२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०
फिचर

Feature

रुचिको विषय किन ?

हरेक विषयवस्तुको अध्ययन गर्न सबै विद्यार्थीले रुचि देखाउँदैनन्, सबै योग्य पनि हुँदैनन् । त्यसैले व्यक्तिगत रुचि, क्षमता र सीपका आधारमा कुनै पनि विद्यार्थी निश्चित विषय अध्ययन गर्न उपयुक्त छ वा छैन भनेर गरिने स्तरीय परीक्षण नै अभिरुचि परीक्षण (एप्टिच्युड टेस्ट) हो ।

रुचिको विषय किन ?

फड्को मार्दै पोखरा

विश्व बैंकले राजधानीमा आयोजना गरेको सम्मेलनमा सहभागी भएर पोखरा फर्किएका प्राध्यापक प्रतिनिधिले जनप्रिय सामुदायिक क्याम्पसमा आफ्ना सहकर्मीसँग प्रस्ताव गरे— अब माउन्टेन टुरिज्म म्यानेजमेन्ट भन्ने नयाँ विषय कोर्समा राखौं र पढाउँm ।

फड्को मार्दै पोखरा

हस्पिटालिटीमा ह्वात्तै

नेपाल सरकार सन् २०२० मा नेपाल भम्रण वर्ष मनाउने तयारीमा छ । अबको दुई वर्षपछि मनाइने भ्रमणवर्षको उद्देश्य नेपालमा २० लाख पर्यटक ल्याउने हो । अहिलेसम्म सर्वाधिक पर्यटक नेपाल आउनेमा १० लाख हाराहारी मात्रै पुगेको छ । अहिले आइरहेको पर्यटक संख्या दोब्बर बनाउँदा सबैभन्दा पहिले आवश्यक पर्ने दुइटा पूर्वाधार हुन विमानस्थल र होटल । अर्थात् अहिले चलिरहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटकको आगमन असम्भव छ भने अहिले भइरहेका होटलले २० लाख पर्यटक धान्न सक्दैनन् ।

हस्पिटालिटीमा ह्वात्तै

विद्यार्थी तान्दै मानविकी

समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले २०७४ साल वैशाख २ मा एउटा लेखमा उल्लेख गरेका हरफहरू हुन् यी । मानविकी तथा समाजशास्त्र अध्ययनको आकर्षण घटिरहेका बेला प्राध्यापक मिश्रका यी हरफले उक्त संकायको महत्त्व झल्काउँछ । पछिल्लो समय अन्य प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढिरहेको छ ।

विद्यार्थी तान्दै मानविकी

सजिलै काम पाउन व्यवस्थापन

मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) वा मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) अध्ययन गर्नुभएको छ भने तपाईंका लागि बैंकिङ क्षेत्र उपयुक्त गन्तव्य हो ।

सजिलै काम पाउन व्यवस्थापन

जोड्दै इन्जिनियरिङ

इन्जिनियरिङ विषय भनेको पूर्ण रूपमा प्राविधिक विषय हो । कुनै पनि वस्तुको निर्माणसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान हासिल गर्नु भनेकै इन्जिनियर हुनु हो । विकासशील राष्ट्रमा यो विषयको महत्त्व अझ बढी हुन्छ । विश्वमा भइरहेको विकासलाई आत्मसात् गरेर अगाडि बढ्नका लागि त्यस राष्ट्रमा दक्ष इन्जिनियरहरू आवश्यक हुन्छ ।

जोड्दै इन्जिनियरिङ

आकर्षण कानुनमा

एउटा उक्ति प्रचलित छ, ‘कानुनको अज्ञानता क्षम्य हुँदैन ।’ यसको अर्थ हो, कानुन सबैले जानेकै हुनुपर्छ । निमयै थाहा थिएन भन्दैमा गल्ती गर्ने कोही फुत्किन पाउँदैन, जसरी यो आगो हो भन्ने थाहा नपाए पनि त्यसलाई छुनेलाई आगोले नपोली छाड्दैन ।

आकर्षण कानुनमा

समाज बुुझ्न ललितकला

भक्तपुरका २३ वर्षीय दीपेन लिम्बुु भीडमा हराउन चाहँदैनन् । त्यसैले उनले अध्ययनको विषय पनि फरक रोजेका छन् । उनी किताबका पाना घोक्नुभन्दा ललितकलामा आफ्ना प्रतिभा देखाउन तम्सिएका छन् ।

समाज बुुझ्न ललितकला

अवसरको खोजी

१२ कक्षाको नतिजा सार्वजनिक भएको केही दिनपछि एक छात्रा उनी पढ्कै विद्यालय नियास्रो हँुदै शिक्षकको कार्यकक्षमा आइन् । अंग्रेजीबाहेक सबै विषयमा उनले सी ग्रेडभन्दा बढी नै ल्याएकी थिइन् ।

अवसरको खोजी

कृषिमा क्रेज

ताप्लेजुङ खेवाङकी २२ वर्षीया सपना तिवारीले काठमाडौंको मोडेल कलेजबाट प्लस टु साइन्स गरिन् । ८० प्रतिशत अंक ल्याएर प्लस टु गरेकी उनले सुरुमा एमबीबीएसका लागि परीक्षा दिइन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका बारेमा उनलाई थाहा थियो । त्यहाँ पढाउने प्राध्यापकसँग उनको काठमाडौंमा भेट हुन्थ्यो । उनले त्यहाँ पढाइ हुने विषयका बारेमा चासो दिएर सोध्थिन् ।

कृषिमा क्रेज

शिक्षक बन्न मात्रै होइन बीएड

बीएड पढेका ऋषिकेश उपाध्याय जुम्लाको तातोपानी गाउँपालिकामा आईटी अफिसर छन् । पढाइ सकिएलगत्तै उनले सूचना प्रविधि अधिकृतमा जागिर पाएका हुन् । शिक्षाशास्त्र पढेका विद्यार्थी भविष्यमा शिक्षक मात्र हुने आम मान्यता छ । तर, शिक्षा पढेर पनि विभिन्न क्षेत्रमा सफल हुनेको संख्या बढ्दो छ ।

शिक्षक बन्न मात्रै होइन बीएड

स्वदेशमै अब्बल

विद्यालय तह (कक्षा १२) पार गरेपछि उच्च शिक्षाको स्वागतद्वार नै स्नातक तह हो । यहींबाट विश्वविद्यालय शिक्षाको आरम्भ हुन्छ । विश्वविद्यालयको प्रमुख उद्देश्य भनेको शिक्षकले अध्यापनबाट विद्यार्थीमा ज्ञानको विस्तार गर्ने हो । अनुसन्धानबाट ज्ञानको सिर्जना गर्ने, शारीरिक, मानसिक, नवीन सोचको विकास गर्ने हो ।

स्वदेशमै अब्बल