फिफा विश्वकप २०१८
असार ८, २०७५

नजर नेयमरमाथि

ब्राजिलले शुक्रबार कोस्टारिकाको सामना गर्दा जित निश्चित आवश्यक बन्नेछ, नत्र टिमले विश्वकपमा आफ्नो खराब प्रदर्शनको यात्रालाई बराबरी गर्नेछ । यो खेलमा सबैको नजर टिममाथि मात्र हुने छैन, त्यो भन्दा बढी त व्यक्तिगत विशेष नेयमरमाथि हुनेछ ।

आइसल्यान्डसँग सचेत नाइजेरिया

नाइजेरियाले शुक्रबार आइसल्यान्डसँग खेल्नेछ । विश्वकप यात्रामा कमजोर सुरुआत गरेको नाइजेरिया विशेषगरी आइसल्यान्डले देखाएको जुझारु प्रदर्शनप्रति सचेत रहेको छ । जेर्नोट रोहरको प्रशिक्षणमा रहेको सुपर इगल्स रुस विश्वकपको सबैभन्दा युवा टोली हो ।

आजका खेलाडीः नेमान्जा माटिच, सर्बिया

रक्षात्मक मिडफिल्डर माटिचले विश्वकपको पहिलो खेलमा जित हात पार्दा राम्रो प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडमा खेल्ने माटिच राष्ट्रिय टोलीका लागि बेलाबखत आक्रमणमा पनि उत्तिकै सक्रिय हुने गरेका छन् ।

आजका खेलाडीः फिलिपे कोउटिन्हो, ब्राजिल

पछिल्लो खेलमा एक गोल गरेका ब्राजिलका कोउटिन्होले उत्कृष्ट लयमा रहेको संकेत दिइसकेका छन् । आक्रामक मिडफिल्डरको भूमिका निर्वाह गरेका उनले सेट पिसमा पनि मौका सिर्जना गरेका थिए ।

रोचक तथ्य: के रोनाल्डोले फोन्टेनलाई उछिन्लान् ?

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले रुसमा दुई खेल खेल्दै चार गोल गरिसकेका छन् । गोलको यो गति हेर्दा प्रश्न उठ्न सुरु भएको छ, के यी रियल म्याड्रिड विन्गरले फ्रान्सका जस्ट फोन्टेनको नाममा रहेको एक विश्वकप संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भंग गर्नेछन् त ?

क्रोएसियाद्वारा अर्जेन्टिना ३-० ले पराजित

फिफा विश्वकप २०१८ अन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

फ्रान्स अन्तिम १६ मा

युवा फरवार्ड किलियन एमबाप्पेको गोलमा पेरुलाई १-० ले पराजित गर्दै फ्रान्सले फिफा विविश्वकप २०१८ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । बिहीबार समूह 'सी' को दोस्रो खेलमा फ्रान्सले विजय यात्रालाई जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

असार ७, २०७५

उरुग्वे र रुस अन्तिम १६ मा

उरुग्वेले लुइस स्वारेजको गोलसँगै साउदी अरेबियालाई १–० ले हराएर बुधबार विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ । रोस्तोभ–अन–डनको उक्त नतिजाले आयोजक रुसको पनि नकआउट चरण यात्रा सुरक्षित भयो ।

पोर्चुगल जित्दा मोरक्को बाहिरियो

क्रिस्टियानो रोनाल्डोले जारी विश्वकपमा चौथो गोल गरेपछि पोर्चुगलले बुधबार मोरक्कोलाई १–० ले पराजित गरेको छ । यो नतिजापछि मोरक्को विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ ।

‘जापानको उत्कृष्ट प्रदर्शन’

जापानी टोलीले विश्वकप सुरु हुनु दुई साताअघि मात्र नयाँ प्रशिक्षक अकिरो निशिनो नियुक्त गरेको थियो । कम समयका कारण उनले यसअघि तीन खेलमा मात्र टोलीबारे बुझ्ने मौका पाए ।

फ्रान्स र डेनमार्कको नजर दोस्रो चरण

अस्ट्रेलियामाथि आफ्नो पहिलो खेलमा जित निकाल्न संघर्ष गरेको फ्रान्सले विश्वकप समूह ‘सी’ जित्न बिहीबार पेरुलाई हराउन प्रयास गर्नेछ । तर फ्रान्सेली टिमले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराउन भने प्राय: संघर्ष गर्ने गर्छ । दक्षिण अमेरिकी टिमविरुद्धका पछिल्ला १२ खेलमध्ये फ्रान्स ४ मा मात्र विजयी रहेको छ ।

अाजका खेलाडी: पाउल पोग्बा, फ्रान्स

अस्ट्रेलियामाथि २–१ को जित हात पार्दा फ्रान्सको दाबेदारजस्तो प्रदर्शन थिएन । पोग्बाले दिएको दबाबका कारण सम्भव भएको दोस्रो गोलले फ्रान्सलाई त्यो जित दिलाएको थियो ।

इजिप्टको लगातार हार

आयोजक रुस मंगलबार भएको खेलमा इजिप्टलाई ३–१ ले पराजित गर्दै विश्वकपको दोस्रो चरण पुग्ने आधार तय गरेको थियो । समूह ‘ए’ उरुग्वेले बुधबार साउदी अरेबियालाई १–० ले पराजित गरेपछि रुसले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मेसीलाई फेरि अर्को अवसर

आइसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समूह ‘डी’ को खेलमा अर्जेन्टिनाले बिहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

[विश्लेषण] रुस र उरुग्वेको अपेक्षित यात्रा 

विश्वकप २०१८ मा समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दुई टिमको निर्णय भएको छ । यसबाट आयोजक देश रुस र उरुग्वे नै अन्तिम १६ मा पुगेका छन् र यो अपेक्षित जस्तै थियो, मेरो लागि । यो समूहका बलियो भन्न मिल्न यिनै दुई टिम थिए । दुवै टिमको ६र६ अंक भएको छ र अब उनीहरू समूहको शीर्ष स्थानमा को रहने हो भनेर भिड्ने छन् ।