कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेटुवा नाच

पवन यादव

सिमरा — बाराको जिनादबाबा मन्दिर परिसर बुधबार भरिभराउ थियो । गाउँदेखि नेटुवा नाच गर्दै आएका भक्तजनले मन्दिरमा भाकेका प्रसाद पनि ल्याएका थिए । प्रसिद्ध गढीमाई मन्दिर बरियारपुर, सहजनाथ महादेव मन्दिर काटघाटलगायत शक्तिपीठमा भाकलको चलन छ ।

नेटुवा नाच

प्रसौनी गाउँपालिका–५ प्रस्टोकामा अवस्थित जिनादबाबा मन्दिरमा कलैया, मोतिसरकी अनिता मण्डल नेटुवाको नाच नचाउँदै पैदल आइपुगेकी थिइन् ।


बिरामी दुई वर्षीय जुम्लाहा छोरा राम र श्यामलाई निको पार्न उनले भाकल गरेकी थिइन् । छोरा जन्मेको खुसी बाँड्न आउनेमा कलैया उपमहानगरपालिका–२३ कोइरियाटोलाकी विन्दु मण्डल पनि थिइन् । ‘साढे ३ महिने छोरा आयुशको जन्म भयो,’ उनले भनिन्, ‘मन्दिर नआउँदासम्म बच्चा बस्न सकेको थिएन ।’ उनले एक पाकेट मिठाई, पाँचवटा नरिवल चढाउन आएकी थिइन् । महागढीमाई नगरपालिका–१ बरियारपुरकी २३ वर्षीया अर्चना कुशवाह दुईमहिने शिशु आदित्यराजलाई काखमा च्यापेर आएकी थिइन् ।


‘छोरीको महिनावारी बिग्रेको थियो,’ आमा उमरावतीले भनिन्, ‘जति औषधि उपचार गर्दा पनि महिनावारी सुध्रिएन ।’ मन्दिर आएर पूजा गर्दा महिनावारी सुध्रेर छोरीको गर्भ बसेको उनले बताइन् । भाकल पूरा हुनेहरूले मन्दिरमा आएर झन्डै १० क्विन्टलभन्दा बढी मिठाई चढाएको मन्दिरका निर्माणकर्ता स्थानीय लुकेश सिंहले बताए । ‘जिनादबाबामाथि सबैको आस्था छ,’ उनले भने, ‘मनले चिताएको कुरा पूरा हुन थालेपछि यहाँ पूजा गर्न आउनेको संख्या बर्सेनि बढ्दै गएको छ ।’

प्रकाशित : मंसिर २०, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?