‘उद्योगमैत्री नीति बनाउनुपर्छ’

समृद्ध पूर्व
जनमत

महेश जाजू, पूर्वकेन्द्रीय सदस्य, उद्योग वाणिज्य महासंघप्रदेश १ आर्थिक सम्भावनाले भरिएको क्षेत्र हो  । मोरङ–सुनसरी औद्योगिक करिडोर केही वर्षयता समस्याग्रस्त भएकाले उद्योग थपिने क्रममा कमी आएको छ  ।

कारण पत्ता लगाएर सरकारले समस्या समाधान गरी अघि बढे औद्योगिक प्रदेशका रूपमा विकास हुन्छ । मुलुकमा औद्योगिक विकासको प्रारम्भ विन्दुका रूपमा प्रदेश १ रहेकाले यहाँको औद्योगिक क्षेत्रको समस्या समाधान हुन सके सातै प्रदेशभन्दा बढी उद्योग स्थापना हुन सक्छ ।

राजेन्द्र राउत, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ प्रदेश १
उत्पादनमूलक उद्योगहरूको सम्भावना धेरै रहेकाले उद्योगमैत्री ऐन, नियम, नीति निर्माण गरी उद्योगीलाई आकर्षित गर्न सक्नुपर्छ । अन्तरदेशीय व्यापारका लागि रानी–किमाथांका सडक निर्माणमा ध्यान जानु आवश्यक छ । पर्यटन विकासका लागि भौतिक पूर्वाधार तयार पार्नुपर्छ । जलस्रोत उपयोग गनुृपर्छ । उर्वर भूमि उपयोग गर्दै कृषिमा आधुनिकीकरण गरे फाइदा हुन्छ ।

प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष, मोरङ व्यापार संघ
उद्योग स्थापनाको आधारविन्दु प्रदेश १ लाई औद्योगिक हबका रूपमा विकास गरी आर्थिक रूपमा फड्को मार्न सकिन्छ । यसका लागि पर्याप्त सम्भावना छन् । सरकारले औद्योगिक क्षेत्रमा देखिएका समस्या हटाउन आवश्यक ऐन, नियम, नीति निर्माण गर्नुपर्छ । सरकारको हरेक कदम उद्योग र व्यवसायमैत्री हुनु जरुरी छ ।

विनोद भट्टराई, व्यवस्थापक, भाटभटेनी शाखा
डिपार्टमेन्टल स्टोरहरूले एकै ठाउँ सबै सेवा प्रदान गरिरहेकाले दैनिक उपभोग्यलगायत सामग्री भारतमा गएर किन्ने संस्कार हट्दै गएको छ । यसले नेपाली रुपैयाँ भारत पलायन हुनबाट जोगिएको छ । यहाँका डिपार्टमेन्टल स्टोरहरूले आयात कम गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिने नीति लिएका छन् । यसले यहाँका उद्योगधन्दाहरूले गरेको उत्पादनले बजार पाइरहेका छन् ।

डा. सिलभिया पिया, भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक
प्रदेश १ मा स्वास्थ्य क्षेत्रका अत्याधुनिक सेवा उपलब्ध रहेकाले यसले प्रदेशलाई आर्थिक विकासमा सघाउ पुर्‍याउँछ । प्रदेशवासीले सहज र सुलभ स्वास्थ्य सेवा पाउँदा निरोगी र स्वस्थ्य हुने अवस्था निर्माण भएको छ । स्वस्थ प्रदेशवासीले बढीभन्दा बढी काम गर्न पाउँदा प्रदेशमा आर्थिक वृद्धि बढ्ने अबस्था छ ।

मीना ढुंगाना, सञ्चालक, डेल्फी स्किन केयर हस्पिटल प्रालि
प्रदेश १ स्वास्थ्योपचारमा आत्मनिर्भर बन्दै गएको छ । उपचारका लागि अब यहाँका बासिन्दालाई भारतलगायत अन्य मुलुकमा गएर उपचार गराउनुपर्ने अवस्था हटेको छ । यसले देश र प्रदेशलाई आर्थिक रूपमा विकासमा सघाएको छ । उपचारका नाममा विदेशिने रकम अब यहीं रहने भएकाले स्वास्थ्य क्षेत्रको विकासले पनि समृद्ध प्रदेश निर्माणमा मद्दत गर्छ ।

गोपीकुमार साह, प्रोप्राइटर, सीओसी ट्रेडर्स
प्रदेश १ अन्यभन्दा स्रोतसाधनका दृष्टिकोणले अब्बल छ । यहाँ आर्थिक विकासका अनेकौं सम्भावना छन् । प्रदेश सरकारले आयकरलगायत करमा छुट दिएर उद्योगी व्यवसायीलाई आकर्षित गर्न सके अत्यधिक रोजगारी सिर्जना हुने अवस्था छ । यो प्रदेशलाई चीन, भारत, बंगलादेश, भुटानका लागि व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

प्रशान्त तातेड, केशरीचन्द भवरलाल
प्रदेश १ मुलुकमै औद्योगिक विकास आधार स्तम्भ रहेकाले यहाँ विकासको ठूलो सम्भावना छ । यसका साथै चीन, भारत, बंगलादेशबीचको त्रिदेशीय व्यापारको सम्भावना पनि उत्तिकै छ । बरु सडक सञ्जाल बढाउन जरुरी छ । बढीभन्दा बढी विद्युत् उत्पादन गरी प्रदेशलाई मात्रै नभई मुलुकलाई नै समृद्ध बनाउन सकिने सम्भावना छ ।

शत्रुघ्न यादव, अध्यक्ष, म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर
प्रदेश १ स्वास्थ्यको हबका रूपमा विकास भइरहेको छ । अत्याधुनिक प्रविधिले स्वास्थ्योपचारका साथै विद्यार्थीलाई अध्ययनका लागि विभिन्न शिक्षण अस्पताल सञ्चालनमा छन् । यसले विदेशी बिरामी र विद्यार्थी आकर्षित भएका छन् । विदेशी मुद्रा आर्जनमा सघाउ पुगेको छ ।

सिुबोध कोइराला, सदस्य, उद्योग संगठन
औद्योगिक वातावरण निर्माण गर्नु आवश्यक छ । औद्योगिक विकासका लागि उद्योगमैत्री ऐन, नियम, नीति निर्माणका साथै औद्योगिक ग्राम सञ्चालन गरी उद्योगीहरूलाई आकर्षित गर्न सक्नुपर्छ । विभिन्न महत्त्वपूर्ण पर्यटकीय स्थलमा पूर्वाधार विकाससँगै व्यवस्थित गरे पर्यटक भित्रने सम्भावना उक्तिकै छ ।

मनोजवित्रम साह, युवा उद्यमी
देशको भविष्य युवाको काँधमा छ । अधिकांश क्षेक्रमा युवा सत्रिय छन् । जुनसुकै क्षेत्रमा लागे पनि उनीहरूलाई प्रोत्साहनको खाँचो छ । रोजगारी सिर्जनाका लागि पहिले रोजगारदाता सुरक्षित हुने वातावरण बनाउनुपर्छ । कोही युवा उद्योग, व्यापार वा कुनै क्षेत्रमा केही गर्छु भने सरकारले ऋण, सहुलियत र सुविधा दिनुपर्छ ।
प्रस्तुति :देवनारायण साह

प्रकाशित : जेष्ठ १०, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?