कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ह्विलचियरबाटै स्कोर

राजबहादुर शाही

मुगु — दुर्गम मुगुमा शनिबार फरक खाले खेलाडी देखिए । सहभागी सबै ह्विलचियरमा थिए । अपांगता भए पनि बास्केटबलमार्फत प्रतिभा देखाउन उनीहरू गमगढीमा भेला भएका थिए । 

ह्विलचियरबाटै स्कोर

‘बाटोमा डर लाग्यो, मुगु पुगेपछि रमाइलो,’ खेलाडी ऋषिराम ढकालले भने, ‘पहिलोपल्ट फरक मैदानमा खेल्न पाउँदा धेरै खुसी लाग्यो ।’ जिल्लामा पहिलोपल्ट राष्ट्रियस्तरको ह्विलचियर बास्केटबल सुरु भएको हो । जिल्ला खेलकुद विकास समिति र बोधी सत्वइन एक्सनको आयोजनामा भएको प्रतियोगितामा सातै प्रदेशका ३२ खेलाडी सहभागी छन् ।


अपांगताबारे चेतना र कर्णाली पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको खेल संयोजक किशोरबहादुर शाहीले बताए । उनले भने, ‘सबै प्रदेशमा अपांगमैत्री मैदान र खेल संरचना बनाउन प्रतियोगिताले दबाब दिने आस छ ।’


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालका अनुसार काभ्रे, बझाङ, डोटी, गोरखा, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, सोलखुम्बुलगायत जिल्लाका खेलाडीलाई गाडीमा मुगु आइपुग्न करिब तीन दिन लागेको थियो ।


प्रतियोगिताका लागि अन्तर्राष्ट्रियस्तरका खेलाडी पनि मुगु आएका छन् । खेलाडीले मंसिर १७ मा विश्व अपांग दिवस रारातालको मिलिचौरमा मनाउने तयारी गरेको संयोजक शाहीले जानकारी दिए ।

प्रकाशित : मंसिर १६, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?