कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फरक क्षमताकी सुजल

सरोजकुमारी चौधरी

काठमाडौँ — उनी बोल्न सक्दिनन्, न आवाजै सुन्छिन् । तर, संगीतको तालमा नृत्य र क्याटवाक भने अचम्म लाग्दो गरी राम्रो गर्छिन् । 
यही खुबीका कारण गुर्जुधारा, चन्द्रागिरि १२ बस्ने १६ वर्षीया सुजल बलमे हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पारेकी छन् । उनी मिस एन्ड मिस्टर एसईईमा उनी उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् । 

फरक क्षमताकी सुजल

उनका पिता टेकबहादुरका अनुसार उक्त प्रतियोगितामा उनी संयोगले सहभागी हुन पुगेकी थिइन् । एसईई दिएर विद्यालयबाट बाहिरिँदै गर्दा कसैले उनलाई एउटा पम्प्लेट हातमा थमाएछ ।


पम्प्लेटमा फेसन इराको मिस्टर र मिस एसईई २०१९ का बारेमा जानकारी थियो । प्रतियोगितामा भाग लिन मन लागेको भाव बुझेपछि उनका पिता खुसी त भए तर छोरीका सपना कसरी पूरा गर्ने भन्नेमा अलमलमा परे । पछि आयोजकले नै बमको प्रतिभा परीक्षण गरेपछि सहभागिता सम्भव भएको थियो ।


सुजलले केही दिन परीक्षणमा बिताउनुपर्‍यो । उनको हिँड्नेदेखि अन्य सम्पूर्ण कला सबैले मन पराए । प्रतियोगिताभर उनका पिता सँगै हुन्थे ।


प्रतियोगितामा छोरीलाई सांकेतिक भाषामार्फत उनैले बुझाउँथे । प्रतियोगितमा सहभागी २९ किशोर र ६० किशोरीको समूहमा उनी मात्र फरक क्षमताकी भए तापनि उनले उक्त ब्युटी पिजेन्टको फाइनलमा मोस्ट कन्फिडेन्ट अवार्ड, मल्टिमिडिया अवार्डका साथै पितालाई उत्कृष्ट अभिभावक अवार्डसमेत जिताउन सफल भइन् ।


उनका नीला आँखाले पनि धेरैलाई आकर्षित गरिदियो । मोडलिङका अलवा फुटबल, नृत्य, पेन्टिङ, फोटोग्राफीमा सुजलको खास रुचि छ ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?