कम छैनन कानुन र मानविकी

बुद्धिसागर मरासिनी

काठमाडौं — नेपालमा अझै पनि डाक्टर, इन्जिनियर वा पाइलट बन्न इच्छा राख्ने विद्यार्थीहरूको संख्या बढी छ, चाहे त्यो घरपरिवार वा आफन्तको दबाब वा प्रभावमा नै किन नहोस् । अधिकांश विद्यार्थीहरू विभिन्न दबाब र प्रभावमा विज्ञान वा प्रविधि विषय अध्ययन गर्नुपर्ने मानसिकतामा हुन्छन्।

यसका पछाडि खासगरी दुई मुख्य कारण छन् । पहिलो, हाम्रो सामाजिक संरचना, किनकि प्रतिभावान वा परीक्षामा राम्रो ग्रेड प्राप्त गरेको विद्यार्थी विज्ञान विषय पढ्नुपर्ने नियम नै बनिसकेको छ । त्यसैले धेरैजसो विद्यार्थीहरू आफ्नो अभिरुचि प्रतिकूल विज्ञान पढ्न बाध्य छन् ।

दोस्रो, कतिपय विद्यार्थीहरू वास्तवमा आफ्नो भविष्य, जागिर वा आर्थिक अवस्थाका लागि चिन्तित देखिन्छन् र विज्ञान विषयमा भर्ना हुन चाहन्छन् किनभने यस्ता विद्यार्थीहरू अझै पनि कानुन वा मानविकीका विषयहरूको अध्ययनपश्चात् पनि भविष्यमा प्रतिस्पर्धामा खरो उत्रन सकिन्छ भन्ने तथ्य मान्न तयार देखिँदैनन् । तर पछिल्लो सयम यी विषय अधययन कम खर्चिलो हुनुका साथै बढ्दो अवसरका कारण विद्यार्थीको आकर्षण केन्द्र बनेका छन् ।

रोजगारीको अवसरका आधारमा विद्यालर्थीहरूका लागि कानुन निकै महत्त्वपूर्ण छ । सरकार कार्यालयहरूमा कानुनी अध्ययन पृष्ठभूमिका कर्मचारीको अभाव, विभिन्न कम्पनीहरूमा अनिवार्य कानुनी व्यवस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रोजगारीको अवसरले पनि कानुनप्रति विद्यार्थीहरूको आकर्षण बढेको हो ।

कक्षा ११ र १२ मा मानविकी विषयको अध्ययन अध्यापन लामो समयदेखि हुँदै आएको भए पनि औपचारिक रूपमा कानुन भने ३ वर्षअघिदेखि सुरु भएको हो । यसअन्तर्गत विद्यार्थीहरूले अंग्रेजी र नेपालीका अलावा कानुनका सिद्धान्त, संवैधानिक कानुन, कार्यविधि ऐन, मानव अधिकारलगायतका विषय अध्ययन गर्छन् ।

काठमाडौंको चुच्चेपाटीस्थित रिभेरा इन्टरनेसनल माध्यामिक विद्यालयका प्राचार्य प्रज्वल कोइरालाले विद्यार्थीहरूको रुचि तथा मागअनुसार आफ्नो विद्यालयले गत वर्षदेखि नै कानुनको अध्यापन सुरु गरेको कोइरालाले बताए । पछिल्लो समय कानुन अध्ययन गर्ने विद्यार्थीको संख्या निकै बढेको उनको भनाइ छ । उनले भने, ‘यस वर्ष विद्यालयमा कानुन विषय लिई अध्ययन गर्न चाहने विद्यार्थीको चाप निकै बढेको छ । अध्ययनपछि स्वरोजगारीको अवसर पनि यसको मुख्य आकर्षण हो ।’

कानुनको अध्ययनपछि विद्यार्थीहरूले आत्मनिर्भर हुन ‘ल फर्म’ खोली कानुनी अभ्यास गर्न सक्छन् । त्यसका अलावा उनीहरूले निश्चित समयको अभ्यासपछि न्यायाधीश वा अन्य पदका लागि समेत योग्य हुनेछन् । सरकारी सेवामा रुचि हुनेहरूका लागि समेत कानुन विषयको अध्ययनपछि न्याय सेवाका लागि समेत प्रतिपर्धामा उत्रन सक्छन् । चाबहिलस्थित सेन्ट लरेन्स विद्यालयका अध्यक्ष केशवप्रसाद दंगाल विद्यार्थीको मागअनुसार यसै शैक्षिक सत्रदेखि कानुन विषयको अध्यापन सुरु गरेको बताए । उनले भने, ‘बढ्दो अवसर तथा विद्यार्थीहरूको मागअनुसार कानुन विषय सुरु गरेका हौं ।’ उनका अनुसार ‘कानुनले विद्यार्थीहरूलाई टाठोबाठो बनाउने मात्र नभई प्रतिकूल परिस्थितिलाई कसरी सामना गर्ने भन्ने पनि सिकाउँछ ।

त्यसैगरी, खासगरी विश्वव्यापीकरण तथा बजार विविधीकरणले गर्दा मानविकी वा समाजशास्त्रका क्षेत्रमा धेरै किसिमका अवसरहरू सिर्जना भएका छन् । तीव्र रूपमा बढ्दो बजार, च्याउ उम्रेसरी स्थापना भएका मिडियाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सहरीकरणको प्रभाव, कानुन क्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण, उच्च शिक्षाको आकांक्षा तथा अनुसन्धानप्रतिको मानिसहरूको बढ्दो चाहनाले पिछडिएको संकाय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

बजार तथा अर्थतन्त्रमा भएको चामत्कारिक वृद्धिले खासगरी अर्थशास्त्र, आमसञ्चार, सामाजिक कार्य, मनोविज्ञान, ललितकला, साहित्य, फेसन प्रविधि, भाषालगायत विषयहरूको महत्त्व झन् बढ्दै गएको छ । कला, मानविकी, समाजशास्त्र, ललितकला, नाट्यकला, दृश्यकला, साहित्य, सांस्कृतिक अध्ययनलगायतका नामले चिनिने मानविकी वा समाजशास्त्रका विषयहरू मानव सभ्यताको उत्पत्ति र विकासका विभिन्न महत्त्वपूर्ण पक्षहरूसँग सम्बन्धित छन् । यसअन्तर्गत समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, मनोविज्ञान, साहित्य, मिडिया अध्ययन, कानुन, भाषालगायतका देश, समाज र व्यक्तिका विभिन्न पक्ष तथा दैनिक क्रियाकलाहरूसँग सम्बन्धित विषयहरूको अध्ययन/अध्यापन हुने गर्छ ।

विद्यार्थीहरूमा सकारात्मक सोचको विकास, भाषामा दक्षता, प्रभावकारी प्रस्तुतीकरण, व्यक्तिगत खुबी, नयाँ कुराहरू जान्ने/सिक्ने अवसर, अनुसन्धानमा दक्ष तथा निर्णय क्षमतामा निपुण हुन पनि मानविकी वा समाजशास्त्रका विषयहरू अध्ययन गर्न आवश्यक छ । अधिकांश विषयहरूका लागि समाज नै प्रयोगशाला भएकाले समाजमा पुगेर अवलोकन अध्ययनका लागि शैक्षिक संस्थाहरूले आवश्यक समन्वयकर्ता मार्फत विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा बुझाउन, देखाउन सके निश्चय नै यी विषयको प्रभावकारिकता अझै बढ्छ ।

त्यसैले आफ्नो परिवारको दबाब वा साथीहरूको लहैलहैमा आफूले अध्ययन गर्ने विषयको छनोट गर्नुभएको छ भने अझै पनि आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ किनकि कानुन र मानविकी अध्ययनले तपाईंलाई दक्ष र आत्मनिर्भर बन्न सिकाउने निश्चित छ ।

प्रकाशित : असार १८, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कम छैनन कानुन र मानविकी

बुद्धिसागर मरासिनी

 नेपालमा अझै पनि डाक्टर, इन्जिनियर वा पाइलट बन्न इच्छा राख्ने विद्यार्थीहरूको संख्या बढी छ, चाहे त्यो घरपरिवार वा आफन्तको दबाब वा प्रभावमा नै किन नहोस्  ।

अधिकांश विद्यार्थीहरू विभिन्न दबाब र प्रभावमा विज्ञान वा प्रविधि विषय अध्ययन गर्नुपर्ने मानसिकतामा हुन्छन् । यसका पछाडि खासगरी दुई मुख्य कारण छन् । पहिलो, हाम्रो सामाजिक संरचना, किनकि प्रतिभावान वा परीक्षामा राम्रो ग्रेड प्राप्त गरेको विद्यार्थी विज्ञान विषय पढ्नुपर्ने नियम नै बनिसकेको छ । त्यसैले धेरैजसो विद्यार्थीहरू आफ्नो अभिरुचि प्रतिकूल विज्ञान पढ्न बाध्य छन् ।


दोस्रो, कतिपय विद्यार्थीहरू वास्तवमा आफ्नो भविष्य, जागिर वा आर्थिक अवस्थाका लागि चिन्तित देखिन्छन् र विज्ञान विषयमा भर्ना हुन चाहन्छन् किनभने यस्ता विद्यार्थीहरू अझै पनि कानुन वा मानविकीका विषयहरूको अध्ययनपश्चात् पनि भविष्यमा प्रतिस्पर्धामा खरो उत्रन सकिन्छ भन्ने तथ्य मान्न तयार देखिँदैनन् । तर पछिल्लो सयम यी विषय अधययन कम खर्चिलो हुनुका साथै बढ्दो अवसरका कारण विद्यार्थीको आकर्षण केन्द्र बनेका छन् ।


रोजगारीको अवसरका आधारमा विद्यालर्थीहरूका लागि कानुन निकै महत्त्वपूर्ण छ । सरकार कार्यालयहरूमा कानुनी अध्ययन पृष्ठभूमिका कर्मचारीको अभाव, विभिन्न कम्पनीहरूमा अनिवार्य कानुनी व्यवस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रोजगारीको अवसरले पनि कानुनप्रति विद्यार्थीहरूको आकर्षण बढेको हो । कक्षा ११ र १२ मा मानविकी विषयको अध्ययन अध्यापन लामो समयदेखि हुँदै आएको भए पनि औपचारिक रूपमा कानुन भने ३ वर्षअघिदेखि सुरु भएको हो । यसअन्तर्गत विद्यार्थीहरूले अंग्रेजी र नेपालीका अलावा कानुनका सिद्धान्त, संवैधानिक कानुन, कार्यविधि ऐन, मानव अधिकारलगायतका विषय अध्ययन गर्छन् । काठमाडौंको चुच्चेपाटीस्थित रिभेरा इन्टरनेसनल माध्यामिक विद्यालयका प्राचार्य प्रज्वल कोइरालाले विद्यार्थीहरूको रुचि तथा मागअनुसार आफ्नो विद्यालयले गत वर्षदेखि नै कानुनको अध्यापन सुरु गरेको कोइरालाले बताए । पछिल्लो समय कानुन अध्ययन गर्ने विद्यार्थीको संख्या निकै बढेको उनको भनाइ छ । उनले भने, ‘यस वर्ष विद्यालयमा कानुन विषय लिई अध्ययन गर्न चाहने विद्यार्थीको चाप निकै बढेको छ । अध्ययनपछि स्वरोजगारीको अवसर पनि यसको मुख्य आकर्षण हो ।’


कानुनको अध्ययनपछि विद्यार्थीहरूले आत्मनिर्भर हुन ‘ल फर्म’ खोली कानुनी अभ्यास गर्न सक्छन् । त्यसका अलावा उनीहरूले निश्चित समयको अभ्यासपछि न्यायाधीश वा अन्य पदका लागि समेत योग्य हुनेछन् । सरकारी सेवामा रुचि हुनेहरूका लागि समेत कानुन विषयको अध्ययनपछि न्याय सेवाका लागि समेत प्रतिपर्धामा उत्रन सक्छन् । चाबहिलस्थित सेन्ट लरेन्स विद्यालयका अध्यक्ष केशवप्रसाद दंगाल विद्यार्थीको मागअनुसार यसै शैक्षिक सत्रदेखि कानुन विषयको अध्यापन सुरु गरेको बताए । उनले भने, ‘बढ्दो अवसर तथा विद्यार्थीहरूको मागअनुसार कानुन विषय सुरु गरेका हौं ।’ उनका अनुसार ‘कानुनले विद्यार्थीहरूलाई टाठोबाठो बनाउने मात्र नभई प्रतिकूल परिस्थितिलाई कसरी सामना गर्ने भन्ने पनि सिकाउँछ ।


त्यसैगरी, खासगरी विश्वव्यापीकरण तथा बजार विविधीकरणले गर्दा मानविकी वा समाजशास्त्रका क्षेत्रमा धेरै किसिमका अवसरहरू सिर्जना भएका छन् । तीव्र रूपमा बढ्दो बजार, च्याउ उम्रेसरी स्थापना भएका मिडियाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सहरीकरणको प्रभाव, कानुन क्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण, उच्च शिक्षाको आकांक्षा तथा अनुसन्धानप्रतिको मानिसहरूको बढ्दो चाहनाले पिछडिएको संकाय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । बजार तथा अर्थतन्त्रमा भएको चामत्कारिक वृद्धिले खासगरी अर्थशास्त्र, आमसञ्चार, सामाजिक कार्य, मनोविज्ञान, ललितकला, साहित्य, फेसन प्रविधि, भाषालगायत विषयहरूको महत्त्व झन् बढ्दै गएको छ । कला, मानविकी, समाजशास्त्र, ललितकला, नाट्यकला, दृश्यकला, साहित्य, सांस्कृतिक अध्ययनलगायतका नामले चिनिने मानविकी वा समाजशास्त्रका विषयहरू मानव सभ्यताको उत्पत्ति र विकासका विभिन्न महत्त्वपूर्ण पक्षहरूसँग सम्बन्धित छन् । यसअन्तर्गत समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, मनोविज्ञान, साहित्य, मिडिया अध्ययन, कानुन, भाषालगायतका देश, समाज र व्यक्तिका विभिन्न पक्ष तथा दैनिक क्रियाकलाहरूसँग सम्बन्धित विषयहरूको अध्ययन/अध्यापन हुने गर्छ ।


विद्यार्थीहरूमा सकारात्मक सोचको विकास, भाषामा दक्षता, प्रभावकारी प्रस्तुतीकरण, व्यक्तिगत खुबी, नयाँ कुराहरू जान्ने/सिक्ने अवसर, अनुसन्धानमा दक्ष तथा निर्णय क्षमतामा निपुण हुन पनि मानविकी वा समाजशास्त्रका विषयहरू अध्ययन गर्न आवश्यक छ । अधिकांश विषयहरूका लागि समाज नै प्रयोगशाला भएकाले समाजमा पुगेर अवलोकन अध्ययनका लागि शैक्षिक संस्थाहरूले आवश्यक समन्वयकर्ता मार्फत विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा बुझाउन, देखाउन सके निश्चय नै यी विषयको प्रभावकारिकता अझै बढ्छ । त्यसैले आफ्नो परिवारको दबाब वा साथीहरूको लहैलहैमा आफूले अध्ययन गर्ने विषयको छनोट गर्नुभएको छ भने अझै पनि आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ किनकि कानुन र मानविकी अध्ययनले तपाईंलाई दक्ष र आत्मनिर्भर बन्न सिकाउने निश्चित छ ।

प्रकाशित : असार १८, २०७६ १०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT