कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्रिमियाको त्यो क्लब

एएफपी

गेलेन्जिक — स्वीडेनका गुस्ताभ स्भेन्सनलाई चार वर्षअघि युक्रेनी क्लब ताभरिया सिम्फेरोपोलले आबद्ध गरेको थियो तर क्रिमियामा रुसले सन् २०१४ मा हस्तक्षेप गरेपछि उनी स्वदेश फर्किएका थिए ।

क्रिमियाको त्यो क्लब

अहिले यी मिडफिल्डर यस क्षेत्रको गेलेन्जिकमा रहेको विश्वकपका लागि स्वीडेनको ट्रेनिङमा फर्किए । यो स्थान रुसले थपेको क्षेत्र ब्ल्याक सीबाट २ सय किमिभन्दा कम दूरीमा रहेको छ ।

‘म धेरै नजिक छु, जहाँ रहेको थिएँ,’ दक्षिण कोरियाविरुद्ध सोमबार हुने विश्वकप २०१४ मा स्वीडेनको पहिलो खेलअघि ३१ वर्षीय उनले भने, ‘केही सम्झना आइरहन्छ । तर सबै खराब होइन । म त्यहाँका सकारात्मक कुरा धेरै सम्झने गर्छु ।’

आईएफके गोटेबर्ग र बुरसास्परका पूर्वखेलाडीलाई ताभरियाले २०१२ मा अनुबन्ध गरेको थियो र उनले त्यहाँ क्लबका लागि २१ खेल खेलेका थिए । त्यसपछि फेब्रुअरी २०१४ मा अचानक रुसी सेना क्रिमियाको राजधानी सिमफेरोपोलमा प्रवेश गरेर विमानस्थालनसहित सहरका अन्य महत्त्वपूर्ण रणनीतिक स्थानहरू कब्जा गरे ।

अप्रिलमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई त्यस समुन्द्री तटमा प्रवेश गर्ने आदेश दिए र स्भेन्सनसहित टिमका विदेशीहरूलाई क्रिमिया छाड्न बाध्य भएका थिए । उनीहरू सेनाको चेक–प्वाइन्ट पार गर्दै बसमा युक्रेनी भूमि प्रवेश गरेका थिए ।

‘शक्ति र सैन्य प्रवेशले त्यहाँ जे चाहे पनि हुने भयो । त्यहाँ समस्या सुल्झाउनका लागि अर्को बाटो थियो तर त्यो धेरै गलत कार्य थियो,’ स्भेन्सनले भने । उनले युक्रेन फर्किने आशा गरेका थिए तर त्योभन्दा स्वीडेनको आफ्नै पूर्वक्लब गोथेन्बर्ग फर्किने निर्णयलाई राम्रो माने । स्वीडेन फर्केपछि स्भेन्सनले ताभरियाका पूर्वसहकर्मीहरूसँगको सम्पर्क पनि गुमाए । उनी अहिले मेजर लिग सकरको सिटल साएडर्सबाट खेलिरहेका छन् ।

‘धेरै खेलाडी अर्जेन्टिना र ब्राजिल फर्किएका थिए । यो निकै अत्यासलाग्दो हो,’ उनले भने । अचेल दुई टिमले ताभरियाको क्लबको नाम लिएका छन् । ताभरिया सिम्फेरोपोल अहिले सीमापारिको युक्रेनी भूमिमा रहेको छ भने टीएसके सिमफेरोपाल सहर कब्जा गरिएपछि स्थापना भएको हो र यसले क्रिमियाको नयाँ लिग खेल्छ । स्पेन्सनले क्लब दुई भागमा बाँडिएकोबारे कुनै जानकारी नभएको बताए ।

प्रकाशित : असार ४, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?