तिहार विशेष : उज्यालोको पर्व

कान्तिपुर संवाददाता

काठमाडौं — तिहारलाई बत्तीको चाड मानिन्छ । तिहारका बेला प्राय: हरेक घर झिलिमली बत्तीले सजिएका हुन्छन् । पुरानो चलन भने तिहारमा पातको दियो, माटाको दियो लगायतमा बत्ती बाली घर झिलिमिली पार्ने थियो । त्यसपछि मैन बत्तीको प्रयोग व्यापक रूपमा हुन थाल्यो । यस्ता बत्तीहरू प्रयोग गरी झिलिमिली पार्दा आगलागी हूने सम्भावनासमेत भएकाले हाल आएर विद्युतीय झलरको प्रयोग बढ्दै गएको छ ।

 तिहार विशेष : उज्यालोको पर्व

व्यवसायीका अनुसार तिहारमा एलईडी बल्बको बिक्री पनि व्यापक रूपमा हुन्छ । एलईडी बल्ब/झलरले कम विद्युत् खपत गर्छ । यस्ता बल्बहरू टिकाउ भएकाले उपभोक्ताको रोजाइमा परेको जानकारहरू बताउँछन् । तिहारको मौका छोपी व्यवसायीहरू पनि विभिन्न प्रकारका नयाँ सामानहरू भित्र्याउने गरेका छन् ।

तिहारलाई लक्षित गरी दिव्या एलईडी इलोक्ट्रोनिक्सले पनि चार प्रकारका एलईडी बल्ब सार्वजनिक गरेको छ । इलोक्ट्रोनिक्सका प्रबन्ध निर्देशक विवेक श्रेष्ठका अनुसार विगतमा एक वाटको नाइट बल्ब ७ कलरमा थियो । तिहारलाई लक्षित गरी दुईवटा बल्ब थप गरिएको छ । कम्पनीले ‘टु इन वान कलर बल्ब’ पनि ल्याएको छ ।

श्रेष्ठका अनुसार बल्ब एकपटक अन गर्दा सेतो बल्छ । त्यसपश्चात् पुन: अनअफ गर्दा अर्को कलर बल्छ । यस्तै उच्च पावरको एलईडी बल्ब पनि ल्याएको उनले बताए । उक्त बल्बहरू ३२ र ३५ वाटमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘बल्बहरू प्राय: तिहारमै बिक्री हुन्छ । एलईडी बल्ब आँखाका लागि केही सुरक्षित भएकाले ग्राहकले धेरै रुचाएका छन्,’ उनले भने । व्यवसायीका अनुसार बजारमा २० भन्दा बढी प्रकारका विद्युतीय झलरहरू पाइन्छन् । ती झलरको मुल्य ५० रुपैयाँदेखि हजारौं रुपैयाँ पर्ने उनीहरू बताउँछन् । ‘तिहार नजिकिएसँगै झलर खरिद गर्न आउने सर्वसाधारणको भीड बढ्न थालेको छ,’ महाबौद्धस्थित होलसेल दुर्गा इलेक्ट्रोनिक्सका सञ्चालक दुर्गा भट्टराईले भने, ‘भीडसँगै कारोबार पनि बढेको छ । दैनिक ७० हजार बढीको कारोबार हुन्छ ।’ झलरको व्यापार तिहार र छठमा मात्रै भएकाले अहिले कारोबार राम्रो भएका उनले बताए । व्यवसायीका अनुसार अधिकांशले सस्तो झलर रोज्ने गरेका छन् ।

तिहारका लागि व्यवसायीले ४० कन्टेनरभन्दा बढीको झलर (झिलिमिली बत्ती) आयात गरेको बताएका छन् । व्यवसायीका अनुसार एउटा कन्टेनरमा ५५ लाखदेखि ६० लाख रुपैयाँको झलर हुन्छ । होलसेल र खुद्रा गरी तिहारमा ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् । झलर चीन र भारतबाट आयात हुन्छ । झलर मुख्यत: तिहार र छटमा बिक्री हुन्छ । तिहारमा लक्ष्मीपूजाको दिनसम्म कारोबार हुन्छ । प्रस्तुति : राजु चौधरी

प्रकाशित : कार्तिक २, २०७४ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?