२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
फिफा विश्वकप २०१८

Fifa-worldcup-2018

इंग्ल्यान्डको जितमा केन नायक

कप्तान ह्यारी केनले दुई गोल गरेसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ ले हराएको छ । खेलको ११ अौं मिनेटमा केनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

इंग्ल्यान्डको जितमा केन नायक

स्वीडेनको ऐतिहासिक जित

स्वीडेनले सन् १९५८ यता पहिलोपल्ट विश्वकपको पहिलो खेल जितेर फिफा विश्वकप २०१८ मा उत्कृष्ट सुरुआत गरेको छ । कप्तान आन्द्रिएस ग्रान्कभिस्टले खेलको ६५ औं मिनेटमा गरेको पेनाल्टी गोलसँगै स्वीडेनले समूह ‘एफ’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो ।

स्वीडेनको ऐतिहासिक जित

सलाह फर्कंदा इजिप्ट उत्साही

रुसले विश्वकप २०१८ मा सानदार सुरुआत लिन सफल रह्यो, जतिबेला उसले साउदी अरेबियालाई ५–० ले हरायो । तर रुसले मंगलबार इजिप्टको सामना गर्दा अफ्रिकी प्रतिद्वन्द्वी नितान्त फरक हुनेछ । इजिप्ट आफ्नो जादुयी खेलाडी मोहमद सलाहको फर्काइले उत्साहित छ ।

सलाह फर्कंदा इजिप्ट उत्साही

रोचक तथ्य: डिफेन्डिङ च्याम्पियनको भाग्य

लगातार तेस्रो विश्वकप भएको छ, डिफेन्डिङ च्याम्पियनले आफ्नो पहिलो खेलमा जित निकाल्न नसकेको । यसपल्ट जर्मनी मेक्सिकोको हातबाट १–० ले पराजित रह्यो ।

रोचक तथ्य: डिफेन्डिङ च्याम्पियनको भाग्य

अाजका खेलाडी: सिन्जी कागावा, जापान

जापानी फुटबल टोलीका सबैभन्दा परिचित अनुहार हुनसक्छन्, सिन्जी कागावा । अहिले बोरुसिया डर्टमन्डसँग आवद्ध कागावाले कुनै समय म्यानचेस्टर युनाइटेडका लागि खेलेका थिए ।

अाजका खेलाडी: सिन्जी कागावा, जापान

अाजका खेलाडी: केइटा बाल्डे, सेनेगेल

केइटा बाल्डे प्राय: ‘केइटा’ नामले बढी चिनिन्छन् । उनी अचेल मोनाकोका लागि फ्रान्सको लिग–वानमा खेल्छन् । उनले किशोर छँदा बार्सिलोनामा पनि केही वर्ष बिताए ।

अाजका खेलाडी: केइटा बाल्डे, सेनेगेल

ब्राजिलको पनि पीडा उस्तै

रुसी विश्वकपको आफ्नो पहिलो खेलमा प्रभाव पार्न नसक्ने ठूलो राष्ट्रको सूचीमा ब्राजिल पनि थपिएको छ । ब्राजिललाई आइतबार स्वीट्जरल्यानडले १–१ को बराबरीमा रोक्यो ।

ब्राजिलको पनि पीडा उस्तै

‘जापानलाई अवसर छैन’

प्रशिक्षकलाई विश्वकपको ७१ दिनअघि बर्खास्त गरेको जापानले शंका गर्नेहरूलाई गलत साबित गर्ने प्रयासमा मंगलबार फिटनेसका लागि संघर्षरत् स्टार मिडफिल्डर जेम्स रोड्रिग्वेजको टिम कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

‘जापानलाई अवसर छैन’

लेवान्डोस्कीविरुद्ध माने

युरोपेली फुटबलका दुई उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोवस्की र साडियो माने विश्वकपमा मंगलबार हुने पोल्यान्ड र सेनेगलको खेलमा आमनेसामने हुँदै छन् ।

लेवान्डोस्कीविरुद्ध माने

बेल्जियमको प्रभावशाली जित

विश्वकप २०१८ मा समूह ‘जी’ तर्फका प्रारम्भिक खेलमा बेल्जियम र इंग्ल्यान्ड विजयी रहे । यसमध्ये बेल्जियमको जित निकै प्रभावशाली रह्यो । बेल्जियमलाई उपाधिको दावेदार मान्ने पनि गरिन्छ, किनभने टिममा उत्तिकै राम्रा खेलाडी छन् । यो टिममा बेल्जियमका स्वर्णिम पुस्ताका खेलाडी रहेका छन् । पानामामाथि प्राप्त ३–० को जित यसै कारणले हो । 

बेल्जियमको प्रभावशाली जित