कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अपाङ्गताको आशुले भिजेको उपेक्षित वस्ती

सहायताको खोजीमा

(खारे) दोलखा — विस्तारै कसैको हातगोडा लुला र अस्वभाविक हुदै जान्छ, कसैकसैले कान सुन्दैन त कोही बोल्न सक्दैन । कतिपयले अल्पआयुमै ज्यानसमेत गुमाएका छन् ।

अपाङ्गताको आशुले भिजेको उपेक्षित वस्ती

गौरीशंकर गाउँपालिका— ८ खारेस्थित बाबेडाँडाका ८५ जना जनसंख्या भित्र करिब एक चौथाई मानिस यस्तै फरक क्षेमताले हुर्किरहेका छन, जसमध्ये कोही भुईमा लडिरहेका हुन्छन । कोही आमाको काखमा बसेर वटारिएका खुट्टा देखाइरहेका हुन्छन । कोही बोल्न खोजिरहे जस्ता देखिन्छन तर उसको मुखबाट बोलीको लवज फुट्दैन, बरु आखाँबाट आशुका ढिक्का झर्छन् । सामान्य जस्ता अरुहरुमा पनि कुनै न कुनै रुपले कमजोर सामर्थ देखिन्छन् ।


गरिवी, दु:ख र पीडाले भरिएको उक्त वस्तीमा चरम अभाव र जनचेतनाको कमी त छदैछ, मानिसहरुमा पुर्खौदेखि सर्दै आएको अपाङ्गता र त्यसले निम्त्याएको मृत्यूको घटना भयानक बन्दै गएको छ । उक्त बस्तीमा गएको पुस ६ गतेमात्रै १८ बर्षे जवान युवकको ज्यान गयो । जेठा छोराका मृत्यूपछि निरासा र कुण्ठाले भरिएका धनबहादुर तामाङले भने, ‘पटकपटक वाहिर लगेर उपचार गर्दा पनि जेठा छारा बँचाउन सकिनँ, कान्छा छोरा पनि दाजुको जस्तै समस्या बोकेर हुर्किरहेकाले आस मर्दै गएको छ ।’ अल्पआयुमै मृत्यूदरको घटना वेहोर्दै आएको उक्त वस्तीका मानिसहरु कतिपयले आफुले आफैलाई पनि आश गर्न छाडेको स्थिति छ, धनबहादुरले पजि कुराकानीमा त्यस्तै निरासा पटकपटक दोहोर्‍याएका थिए । स्थानीय तक्तबहादुर तामाङका अनुसार आफुले थाहा भएसम्म पछिल्लो समयमा उक्त समस्याले चार जनाको ज्यान गैसकेको छ ।


२०७२ सालको भूकम्पपछि तामाङ समुदायको सानो वस्तीमा कसैको घर छैन, घर बनाउने अनुदान लिने सुरसारसमेत छैन । कसरी अनुदानको रकम लिएर घर बनाउने भन्ने जानकारी पनि छैन । वस्तीका अधिकाशं मानिसहरु सुधो जस्तो, केही नजाने जस्तो र मातृ भाषा तामाङबाहेक अरु नजान्ने जस्तो भाव देखाउछन् । त्यसैले यो वस्ती अहिलेसम्म सरकारी अनुदानदेखि भूकम्पपछि पाउने राहतबाट समेत ठगिएका छन् । उक्त वडाका वडाअध्यक्ष रमेश खड्काले उक्त वस्तीभित्रका मानिसहरुमा अपाङ्गता एउटा रोग नै भएर पुस्तौदेखि सर्दै आएको बताए ।


भिरालो परेको वस्तीभित्रका २२ घरमध्ये आठ वटा घरमा अपाङ्गता भएका व्यक्तिहरुको वाहुल्यता छ । वस्तीका अरुमा पनि सुस्त मनस्थितिको समस्या छ । हालसम्म वस्तीभरका मानिसहरुमा फरक क्षेमताको समस्या किन आयो भनेर स्वास्थ्यलगायत अन्य जाँच नगरिएको वडाअध्यक्ष खड्का बताउँछन् । भूकम्पपछि घर बनाउनेबारे पनि उनीहरुलाई चासो र चिन्ता नभएकाले वस्ती अझै छाप्राको स्वरुपमै छ ।


बाँस, निगालाको चोयाबाट डालो, फुङ्लो, थुन्से, डोका बुनेर गुजारा गर्ने पुर्ख्यौली पेशामा निर्भर यो वस्तीका मानिसहरु अहिले पनि एकजना पनि आर्कषक रोजगारमा छैनन् । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाका अनुसार तामाङ भाषामा सोधमात्रै केही बुझ्ने यो वस्तीभित्र प्राय: सवै १ कक्षा मात्र पढेका छन । एक जनाले एसएलसी पास गरेको भटिएको तर उनले पनि बाँकी पढाई त्यागिसकेका छन् ।


सदरमुकाम चरिकोटबाट माथिल्लो तामाकोसी जाने सडक मार्ग मन्थलीबाट लगभग ३० मिनेट उकालो हिडेपछि पुग्न सकिने वस्तीभित्र स्वच्छ खानेपानी, विद्युतीकरण, स्वास्थ्य सेवा, पोषणयुक्त खानेकुरा उब्जने खेतीपातीको व्यवस्था छैन । कोही पनि गाउँ छाडेर रोजगारमा गएका उदाहरण पाइदैन । पाखावारीको कमाइ र पुख्र्यौली पेशाबाट जीवन धान्दै आएका मात्रै भेटिन्छन् । छाप्राभित्र पकाउने गतिला भाडाकुडा देखिदैन । सुत्ने ठाउँ, ओढ्ने ओछ्याउने र लाउने लुगाको स्थितिले उनीहरुको दैनिकी कष्टकर भएको इंकित गर्छ ।


कतिपयले उक्त वस्तीभित्र फरक क्षेमताको मानिसहरु बढि हुनुमा पिउने पानीका कारण भन्ने गरेका छन । कतिपयले बङ्शानुगत कारणले पनि यस्तो हुनसक्छ भन्ने गरेका छन त कतिपयले आयोडिनका कमीले भन्ने गर्छन । तर हालसम्म कुनै पनि नियकाले उक्त वस्तीभित्र फरक क्षेमताका मानिसहरुको पीडा र अकालमै ज्यान गुमाउनुपर्ने दु:खद अवस्थामा कारण खोजी प्रयास गरेका छैनन् । वस्तीभित्र अन्य साहायता गरेर उनीहरुको दु:खमा मलहम लगाउने कार्य पनि कसैले गरेका छैनन् । सरकारी सेवाको हकमा केही महिना पहिले महिला तथा बालबालिका कार्यालयले वस्तीमै पुगेर फरक क्षेमताका परिचयपत्र बितरण गरेको थियो ।

प्रकाशित : माघ १४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?