कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जसले भूकम्पले ध्वस्त पारेको बस्ती चुपचाप पुनर्निर्माण गरे

काठमाडौं — धादिङको लापा– १ कपुर लाई प्रकृतिले पटक–पटक ठग्यो । २०११ सालमा पहिरोले गाउँ नै बगायो । ठूलो धनजनको क्षति भयो । त्यसपछि पनि सानातिना पहिरोले दु:ख दिइरह्यो ।

२०७२ वैशाख १२ को भूकम्पले फेरि गाउँमा धक्का दियो । चार जनाको ज्यानै गयो, तर बाँचेका सयौं स्थानीयबासीलाई त्यसपछिका निरन्तरको परकम्पले क्षण क्षण मारिरहन्थ्यो ।

जसले भूकम्पले ध्वस्त पारेको बस्ती चुपचाप पुनर्निर्माण गरे

धादिङको लापा– १ कपुर लाई प्रकृतिले पटक–पटक ठग्यो । २०११ सालमा पहिरोले गाउँ नै बगायो । ठूलो धनजनको क्षति भयो । त्यसपछि पनि सानातिना पहिरोले दु:ख दिइरह्यो ।

२०७२ वैशाख १२ को भूकम्पले फेरि गाउँमा धक्का दियो । चार जनाको ज्यानै गयो, तर बाँचेका सयौं स्थानीयबासीलाई त्यसपछिका निरन्तरको परकम्पले क्षण क्षण मारिरहन्थ्यो ।

परकम्पले सताए पनि त्यहाँबाट सर्न सक्ने अवस्था थिएन । भूकम्पले पूरै गाउँ शोकाकुल भएका बेला त्यही गाउँका दिनेश तामाङ भने हेल्थ एसिस्टेन्टको प्रोजेक्ट वर्कका लागि सिन्धुपाल्चोकमा थिए ।

भूकम्पलगत्तै काठमाडौं आएका दिनेशले भूकम्पले घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं ल्याए । उपचारको बन्दोबस्त मिलाए । त्यतिले मात्रै सकिएन, पीडितलाई खानपानको व्यवस्था पनि मिलाउन सुरु गरे ।
लगत्तै गाउँ पुगेका दिनेशलाई खानपान र ओढ्नेओछ्याउने भन्दा पनि वस्ती कुन बेला खस्ने हो पीरले सतायो । ‘अब गाउँ नसारी हुँदैन भन्ने निष्कर्षमा मनमनै पुगेँ,’ उनी भन्छन्, ‘तर गाउँ सार्ने उपाय थिएन ।’
सरकारले अति जोखिममा रहेका गाउँहरु सार्ने योजना त बनायो तर काम सुरु नै गरेन ।

उनले भिडियो खिचेर काठमाडौं आए । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न खोजे । ‘तर, अनेक कोशिस गर्दा पनि प्रधानमन्त्री भेट्न सकिन,’ उनी भन्दैथिए ।


त्यही भिडियो पहिले चिनजान भएकी एक क्यानेडियनलाई देखाए । उनले तत्कालै १५ लाख रुपैयाँ दिइन्, जसले २६ परिवारका लागि जग्गा किनेर धादिङकै ढोलामा स्थानान्तरण गरे । ‘आधा गाउँ सारेपछि अरुले पनि सर्न चाहनुभयो र धेरै कर गर्नुभयो,’ उनी सम्झन्छन्, ‘फेरि तिनै क्यानेडियन आमै (क्यापिचिना)कहाँ पुगेँ ।’

क्यापिचिनाले दिनेशको वचन फेरि पनि हार्न सकिनन् । १४ लाख रुपैयाँ पठाइदिइन् । त्यसले फेरि जग्गा किनेर बाँकी परिवारलाई पनि ढोलामा ल्याए ।
ढोलामा ल्याएपछि ५५ परिवारलाई नै व्यवस्थितरुपमा त्रिपालमा राखे । कम्तिमा अब पहिरोले बगाउँदैन भन्ने ढुक्क भयो । उनले स्वास्थ्य परीक्षण, सरसफाईदेखि झन्डै डेढ सय स्कुले बालबालिकालाई विद्यालयसम्म पुग्ने व्यवस्था गरिदिए ।

ढोलामा आएपछि विस्थापित ढुक्क त भए तर दिनेश यतिमै रोकिनेवाला थिएनन् । ‘मेरो मनमा सबैका लागि एउटा एउटा व्यवस्थित घर बसिसकेको थियो,’ उनी भन्छन् ।
विस्थापितको घर बनाउने योजना सुनाउन उनले आफूले चिनेका सहयोगीहरुको लिस्ट बनाए । भिडियो देखाउँदै हिंड्न सुरु गरे ।

उनको कुरा सुन्नेवित्तिकै स्याल्भेसन आर्मी र माउन्टेनर फर हिमालयज अर्गनाइजेसनले पौने करोड दिने वचन दियो । तर, पछि सम्पर्कमा आएनन् । एवं रीतले कुराहरु अगाडि बढ्न थाले ।
घरको परिकल्पना सुनाउन एक दिन उनी नागार्जुनस्थित सेतो गुम्बा गएर छोगिनामा रिम्पोछेको दर्शन गरे । फोटो र भिडियो देखाए, उही पीडा सुनाए । रिम्पोछेले एकजना लामालाई बोलाएर सकेको सहयोग गर्न भने ।

काठमाडौंबाट उनी ढोला पुग्दा नपुग्दै ट्रकका ट्रक सिमेन्ट र रड पुग्न थाले । सँगसँगै दिनेशले घर निर्माणका प्रक्रियाहरु अगाडि बढाए । उनलाई सजिलो के भयो भने विस्थापितहरु पनि धेरै सिकर्मी थिए ।
काम सुरु भएपछि बीचमा हराएका स्याल्भेसन आर्मी, माउन्टेनर फर हिमालयज अर्गनाइजेसनलगायतका संस्था पनि जोडिए । सहयोगहरु बढ्न थाल्यो । तर, उनले बाहिरी हल्ला भने गरेनन् ।

पीडितहरुले सरकारको भर नपरी काम गरे । आम नेपालीले त्यतिबेलामात्रै थाहा पाए जब बस्ती उपराष्ट्रपतिले हस्तान्तरण गरे । त्यति भव्य घर र गाउँका तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएपछि दिनेश तामाङ को हुन् भन्ने चर्चा चल्यो ।

दिनेशका अनुसार नेपाली शैलीका छाना भएका दुई तले घर ५५ वटा छन् । घरमा चार कोठा छन् । वस्तीमै स्वास्थ्य केन्द्र छ ।

भूकम्प गएको २२ महिनापछि छुट्टै संसार बनाउन सफल भएका दिनेशले अब स्थानीयको रोजगारका विकल्पबारे पनि काम अगाडि बढाएका छन् । होमस्टे, साबुन, सस, नुडल्स उद्योगसम्म खोल्ने योजना छ । सबै योजना पूरा होउन् शुभकामना !

तस्विरहरु : हरिहरसिंह राठौंर/कान्तिपुर ।

प्रकाशित : वैशाख १०, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?