कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समाज बुुझ्न ललितकला

समाजमा नयाँ सोच, चेत र शैलीसहित नवीन काम देखाउन चाहनेले ललितकला पढ्नुपर्छ ।
मधु शाही

काठमाडौँ — भक्तपुरका २३ वर्षीय दीपेन लिम्बुु भीडमा हराउन चाहँदैनन् । त्यसैले उनले अध्ययनको विषय पनि फरक रोजेका छन् । उनी किताबका पाना घोक्नुभन्दा ललितकलामा आफ्ना प्रतिभा देखाउन तम्सिएका छन् ।

समाज बुुझ्न ललितकला

लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टमा ग्राफिक कम्युनिकेसन लिएर बीएफए (स्नातक) तेस्रो वर्षमा पढ्दै छन् । यसभित्र चित्रकला, ग्राफिक डिजाइन, संगीत र मूर्तिकला पर्छन् । विद्यार्थीलाई जे विषय मन पर्छ रोजेर पढ्न पाउँछन् । दीपेनको नजरमा ग्राफिक डिजाइन अहिलेको कला र प्रविधि दुवै संयोजन गराएर काम गर्न सकिने विधा हो ।


बौद्धिक कलाबाट आय आर्जनको गतिलो माध्यम ललितकला शिक्षा हुन सक्ने दीपेनको दाबी छ । त्यस्तै, कैलालीकी २९ वर्षीया मिठुु थारूले कक्षा १२ देखि नै फाइन आर्टस् रोजेकी थिइन् । अहिले उनी ललितकला क्याम्पसमा बीएफए पहिलो वर्ष पूरा गर्दै छिन् । उनले चित्रकला विधामा थप अध्ययन गर्न चाहेको बताइनन् ।


यति मात्रै होइन, कलेजमा पढेको कुराहरू व्यवहारमा उतार्न चित्रकला अत्यन्त प्रभावकारी हुने मिठुको अनुभव छ । ‘अधिकांश विषय सिद्धान्तमा सीमित रहन्छन्,’ उनी भन्छिन्, ‘ललित कला पढाइमा व्यावहारिक पक्ष राम्रो छ, त्यसैले यो विषय रोजें ।’


मिठुुले कलेज पढ्नुका साथै घरमै चित्र बनाएर व्यापार गर्ने गर्छिन् । परिश्रमअनुकूल पारिश्रमिक सजिलै पाइने हँुदा उनलाई घर खर्च टार्न र पढाइ खर्चसमेत जुटाउन गाह्रो परेको छैन । आम्दानीसँगै मनभरिको भावना क्यानभासमा मुर्त बनाइराख्न कला अध्ययन उपयुक्त मानिने मिठुुको अनुुभव छ ।


सिन्धुपाल्चोकका दावा लामा तथा वसन्तपुरकी रेविना शाक्यले फाइन आर्टस स्वेच्छाले रोजेका हुन् । दावा भन्छन्, ‘मनले चाहेको पढ्न पाउँदा छिट्टै प्रगति गर्न सकिँदोरहेछ ।’ रेविनाले भने फाइन आर्ट पढेपछि कला, डिजाइन र फेसन इन्डस्ट्रिजमा समेत घुलमिल हुन सकिने दाबी गरिन् । उनी फाइन आर्टसमा मल्टी फ्युचर देखेकीले उनी यता तानिएकी हुन् ।


सरकारी स्तरबाट ललितकला क्याम्पस विक्रम संवत् १८९४ मा स्थापना भएको भए पनि पछिल्लो समय केही निजी कलेजले फाइन आर्टस विषय पढाउन थालेका छन् । सिर्जना कलेज अफ फाइन आर्टसका प्रमुख एवं कला समीक्षक मदन चित्रकारले ललितकला पढ्न आउने विद्यार्थीलाई विषयको महत्त्वबारे ब्रिफिङ गर्ने गरेको बताए । उनका अनुसार कलामार्फत आयआर्जन हुनुका साथै सौन्दर्य चेतना वृद्धि गराउन पनि ललितकला विषय महत्त्वपूर्ण छ ।


समाजमा सिर्जनाको मूल्य स्थापित गराउन चाहनेले ललितकला मन पराउँछन् । मदनले पछिल्लो समय कला मनन गरेर शैक्षिक शिक्षा आर्जन गर्न आउने विद्यार्थीको संख्या बढ्न थालेको बताए । चित्रकार एवं ललितकला केन्द्रीय विभागका प्रध्यापक ज्योतिप्रकाश विकेका अनुसार मान्छे सिर्जनशील हुन ललितकलाको अध्ययन आवश्यक रहेको बताए । समाजमा नयाँ सोच, चेत र शैलीसहित जसले नवीन काम देखाउन चाहन्छ त्यस्तो व्यक्तिले ललितकला पढ्नुपर्ने उनको भनाइ छ ।


कला समीक्षक रमेश खनालले कलामा ग्ल्यामर्स, आयस्रोत र व्यक्तिभन्दा माथि उठेर राष्ट्रका लागि योगदान दिन सकिने प्रशस्त आधार भएको बताउँछन् । हालसम्म नेपालमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट मान्यता प्राप्त २५ भन्दा बढी कलेजमा फाइन आर्टस पढाइ हुँदै आएको छ । त्यसमा केही आंशिक र केही पूर्ण रूपमा फाइन आर्ट मात्र पढाउने कलेज छन् । यद्यपि आर्टको विषयमा अध्ययन गर्न खोलिएका कलेज भने अझै व्यवस्थित हुन नसकेको विज्ञको मत छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?