भीरमा झुन्डिएर यात्रा [तस्बिरहरु] 

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

भीरमा झुन्डिएर यात्रा [तस्बिरहरु] 

साताअघिको बाढीले डेब्रिजले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकलाई आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गापा २ तातोपानीको पोखरी, नागढुङ्गा, मुस्ताङको थासाङ्ग गापा ४ घाँसाको कोप्रेभीर, तल्लो घाँसा, थासाङ्ग गापा २ सिर्कुम, मार्फाको स्याउबारी कटान गरेको छ ।


‘बेनी–जोमसोम सडकको विभिन्न खण्डमा कालीगण्डकीले कटान गर्दा यातायात मात्र होइन पैदल यात्रासमेत बन्द भएको छ’ सडक विभागको साईट हेर्ने स्थानीय इन्द्रसिं शेरचनले भने, ‘अन्नपूर्ण गापाको नागढुङ्गामा कालीगण्डकीले बाटोसमेत कटान गरेपछि यात्रु भीरमा झुन्डिएर यात्रा गर्छन् । अझै केही दिन सडक खुल्ने संभावना छैन ।’








प्रकाशित : भाद्र ३, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?