोकेसन पत्ता लगाएर प्रहरीले बिकलाई पक्राउ गरेको थियो । टोखामा कोठा भाडामा लिएर बसेका बिकलाई पक्राउ गर्न बिहीबार राती साढे ११ बजे प्रहरी पुग्दा उनी सुतिरहेका थिए । प्रहरीले सुरुमा उनको हात हेरेको थियो । एसिड हान्दा हात पोलेको छ/छैन जाँच गर्न थाल्दा नै बिकले आफूले एसिड फ्यालेको स्वीकार गरेका थिए । 'मेरो हात किन चेक गर्नुभएको हो, मैले थाहा पाए भन्दै उसले कथा सुनायो' ति अधिकारीले भने । 

प्रकाशित : चैत्र ६, २०७१ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?