काठमाडौँ — रुसी डिफेन्डर युरी झिर्कोभले दोस्रो विश्वयुद्धका सामग्री जम्मा पार्दै आएका छन् । उनीसँग सोभियत लिमोजिनदेखि अन्य थुप्रै सामग्री जम्मा भइसकेको छ ।
सन् २०१५ मा उनले कलिनिन्ग्राड सहरमा संग्रहालय खोल्ने भने पनि प्रारम्भिक योजनाअनुसार छानेको ठाउँ सानो भएपछि उक्त योजना सफल हुन सकेको छैन ।