कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लयमा बलिया टिम

काठमाडौँ — यो पटकको विश्वकपमा सबै बलिया टीम लयमा छन् । फुटबल विश्वकपमा संधै चर्चामा रहने ब्राजिल, जर्मनी, अर्जेन्टीना, फ्रान्स र स्पेन यो वर्ष अझ बढी लयमा देखिएका छन् ।

लयमा बलिया टिम

ब्राजिल
ब्राजिल चार वर्षअघि घरेलु मैदानमा सफल हुने धेरैले अनुमान गरेका थिए तर उसलाई च्याम्पियन बन्ने बाटोमा रहेको जर्मनीले सेमिफाइनलमा नसोचिएको रूपमा ७–१ ले हराइदियो । पाँचपल्टको विश्वकप विजेता टिम फेरि एकपल्ट यथार्थता प्रस्तुत गर्नुपर्ने अवस्थामा छ । प्रशिक्षक टिटेले टिमको भाग्य बदलेका छन् र उनीहरू ढुक्क पनि छन् ।


चोटग्रस्त राइटब्याक ड्यानी आल्भेसको अनुपस्थिति ब्राजिलका लागि ठूलो घाटा हो तर मैत्रीपूर्ण खेलहरूबाट नेयमर तयार भइसकेको साबित भइसक्यो । उनले क्रोएसिया र अस्ट्रेलियाविरुद्ध गोल गरेका थिए । खुट्टाको शल्यक्रिया गरिएको तीन महिनापछि मैदानमा फर्किएका उनले आइतबार पहिलो रोजाइमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।


टिटेको समयमा म्यानचेस्टर सिटीका प्रशिक्षक गाब्रियल जेसस सबैभन्दा राम्रो लयमा छन् । टिटेको टिमले २१ खेलमा १७ जित हात पारेको छ । ‘हामी अपेक्षालाई सम्हाल्ने छौं । यो राम्रो हो । हामी आफैंलाई चुनौती दिन गइरहेका छौं,’ विश्वकपको तयारीमा प्रशिक्षक टिटेले भने, ‘विस्तृत कुरा एउटै छ । अब नयाँ तह सुरु भयो ।’

जर्मनी
जर्मनी डिफेन्डिङ च्याम्पियन हो र टिमका रूपमा उसले ठूला प्रतियोगितामा सँधै राम्रो देखाउने गर्छ । तर पछिल्ला मैत्रीपूर्ण खेलमा गरिएको प्रदर्शनले भने शंका उब्जाएको छ । जोचिम लोको टिम लेभरकुसनमा शुक्रबार भएको तयारीको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्नुअघिका ५ खेलमा जितविहीन थियो ।
सेप्टेम्बरमा घाइते भएयता फर्किएका पहिलो रोजाइका गोलकिपर म्यानुएल नोयर कठिन तबरले खेलिरहेका थिए तर जर्मन टिमले पछिल्ला चार विश्वकपमा हरेकपल्ट कम्तीमा सेमिफाइनल यात्रा तय गरेको छ । र, उसले रुसमा पनि उस्तै विशेषता देखाउने वाचा गरेको छ ।


मैत्रीपूर्ण खेलका नतिजाहरू ? ‘म तथ्यप्रति सचेत हुने गर्छु कि मैत्रीपूर्ण खेलहरू नतिजा (जित) कै लागि भन्ने होइन,’ म्यानचेस्टर सिटीका लेरोय सानेलाई टिममा समावेश नगरेका प्रशिक्षक लोले भने ।

स्पेन
ब्राजिलजस्तै स्पेन पनि २०१४ मा गरिएको कमजोर प्रदर्शनलाई बिर्साउन रुस आइपुगेको छ । स्पेन चार बर्षअघि समूह चरणबाटै बाहिरिएको थियो । जुलेन लोपेटेगुईको टिमले दुई वर्षयता हार बेहोरेको छैन । उसले क्रास्नाडोरमा शनिबार टयुनिसियालाई १–० ले हराएर तयारी पूरा गर्‍यो ।


क्रास्नाडोरको प्रदर्शन नै चित्तबुझो भने होइन तर अन्त्यतिर निर्णायक गोल गरेका थियागो अस्पासले अग्रपंक्तिमा सुरुबाटै जिम्मेवारी पाउने अवसर एक कदम अगाडि बनाएका छन् । स्पेनले समूह ‘बी’ मा पहिलो खेल शुक्रबार पोर्चुगलविरुद्ध खेल्नेछ । लोपेटेगुइका लागि अर्को विकल्पमा भ्यालेन्सियाका रोड्रिगो र डिएगो कोस्टा हुनेछन् । प्रशिक्षकले परिवर्तन चाहेका छन् तर युरो २०१६ मा इटालीसँग २–० ले हारेको टिमका सात खेलाडी अझै पनि पहिलो रोजाइमा हुनसक्छन् । ‘यस विश्वकपमा जे भएपनि त्यसको जवाफ हामी मैदानमा दिनेछौं । हामीले तीन खेलका लागि टिकट पाएका छौं र बाँकी खेलका लागि आफंैले कमाउने हो,’ लोपेटेगुइले भने ।

फ्रान्स
भविष्यलाई लिएर फ्रान्समा सकारात्मक सोच बढिरहेको छ तर अमेरिकासँग १–१ मा टुंगिएको शनिबारको मैत्रीपूर्ण खेलले भने समयमै डिडियर डेसच्याम्पलाई सुधार गर्नुपर्ने अझै ठाउँ भएको देखाएको छ ।


आयरल्यान्ड र इटालीविरुद्ध जित हात पारेको फ्रान्सलाई अमेरिकासँग बराबरीका लागि पनि अन्त्यतिर किलियन एमबाप्पेको गोल आवश्यक परेको थियो । रुसतर्फ लाग्नुअघिको त्यस खेललाई एल’इक्वेप पत्रिकाले ‘चिसो विस्फोट’ को रूपमा लेखेको थियो । त्यसमा पाउल पोग्बाको प्रदर्शन सुधारिएको थियो । त्यसमा उनका लागि डेसच्याम्पले उपयुक्त संरचना भेटाए ।


मिडफिल्डमा हीराका रूपमा रहेका पोग्बाले एन्टोइन ग्रिजमनलाई एमबाप्पे र ओलिभर जिरुडको ठीकपछाडि खेल्न स्वीकिृत दियो । तर त्यसमा गोललाई लिएर चिन्तित हुनुपर्छ । हुगो लोरिसको प्रदर्शन उस्तै उत्कृष्ट छैन । जस्तोसुकै भए पनि फ्रान्स अन्तिम चारमा पुग्नलाई योग्य छ ।

अर्जेन्टिना
छनोटको कठिन अवस्थामा रहेर पनि रुसमा पुग्नुमा अस्ट्रेलिया भाग्यमानी रह्यो । उसको विश्वकपको तयारीमा पनि हुनुपर्ने सजिलो र सहजता भएन ।


जोर्गे साम्पाओलीको टिमलाई खेलको अभ्यास निकै आवश्यक भएको बेला सार्वजनिक रुपमा चर्को विरोध भएपछि गत सातालाई तय गरिएको इजरायलविरुद्धको मैत्रीपूर्ण खेल स्थगित भएको थियो । म्यानुयल लान्जिनीलाई चोटले गुमाउनु उसका लागि तयारीमा अर्को घाटा रह्यो । आलोचकहरू अर्जेन्टिना सफलताका लागि लियोनल मेसी एक्लैमा निर्भर भएको बताउँछन् । त्यो न्याय नहुन सक्छ ।


सम्पाओलीको टिम प्रतिभाशाली छ । मिडफिल्डमा जिओभानी लो सेल्सो र अग्रपंक्तिमा गोन्जालो हिगुइन, सर्जियो अगुइरो, पाउलो डिबाला र एन्जेल डी मारिया छन् । जस्तोसुकै भए पनि उसले समूह चरणको चुनौती पार गर्न सके २०१४ को उपविजेताको क्वाटरफाइनल भेट स्पेनसँग हुन सक्छ ।
– सोची (एएफपी)

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?