कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वदेशीलाई प्राथमिकता दिऔं

 
स्वास्थ्यसँग सम्बन्धित सेनेटरी प्याड महिलाका लागि अत्यावश्यक रहेको सर्वविदितै छ  । सरकारले २ वर्षअघि सेनेटरी प्याडलाई अत्यावश्यक सूचीमा सूचीकृत गरिसकेको छ  ।

सेनेटरी प्याड सुपथ मूल्य र सर्वसुलभ उपलब्ध गराउन नेपालमै ठूलो लगानीमा अत्याधुनिक मेसिन जडान गरी विश्वस्तरीय गुणस्तरको उत्पादन गर्न सक्ने ५ उद्योग स्थापना भएका छन् । जस्मिन हाइजिन प्रोडक्ट्स विराटनगर, एजी हेल्थ केयर बुटवल, इन्टरनेसनल हाइजिन प्रोडक्ट्स वीरगन्ज, म्याग्नाम्याक्स प्रालि काठमाडौं र हेल्थ एन्ड हाइजिन प्रोडक्ट्स विराटनगर छन् ।


यीमध्ये विराटनगरस्थित जस्मिन र बुटवलस्थित एजीले शिशुका लागि दैनिक उपयोग हुने बेबी डायपरहरू पनि उत्पादन गर्दै आएका छन् । नेपालमा अहिले करिब १६ करोड थान सेनेटरी प्याडको माग छ । बेबी डायपरको माग भने १३ करोड थान छ । नेपालमा स्वदेशी उद्योगहरूको क्षमता सेनेटरी प्याडमा ४१ करोड थान छ भने बेबी डायपरमा २५ करोड थान छ । तर तयारी वस्तुको भन्सार महसुल १५ प्रतिशत र कच्चा पदार्थको भन्सार मूल्य १५–३५ प्रतिशत रहेकाले नेपाली उद्योगहरू प्रतिस्पर्धा गर्ने स्थितिमा छैनन् । यसै कारण नेपाली बजारको मागको ९० प्रतिशत आपूर्ति आयातित तयारी सेनेटरी प्याड तथा बेबी डायपरबाट भइरहेको छ ।


१० प्रतिशत बजार हिस्सा ओगटेको नेपाली उद्योगले केवल आफ्नो १० प्रतिशत उत्पादन क्षमता प्रयोग गर्न सकेका छन् । वीरगन्ज र काठमाडौंस्थित उद्योग बन्द भइसकेको अवस्था र विराटनगर र बुटवलस्थित उद्योग पनि आंशिक मात्र सञ्चालनमा छन् । यस्तै परिस्थिति कायम रह्यो भने यी उद्योग पनि बन्द हुने सम्भावना उत्तिकै छ । भारतीय च्यानलद्वारा नेपालमा देखाइने विज्ञापनले थप मारमा परेको छ । आयात प्रतिस्थापन गर्न स्वदेशी उद्योग र उत्पादन संरक्षण दिई महिला स्वास्थ्य तथा सशक्तीकरणलाई टेवा पुर्‍याउन सरकारले आगामी बजेटमा महसुलसम्बन्धी आवश्यक परिवर्तन गर्नॅपर्ने देखिन्छ । नभए अर्बौं लगानी डुब्ने अवस्था आउने पक्का छ ।

पुनीत सारडा

प्रकाशित : जेष्ठ १०, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?