कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गाउँभरिका घर हरिया

हरि गौतम

रुकुम पूर्व — गाउँ कस्तो बनाउने भनेर २०७४ साउनमा पहिलो गाउँसभा बसेको थियो । सल्लाह भयो, सफा र स्वच्छ बनाउने । भूमे गाउँपालिकाले नीति लियो, ‘ग्रिन भूमे, क्लिन भूमे’ । 

गाउँभरिका घर हरिया

१ घर १ बिरुवा रोप्ने, भान्सा तथा व्यक्तिगत सरसफाइलाई प्राथमिकता दिने, हरित गृह÷टोल निर्माण गर्ने । गाउ“पालिकाले हरेक घरलाई पा“च किलो रंग दिने निर्णय गर्‌यो । घर हरियो रंग्याउन त्यतिले नपुगे घरधनीले आफैं थप्नुपर्ने ।


‘हरियो समृद्धिको प्रतीक हो,’ अध्यक्ष रामसुर बुढामगरले भने । ‘ग्रिन भूमे, क्लिन भूमे’ अन्तर्गत

३ हजार ८ सय ३५ घरमध्ये २५ प्रतिशत घर हरिया बनिसकेका छन् ।


हरित टोल बनाउन प्रतिस्पर्धा देखिएको त्रिवेणी माविका शिक्षक सुनप्रसाद बुढाले बताए ।

गतवर्ष गाउँपालिकाभर १२ लाखको लगानीमा बिरुवा रोपियो । हरित र फलफूल मार्गका लागि यस वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


अध्यक्ष बुढाका अनुसार मध्यपहाडी लोकमार्गमै हरित र फलफूल मार्ग बनाइनेछ । उनले भने, ‘सम्भावना भएको लोकमार्गको क्षेत्रलाई फ्रुट करिडोर बनाइनेछ ।’

प्रकाशित : पुस १५, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?