कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

शाहीमान राई

जनकपुर — धनौजी गाउँपालिका-५ बहुअर्वा, धत्ताका ६७ वर्षीय सोभित पासमान वैशाखदेखि आँपको बगैँचा रुँगिरहेका छन् । उनी बगैँचामै बस्छन्, खान्छन् र सुत्छन् । सोही गाउँका ५६ वर्षीय बृजमोहन मण्डल पनि दिनरात आँपको बगैँचा रखबारी गर्छन् ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्
जसले आँपको बगैँचा दिनरात रुङ्छन्

अर्का ६० वर्षीय पुरुष कारी कापर पनि आँपको बगैँचा वरपर डुलिरहन्छन् । उनीहरुको मुख्य उद्देश्य चाहिँ मञ्जरीदेखि (फूल फूलेदेखि) आप नपाकुन्जेल बगैँचा रखबारी गर्नु हो । आँपको बगैँचामा दिनरात रखबारी गर्नुको कारण बगैँचामा फलेको आँप चोरी हुनबाट जोगाउनु हो ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

धनौजी बहुअर्वाका अर्का ७० वर्षीय विन्देश्वर कामत र उनकी श्रीमती हिरादेवी कामत चार महिनादेखि आँपको बगैँचा रखबारी गर्दै आएका छन् । पाँच दशकअघि विवाह बन्धनमा बाँधिएदेखि नै तीन करा जमिनमा रहेको आँपको बगैँचा कुर्नु उनीहरुको दैनिकी बनेको छ । पुर्खौदेखि आँपको बगैँचामा रखबारी गर्ने चलन नै रहेको सोभित पासवानले बताए । उनको चार पुस्ता दश करामा लगाइएको बगैँचा कवचको रुपमा रहँदै आएको छ । उनीहरुले बगैँचा र फलेको आँपको संरक्षण गर्न आँपको बोटमुनि खोप्री र मचान अर्थात स–साना छाप्रो बनाएका छन् ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

कतिपय खाना त्यहीँ पकाएर खान्छन् । कोहीलाई घरबाट परिवारले ल्याइदिन्छन् । गर्मीमा आँपको छहारीमा खोप्री र मचानमा बसेर शीतल हावा खाने, आँप कसैले चोर्छन् कि रेखदेख गर्ने, आँपलाई किराबाट जोगाउने, खसेको आँप टिपेर संकलन गर्ने र बगैँचाको बोट स्याहारसुसार गर्ने उनीहरुको जिम्मेवारी भित्र पर्छन् । २४ घण्टामा चार/पाँच घण्टा सुत्ने बाहेक बाँकी समय आँपको हेरचाह गर्दैमा बित्छ उनीहरुको ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

आँपको सिजन (मौसम)सकिनै लाग्दासम्म पनि तराईमा किसानले वगैंचाको रखबारी गर्न छाडेका छैनन् । आँपको रखबारी गर्नु उनीहरुको परम्पराजस्तै भएको छ । तराईमा प्राय: हरेक घर परिवार किसानको बगैँचा छ । आँप रोप्नु, हुर्काउनु, बगैँचा बनाउनु र फलाउनु तराईंबासीले संस्कृति कै रुपमा लिने गरेका छन् । आँप फलेको मौसममा छोरीचेली, इष्टमित्रलाई कोसेली दिने, परिवारले खाने बाहेक व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने चलन छ ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

आँप कोबाट चोरी हुन्छ ?बगैँचाको आँप चोरी हुनबाट जोगाउन रखबारी गर्नुपर्ने चाखलाग्दो विषय चोरी गर्ने पनि तिनै रखबारी गर्नेहरु हुन् । ‘यहाँ मौका परेको बेला आँप फलेको सिजनमा रखबारी गर्नेहरु नै एक अर्काको बगैँचामा आँप चोर्ने गर्छन्, त्यसैले आ-आफ्नो आँपको रखबारी गर्नैपर्छ,’ ७० वर्षीय जितु कापरले भने, 'टाढाबाट आँप चोरी गर्न आउँदैनन्, सीमापारीबाट पनि आउँदैनन्, रखबारी गर्नेहरुबाटै जोगाउनै मुश्किल । त्यसैले बगैँचामै जुनी बित्न लाग्यो ।’ यहाँ बैशाखदेखि साउनसम्म आँपको बगैँचामा रखबारी गर्दै आँपको नर्सरी गर्ने, रोप्ने र गाइबाख्रा, राँगाभैंसी, भेंडाबाख्रा चराउने गर्छन् ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

भारतीय सिमावर्ती धनुषाको धनौजी, बहुअर्वा मात्रै होइन, पूर्वी तराईको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको अधिकांस मैदानी फाँटमा आँपको बगैँचा छ ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

पछिल्लो समय परम्परागत आँप खेतीलाई व्यावसायिक बनाएर आयआर्जनको मुख्य स्रोत बनाइँदै आएका छन् तराइवासीले । पूर्वी तराईको धनुषा, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहटमा उत्पादित आँप पहाडी भेगको इलाम, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सुनसरी, ओखलढुङ्गा, सोलुखुम्बू, रामेछाप, दोलखा, सिन्धुली, नारायणघाट, हेटौंडा, काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँमा व्यापारीले कृषि बजारमार्फत निर्यात गर्दै आएका छन् ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

यसबाहेक सिक्किम, दार्जिलिङ, सिलिगुढी लगायत भारतको विभिन्न सहरतिर समेत निर्यात हुने गरेको व्यापारीहरु बताउँछन् । कृषि विज्ञहरुका अनुसार तराईमा माल्दा, बम्बै, कलकतिया, केराइला, विजु, कृष्णभोग, चौसा, निलम, चौरिया, गुलाव, सिपिया, दशहरी, फजिली, दशहरी, जर्दालु, लडुवा, भदैया, निमुवा, बरवरिया, चिनिया, आम्रपाली, मल्लिका, अलफान्सो, अनवररतौललगायत करिब ८१ किसिमको आँप फल्छ ।

जसले आँपको बगैँचा दिनरात रुङ्छन्

प्रकाशित : श्रावण २९, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?