बझाङ्ग धुलीकी संगिता रोकायालाई साइपाल हिमाल कुनै अनौठो नाम होइन । साइपाल हिमालय रेन्जको अन्तिम गाउँ भनेर चिनिने धुलीमा जन्मिइन्, त्यही हुर्किइन् । सात वर्षकै उमेरदेखि अभिभावक, छर–छिमेकीसँग यार्सा टिप्न साइपाल फेदी आउजाउ गर्न थालिन् ।
धानबाली होस् कि कोदोबारी । मकैबारीदेखि खरबारीसम्म हात्तीले केही नराख्ने । भएभरको लगानी र श्रम हात्ती आतंकले खेरै जाने भएपछि बाहुनडाँगीका बासिन्दाले नौलो जुक्ति निकाले । अन्नको साटो किसानले चिया खेती रोज्न थाले ।
पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ–रिक्साको लाम लाग्छ । दिनभर यात्रु बोक्दाभन्दा धेरै कमाइ हुन थालेपछि इ–रिक्सा चालकहरू जंगल पस्न थालेका हुन् ।
१९ वर्षे जवानी हुँदा उनले हातमा बन्दुक बोकेका थिए, सात सालको क्रान्तिताका । युग बदलियो, भूमिका पनि फेरियो । विराटनगर तिनटोलियाका ८७ वर्षे तोरेन्द्रमानसिंह प्रधान लामो समयदेखि हरियाली जोगाउने अभियानमा तल्लीन छन् ।
लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा चियाका शत्रु हुन् । किराको प्रकोपका कारण चिया उत्पादन बर्सेनि खस्कँदो छ । कहिले बोट पहेँलिएर सुक्ने त कहिले जरै मासिनेजस्ता समस्याले चिया किसान हैरान छन् ।
जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।
मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।
सांस्कृतिक सहर तानसेन अब ९ दिनसम्म जात्रामा रम्नेछ । उहिले पश्चिम नेपालको ‘कमान्ड’ गर्ने थलोमा जात्रैजात्राको सिजन सुरु भएको हो । यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व काठमाडाैं र भक्तपुरकै सरह छ ।
अधिक दोहन र संरक्षण अभावले फेवातालको आयु घट्दो छ । तल्लो तटीय क्षेत्र अर्थात् लेकसाइड क्षेत्रका व्यवसायीको ताल संरक्षणमा योगदान छैन । उपल्लो तटीयका क्षेत्रका बासिन्दाको आफ्नै गुनासा छन् ।
राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।