मध्यरातमा हल्ला गर्दै हिड्नुहुन्छ ? पक्राउ परिएला?

हरेक राती करिब डेढ सय पक्राउ पर्छन्
जनकराज सापकोटा

काठमाडौँ — पुस महिनाको ठिहिऱ्याउने चिसो । त्यसमाथी मध्यरात । ओछ्यानको तातो छोडेर को नै बाहिर निस्केला र ? तर यर्थाथ यस्तो छैन् । सिंगो उपत्यकाका अधिकांश मान्छे सुतेपनि राजधानीका तीन जिल्लामा मध्यरातमा निस्फिक्री हिडडुल गर्नेको ठुलो संख्या छ । मध्यरातमा मदिराको नसामा चुर भएर हो हल्ला गर्दै हिड्नेहरुको कमी छैन ।

मध्यरातमा हल्ला गर्दै हिड्नुहुन्छ ? पक्राउ परिएला?

महानगरिय प्रहरी कार्यालयका अनुसार पुस १ गतेपछिका दस दिनका उपत्यकाका तीन जिल्लाबाट राती दस बजेदेखि बिहान चार बजेसम्मको अवधीमा १३ सय ६१ जना पक्राउ परेका छन् । यो तथ्यांकका अनुसार उपत्यकाका तीन जिल्लाबाट प्रत्येक मध्यरातमा औसतमा एक सय ३६ जना पक्राउ पर्छन् ।


यो अवधीमा सबैभन्दा धेरै काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौंबाट १२ सय ३२ जना पक्राउ परेका छन भने छिमेकी जिल्ला भक्तपुरबाट ९९ जना र ललितपुरबाट तीस जना पक्राउ परेका छन् ।


प्रहरी परिसर काठमाडौंका अनुसार बालाजु, न्युरोड, ठमेल र कालीमाटी क्षेत्रबाट पक्राउ पर्नेहरुको संख्या सबैभन्दा धेरै छ । परिसरका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार मदिरा सेवन गरेर हो हल्ला गर्नेहरु सबैभन्दा धेरै पक्राउ परेका छन् ।


प्रहरीले राती दुई चरणमा चेकिङ र गस्ती गर्ने गर्छ । राती ७ देखि १२ बजेसम्म पहिलो चरण र १२ बजेदेखि बिहान ६ बजेसम्म दोस्रो चरणको चेकिङ हुन्छ । डिएसपी र ईन्सपेक्टरको कमाण्डमा हरेक रात काठमाडौंमा मात्रै औसत ७५ देखि ९० स्थानका चेकजाँच हुने गरेको छ ।


शुक्रबार, शनिबार र बिदाका दिन काठमाडौं उपत्यकामा पक्राउ पर्नेहरुको संख्या ह्वात्तै बढ्ने गरेको छ । बिदाका दिनमा अक्सर राती घुम्न निस्कने र मदिरा पिएर घर फर्किनेहरुको संख्या धेरै हुने गरेको छ ।


महानगरिय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दका अनुसार रात्रीकालिन चेकिङका कारण काठमाडौं उपत्यकामा अपराधको संख्या घटाउन मद्दत पुगेको छ । एआईजी चन्दका अनुसार रात्रीकालिन अपराध धेरै हुने भएकाले चेकिङको मात्रा बढाइएको हो ।

तथ्या‌ंकमा काठमाडौंको मध्यरात

औसत पक्राउ : १ सय ६०

जम्मा खटिने प्रहरी : ३३ सय

राती खटिने प्रहरी : १५ सय

राती हुने जम्मा चेकिङ : ७५ देखी ९० स्थानमा



प्रकाशित : पुस १९, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?