राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।
टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे ।
अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।
हरेक विषयवस्तुको अध्ययन गर्न सबै विद्यार्थीले रुचि देखाउँदैनन्, सबै योग्य पनि हुँदैनन् । त्यसैले व्यक्तिगत रुचि, क्षमता र सीपका आधारमा कुनै पनि विद्यार्थी निश्चित विषय अध्ययन गर्न उपयुक्त छ वा छैन भनेर गरिने स्तरीय परीक्षण नै अभिरुचि परीक्षण (एप्टिच्युड टेस्ट) हो ।
विश्व बैंकले राजधानीमा आयोजना गरेको सम्मेलनमा सहभागी भएर पोखरा फर्किएका प्राध्यापक प्रतिनिधिले जनप्रिय सामुदायिक क्याम्पसमा आफ्ना सहकर्मीसँग प्रस्ताव गरे— अब माउन्टेन टुरिज्म म्यानेजमेन्ट भन्ने नयाँ विषय कोर्समा राखौं र पढाउँm ।
नेपाल सरकार सन् २०२० मा नेपाल भम्रण वर्ष मनाउने तयारीमा छ । अबको दुई वर्षपछि मनाइने भ्रमणवर्षको उद्देश्य नेपालमा २० लाख पर्यटक ल्याउने हो । अहिलेसम्म सर्वाधिक पर्यटक नेपाल आउनेमा १० लाख हाराहारी मात्रै पुगेको छ । अहिले आइरहेको पर्यटक संख्या दोब्बर बनाउँदा सबैभन्दा पहिले आवश्यक पर्ने दुइटा पूर्वाधार हुन विमानस्थल र होटल । अर्थात् अहिले चलिरहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटकको आगमन असम्भव छ भने अहिले भइरहेका होटलले २० लाख पर्यटक धान्न सक्दैनन् ।
समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले २०७४ साल वैशाख २ मा एउटा लेखमा उल्लेख गरेका हरफहरू हुन् यी । मानविकी तथा समाजशास्त्र अध्ययनको आकर्षण घटिरहेका बेला प्राध्यापक मिश्रका यी हरफले उक्त संकायको महत्त्व झल्काउँछ । पछिल्लो समय अन्य प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढिरहेको छ ।
मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) वा मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) अध्ययन गर्नुभएको छ भने तपाईंका लागि बैंकिङ क्षेत्र उपयुक्त गन्तव्य हो ।
इन्जिनियरिङ विषय भनेको पूर्ण रूपमा प्राविधिक विषय हो । कुनै पनि वस्तुको निर्माणसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान हासिल गर्नु भनेकै इन्जिनियर हुनु हो । विकासशील राष्ट्रमा यो विषयको महत्त्व अझ बढी हुन्छ । विश्वमा भइरहेको विकासलाई आत्मसात् गरेर अगाडि बढ्नका लागि त्यस राष्ट्रमा दक्ष इन्जिनियरहरू आवश्यक हुन्छ ।
एउटा उक्ति प्रचलित छ, ‘कानुनको अज्ञानता क्षम्य हुँदैन ।’ यसको अर्थ हो, कानुन सबैले जानेकै हुनुपर्छ । निमयै थाहा थिएन भन्दैमा गल्ती गर्ने कोही फुत्किन पाउँदैन, जसरी यो आगो हो भन्ने थाहा नपाए पनि त्यसलाई छुनेलाई आगोले नपोली छाड्दैन ।
भक्तपुरका २३ वर्षीय दीपेन लिम्बुु भीडमा हराउन चाहँदैनन् । त्यसैले उनले अध्ययनको विषय पनि फरक रोजेका छन् । उनी किताबका पाना घोक्नुभन्दा ललितकलामा आफ्ना प्रतिभा देखाउन तम्सिएका छन् ।
१२ कक्षाको नतिजा सार्वजनिक भएको केही दिनपछि एक छात्रा उनी पढ्कै विद्यालय नियास्रो हँुदै शिक्षकको कार्यकक्षमा आइन् । अंग्रेजीबाहेक सबै विषयमा उनले सी ग्रेडभन्दा बढी नै ल्याएकी थिइन् ।
ताप्लेजुङ खेवाङकी २२ वर्षीया सपना तिवारीले काठमाडौंको मोडेल कलेजबाट प्लस टु साइन्स गरिन् । ८० प्रतिशत अंक ल्याएर प्लस टु गरेकी उनले सुरुमा एमबीबीएसका लागि परीक्षा दिइन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका बारेमा उनलाई थाहा थियो । त्यहाँ पढाउने प्राध्यापकसँग उनको काठमाडौंमा भेट हुन्थ्यो । उनले त्यहाँ पढाइ हुने विषयका बारेमा चासो दिएर सोध्थिन् ।
बीएड पढेका ऋषिकेश उपाध्याय जुम्लाको तातोपानी गाउँपालिकामा आईटी अफिसर छन् । पढाइ सकिएलगत्तै उनले सूचना प्रविधि अधिकृतमा जागिर पाएका हुन् । शिक्षाशास्त्र पढेका विद्यार्थी भविष्यमा शिक्षक मात्र हुने आम मान्यता छ । तर, शिक्षा पढेर पनि विभिन्न क्षेत्रमा सफल हुनेको संख्या बढ्दो छ ।
विद्यालय तह (कक्षा १२) पार गरेपछि उच्च शिक्षाको स्वागतद्वार नै स्नातक तह हो । यहींबाट विश्वविद्यालय शिक्षाको आरम्भ हुन्छ । विश्वविद्यालयको प्रमुख उद्देश्य भनेको शिक्षकले अध्यापनबाट विद्यार्थीमा ज्ञानको विस्तार गर्ने हो । अनुसन्धानबाट ज्ञानको सिर्जना गर्ने, शारीरिक, मानसिक, नवीन सोचको विकास गर्ने हो ।