फिचर

Feature

युगान्तकारी मोड

नेपालको राजनीतिक इतिहासका लागि २०७४ साल अत्यन्तै महत्त्वपूर्ण रह्यो किनभने यसले कैयौं युगान्तकारी मोडहरू ल्याएको छ। यसै वर्ष संविधान कार्यान्वयन मात्रै होइन, त्यसको अभ्यास पनि भएको छ। 

युगान्तकारी मोड

क्रिकेटले दिएको खुसी

सन्दीप लामिछानेलाई नजिकबाट चिन्नेहरू भन्छन्— उनी सुरुदेखि नै ठूलठूला सपना देख्थे। सपना पनि कस्तो भने विश्वकै सबैभन्दा ठूलो र धनी क्रिकेट प्रतियोगितामा खेल्ने। जति बेला सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने आफ्नो सपना बताउँथे, सायद केही साथीलाई बढी लाग्थ्यो।

क्रिकेटले दिएको खुसी

तल पुग्यो शासन

वास्तवमै २०७४ त्यो वर्ष हो, जुन वर्ष नेपाल पहिलोपल्ट संघीय मुलुक बन्न पुग्यो। हामी संघीय राष्ट्रका नागरिक हुन पायौं। संघीयताको भविष्य यसका सञ्चालक अर्थात् मूल पात्रहरूले (केन्द्रका नेतादेखि प्रदेशका कार्यकारी पदाधिकारी र विधायिका) कसरी कार्यान्वयन गर्छन्, त्यसमा धेरै कुरा भर पर्छ।

तल पुग्यो शासन

सम्झनलायक समय

आर्थिक विकासका दृष्टिकोणबाट विसं २०७४ सम्झनलायक रह्यो। रोजगारी सिर्जना गर्न लगानीको आवश्यकता पर्छ र हाम्रो सन्दर्भमा यो आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट आउनु जरुरी छ। यो वर्षको अघिल्लो छ महिनामै गत वर्षभरिको भन्दा बढी विदेशी लगानी भित्रिएको छ।

सम्झनलायक समय

बढ्यो बिजुली

नेपालमा बर्सेनि करिब सय मेगावाट बिजुलीको माग बढ्छ। सुखद संयोग– २०७४ मा मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा सय मेगावाट बिजुली थपिएको छ। ‘यो अघिल्लो वर्षको भन्दा धेरै र उत्साहजनक हो,’ विद्युत् विकास विभागका सीडीई सुनीलकुमार पिया भन्छन्, ‘अबको एक महिनाभित्र निजी क्षेत्रका, त्यो पनि स्वदेशी प्रवर्द्धकका ६ आयोजनाबाट थप ९० मेगावाट थपिंदै छ।’

बढ्यो बिजुली

पोखरा विमानस्थलको काम धमाधम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ। यो आयोजनाको भौतिक प्रगति भने ९ प्रतिशत पुगिसकेको छ। विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले गत साउन १८ देखि निर्माण थालेको थियो।

पोखरा विमानस्थलको काम धमाधम

तीव्र गतिमा गौतम बुद्ध विमानस्थलको काम

निर्माण सुस्त भएको भनी असन्तुष्ट दाता एसियाली विकास बैंकले दुई साताअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामको अनुगमन गर्‍यो। अलि पहिला उसले सहयोग बन्द गर्ने चेतावनी नै दिएको थियो। जब यहाँ आयो र पछिल्लो अवस्था देख्यो, निचोडमा पुगेको छ– अहिलेचाहिँ तीव्र गतिमा काम भइरहेको रहेछ, निरन्तरता दिनुहोस्।

तीव्र गतिमा गौतम बुद्ध विमानस्थलको काम

स्थिरताको प्रस्थानविन्दु

दुई वर्षअघि संविधानसभाबाट जारी संविधानले संघीय शासन प्रणालीको औपचारिक सुरुआत गर्नैपर्ने वर्षका रूपमा २०७४ लाई किटान गरेको थियो। संविधान आएपछिको रूपान्तरित संसद्को कार्याकाल दुई वर्ष अर्थात् २०७४ माघ ७ सम्म मात्र हुने संक्रमणकालीन व्यवस्थामा थियो।

स्थिरताको प्रस्थानविन्दु

सम्बन्ध बल्ल परिपक्वतातर्फ

२०७४ कूटनीतिक हिसाबले सुखद सन्देशको वर्ष साबित भएको छ। अब विश्व समुदायले अनुभूत गरेको छ– नेपाल स्थिरतातर्फ अघि बढ्दै छ। यसमा ‘कूटनीतिक यात्रा’ वर्तमान नेतृत्वले राम्रै धानेको देख्छन्– पूर्वपरराष्ट्रमन्त्री डा. भेखबहादुर थापा।

सम्बन्ध बल्ल परिपक्वतातर्फ

समीक्षात्मक सफलता

वर्ष २०७४ नेपाली फिल्मका लागि सुखद नै रह्यो। केही फिल्म बक्सअफिसमा सफल देखिँदा केहीले समीक्षात्मक सफलता पाए। त्यसैगरी उक्त वर्षमा नेपाली फिल्मका गीतहरू युट्युब ट्रेन्डिङमा परिरहे। विवाह, व्रतबन्ध र कार्यक्रम समारोहहरूमा नेपाली फिल्मका गीतले विदेशी गीतलाई लगभग विस्थापित नै गरेर घन्किरहे।

समीक्षात्मक सफलता

उत्साहप्रद विश्व

अन्तर्राष्ट्रियस्तरमा यस वर्ष पनि केही यस्ता घटना भएका छन्, जसले अप्ठ्यारो परिस्थितिमा पनि उन्नति, प्रगति र समृद्धिका पथमा निरन्तर लागिरहन हौसला प्रदान गर्छन्। नयाँ वर्षका पूर्वसन्ध्यामा यस अवधिका केही उल्लेखनीय घटना यहाँ प्रस्तुत गरिएको छ–

उत्साहप्रद विश्व

सम्पदामा जागेको आशा

वसन्तपुर क्षेत्रको नौतले दरबार जीर्णाेद्धार धमाधम भइरहेको छ। चीन सरकारको सहयोगमा बन्न लागेको हो यो दरबार। लामो समय अलपत्र रहेको यो दरबार बन्न लागेपछि वसन्तरपुर दरबार क्षेत्रमा रौनक बढेको छ।

सम्पदामा जागेको आशा