बढ्दै स्टिल उद्योग

पर्यटन पूर्वाधार
चार वर्षअघिको भूकम्पपछि सुरू भएको पुनर्निर्माणले उद्योग खुल्ने क्रम बढेको छ । लगानीमैत्री तावरण र अन्यत्रको तुलनामा बजार राम्रो हुँदा स्टिल उद्योगमा आकर्षण बढेको छ ।
कान्तिपुर संवाददाता

 तीन वर्षअघिसम्म रूपन्देहीमा तीन–चारवटा स्टिल उद्योग मात्रै थिए  । अहिले आठवटा पुगेका छन्  ।

रूपन्देही आसपासका कपिलवस्तु र पश्चिम नवलपरासीमा समेत गरी दर्जन स्टिल उद्योग सञ्चालनमा छन् । चार वर्षअघिको भूकम्पपछि सुरु भएको पुनःनिर्माणले उद्योग खुल्ने क्रम बढेको हो । ‘यस क्षेत्रमा उद्योगमा लगानीको वातावरण राम्रो छ,’ एसआर स्टिलका सञ्चालक सुरज उप्रेतीले भने, ‘फलामे डन्डीको बजार पनि अन्यत्रको तुलनामा राम्रो छ ।’


उप्रेतीका अनुसार मुलुकभर २५ स्टिल उद्योग छन् । भैरहवा र आसपास एसआर, पञ्चकन्या, एभरोल, श्री स्टिल, काठमान्डु, लक्ष्मी, सिद्धिलक्ष्मी, गोयन्का, अम्बे, फेरो स्टिल र हाइटेक स्टिल सञ्चालनमा छन् । कपिलवस्तुमा विजयाश्री र बाँकेमा बागेश्वरी र जयअम्बे सञ्चालनमा छन् । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला भैरहवा सहज नाकाका रूपमा स्थापित भएपछि स्वदेशी र विदेशी लगानी आकर्षित भएको हो ।


अहिले मुलुकमा फलामे डन्डीको खपतभन्दा उत्पादन धेरै भइरहेको उद्योगी उप्रेतीले बताए । उनका अनुसार मुलुकभरि वार्षिक १२ लाख मेट्रिक टन माग छ । वार्षिक ३५ लाख मेट्रिक टन उत्पादन भइरहेको छ । आयोजनाहरूको समयमै निर्माण सम्पन्न नहुनु र कतिपय वैदेशिक दातृ निकायबाट सञ्चालित आयोजनामा सीधै विदेशबाट यस्ता सामग्री आयात गरिनु उद्योगलाई चुनौती बनेको उनले बताए । उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार, शान्ति सुरक्षा, जनशक्तिको आपूर्ति, बैंकिङ सहजता, तीव्र गतिमा सहरीकरण, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयोजना र रेमिट्यान्सलगायतले यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ ।


भूकम्पपछि घर तथा भवन बलियो बनाउनु पर्ने र विनाश भएका संरचना पुनःनिर्माण गर्नु परेकाले मागसँगै उद्योग बढेको पञ्चकन्या स्टिल उद्योगका सञ्चालक तथा पञ्चकन्या औद्योगिक समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । ‘भूकम्पले गर्दा निर्माण गरिने संरचनाको गुणस्तरमा ध्यान दिन थालियो,’ उनले भने, ‘त्यसभन्दा अघि घर बनाउँदा आवश्यकताअनुरूपको छडसहितको पिल्लरतर्फ उति ध्यान दिइँदैनथ्यो ।’ यहाँ उत्पादित सामग्री अन्यत्र आपूर्ति गर्न र कच्चा पदार्थ एवं औद्योगिक मेसिनरी आयात गर्न सहज भएकाले उद्योग बढेको उनले बताए । भूकम्प र अत्यधिक लोडसेडिङ हुँदा नेपालमा फलामे डन्डीको माग बढेपछि यहाँ उद्योग बढेको एभरेस्ट रोलिङ मिलका सञ्चालक तथा गोयन्का समूहका निर्देशक अरुण गोयन्काले बताए । ‘त्यतिबेला भारतबाट आयात गर्नु परेको देखेर धेरैले लगानी गरे,’ उनले भने, ‘अहिले खपतभन्दा उत्पादन धेरै हुन थालेको छ ।’


भैरहवा भन्सारको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा यस नाकाबाट २० अर्ब ९६ करोड ७८ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन एमएस ब्लेड आयात भएको छ । गत आवको यही अवधिमा १८ अर्ब २६ करोड रुपैयाँको ३ लाख ५२ हजार मेट्रिक टन आयात भएको थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले रूपन्देहीमा औद्योगिक लगानीको वातावरण राम्रो, सडक विस्तार र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले निजी लगानीलाई आकर्षित गरेको बताए । ‘अर्बौं लगानीमा सञ्चालित आयोजनामा हुने गरेको खर्चले विभिन्न माग तयार गरेकाले व्यवसायी लगानीका लागि आइरहेका छन्,’ उनले भने, ‘रूपन्देही र आसपासका क्षेत्र बृहत् सहरका रूपमा अघि बढिरहेका छन् ।’
माधव ढुंगाना

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

रासस

हेटौँडा — प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक साताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गएका पौडेललाई अस्पतालले एक साताका लागि भर्ना गरेको हो । 


मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको सहित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्नाभएका हुन।त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठहुन। उनकाे यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो।

पौडेलको गंगालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक साता आराम गर्नुपर्ने छ। अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

उनी अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ।

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT