ताराबोटे बाटैमा लोटे...

प्रतीक्षा काफ्ले

चापाकोट, स्याङ्जा — एउटा पुरानो बस्ती कालीगण्डकी नदी किनारमा । बस्तीभित्र पुरानै घरहरू। तीमध्ये दुःखैदुःखको कथा लेखिएको एउटा छुट्टै घर, जहाँ कोही पुग्दैनथे।

गायिका विष्णु माझीका बुबा ताराबहादुर स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटस्थित घरमारु। तस्बिर:प्रतीक्षा काफ्ले।कान्तिपुर

बोटे समुदायको उक्त बस्तीमा सञ्चारकर्मीको एउटा टोली पुग्यो। घरको पिँढीमा लौरीको सहारा लिएर काठको बेन्चमाथि भेटिए, एक व्यक्ति। थोत्रो मैलोसेतो सर्ट र नीलो जिन्सपाइन्ट लगाएका।

एकोहोरो बरबराइरहने। बाटोमा जसलाई देखे पनि ‘कता हिँड्नुभो?’ सोधिहाल्ने। उत्तर आए भन्थे, ‘आउनुस् न एकछिन बसौं। राष्ट्रिय कलाकार विष्णु माझीको घर आउनुभएको छ, बसौं न।’ उनले सञ्चारकर्मी टोलीलाई पनि त्यसै गरे। बस्न बेन्च छाडे। अनि गुन्गुनाए–
ताराबोटे बाटैमा लोटे,
खस्यो टोपी टिपिदेऊ चाउकोटे...

यो चापाकोटस्थित ब्राह्मण बस्तीलाई गीतबाट उनको व्यंग्य थियो। गहभरि आँसु बनाउँदै उनले फेरि अर्को भाका हाले–

विष्णु छोरी काठमाडाैं गाको,
छोरी सम्झी बसेर म रोको...

उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका ताराबहादुर चर्चित गायिका विष्णु माझीका पिता हुन्। काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि उनको देखभेट भएको छैन। उनै छोरीको सम्झना गर्दै एक्लै बरबराउन थालेका छन्।

विष्णु छोरी काठमाडाैं हुनाले,
कहिलै पनि छाडेन रुनालाई...

उनी छोरीको सम्झनामा गाइरहन्छन्। उमेरले पाको भए पनि सुरिलो स्वर भएका ताराबहादुर आजभोलि घरायसी काममा त्यति ध्यान दिँदैनन्। दुई छोरी र एक छोराका पिता ताराबहादुरकी विष्णु जेठी छोरी हुन्। पहिलो सन्तान छोरा बाबुराम गाउँमै मिस्त्री छन्। कान्छी छोरी जीवन पनि गायन क्षेत्रमै छिन्। कक्षा ९ मा पढ्दा पढ्दै विष्णुले घर छाडेकी हुन्। उनी राष्ट्रिय कलाकार बनिन्।

गायन क्षेत्रमै राम्रो आम्दानी गर्नेमध्ये उनको नाम लिइन्छ। उनले स्वर दिएका हरेक गीतले जनजिब्रो मात्रै होइन, ‘युट्युबमा समेत ठूलो भ्युअर’ पाएको छ। प्रतिगीत ५० हजारभन्दा माथि पारिश्रमिक लिन्छिन् रे उनी। तर घरको अवस्था दयनीय छ। आमा मेलापात गर्छिन्रु। दाइभाउजू ज्यामी काम।

बाल्यकालदेखि सोझी देखिने विष्णु अहिलेसम्म शिर ठड्याएर बोल्न डराउने बाबु ताराबहादुर बताउँछन्। ‘एघार वर्षअघि छोरीले आफैं बिहे गरेकी हो,’ उनले भने, ‘पोखराका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे भयो भन्ने सुनेका थियौं। आफ्नो जातभन्दा माथिल्लोसँग बिहे गरी। बिहेपछि एकदिन केही समय माइत आएकी थिई। घर नजिकैको मन्दिरमा पूजा गरेर काठमाडौं फर्किहाली।’ उनले गहमा आँसु टल्पलाए।

बिहेपछि सुन्दरमणिले माइत पठाउन नमानेको आरोप माइतीपक्षको छ। उनलाई माइतीले टीको दिन पाएका छैनन्। ‘भेट्न मात्र होइन, फोनमै भए पनि बोली सुन्ने मन छ,’ बाबुले रुँदै भने, ‘छोरीले हातमा मोबाइलसमेत लिन पाएकी छैन रे। घरबाट बाहिर निस्किन पाउ“दिन रे। छोरी पनि कति निर्दयी भएकी, माइत आउनै नखोज्ने।’ उनले आफू काठमाडौं जान नसक्ने र छोरी माइती नआउँदा भेट्न नपाएको बताए। ज्वाइँ सुन्दरमणिले आउन नदिएको उनले बताए।

सालको पात टपरी हुनी हे बरै, नहुने सल्लैको...
तिम्रो माया कति छ कति हे बरै, नलाऊ पछि हल्लैको...

विष्णुले गाएको पछिल्लो यो गीतले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा अहिलेसम्मकै धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’, जिल्लाकै अग्रज कलाकार रमेश बीजीले भने, ‘सुन्दरमणिले बिहे गरेको हो या होइन,थाहा छैन। उनले विष्णुलाई काठमाडाैंको कुन ठाउँमा राखेको छ भन्नेसम्म जानकारी पाउन सकिएको छैन ।’

विष्णुको दैनिकी कसरीबितेको छ, माइतीघरमा कसैलाई थाहा छैनरु। केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन्। सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्।

प्रकाशित : पुस १४, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उजाड जमिन बन्यो हराभरा

प्रताप विष्ट

हेटौंडा — उत्तरी क्षेत्रको मार्खुको नाङ्गो भूभाग हरियाली बनेको छ । मार्खुका महिलाहरू मिलेर एउटा बिरुवा पनि नभएको ठाउ“लाई घना जंगल बनाएका हुन् । अवसर पाए महिलाले विकास निर्माण र संरक्ष्ँण दिगो ढंगले गर्न सक्छन् भन्ने उदाहरण पनि उनीहरूले दिएका छन् ।

साविकको मार्खु गाविस १ र चित्लाङ गाविस ६ को बीचमा रहेको बोरोपिट सामुदायिक वन त्यस क्ष्ँेत्रका महिलाहरूको परिश्रमको फल हो । ‘यो वन महिलाहरूको पौरख हो,’ इन्द्रसरोवर गाउ“पालिका १ मार्खुका वडाअध्यक्ष्ँ जमानसिंह वाइबाले भने, ‘खाल्टो र बिरुवाविहीन जमिनलाई महिलाहरूले हराभरा बनाएका छन् ।’

कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर निर्माण गर्ने क्रममा त्यस क्ष्ँेत्रको सबै माटो झिकेर बा“ध बा“ध्नको निम्ति प्रयोग गरिएको थियो । इन्द्रसरोवरको छेउमा रहेको यस खाल्टोमा भूसंरक्षण र प्राधिकरणको सहयोगमा खाल्टोमा थोरै मात्र माटो हालेर २६ वर्षअघि महिलाहरूको सक्रियतामा उत्तिस र सल्लाका बिरुवा लगाइएका थिए । टौखेल र मार्खुका बासिन्दाले चरन क्षेत्रको रूपमा प्रयोग गर्ने भूभागमा बिरुवा हुर्काउन गाह्रो भएको अनुभव महिलाहरूको छ । तर संगठित महिलाको सक्रियताले बिरुवा हुर्काएर घना जंगलको रूपमा परिणत गराएका छन् ।

बिरुवा हुर्काउनका लागि ६ वर्षसम्म चौपायालाई जंगलभित्र प्रवेश गर्न रोक लगाएका थिए । टौखेल र मार्खुका बासिन्दास“ग उनीहरूले धेरै पौठेजोरी खेलेर जंगल जोगाएका हुन् । ‘जंगलमा चौपायाहरू चराउन नपाएको रिसमा टौखेलका केही पुरुषहरू झगडा गन नै आए,’ उपभोक्ता समितिकी सदस्य आइतीमाया गोले भन्छिन्, ‘यहा“का केहीले समाजविरोधीहरूले वन जोगाउने कार्यको विरोध मात्र गरेका थिएनन्, जंगलमा लगाएका बिरुवा पनि रातारात उखेलेर लैजाने गरेका थिए ।’

उपभोक्ता समितिकी अध्यक्ष फूलमाया थिङ छोराछोरीभन्दा बढी माया गरेर बिरुवा हुर्काएको बताउ“छिन् । ‘बिरुवा खान्छ भनेर चौपायाहरूलाई घरमै बा“धेर पानी बोकेर खुवाए“ तर खोलामा लगिएन,’ उनले भनिन्, ‘छोराछोरीलाईभन्दा बढी माया गरेर बोरोपिटको बिरुवा हुर्काइयो ।’

प्रकाशित : पुस १४, २०७५ १०:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT