३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘जापानलाई अवसर छैन’

समूह ‘एच’: पोल्यान्डविरुद्ध सेनेगल, कोलम्बियाविरुद्ध जापान
एएफपी

सारान्स्क — प्रशिक्षकलाई विश्वकपको ७१ दिनअघि बर्खास्त गरेको जापानले शंका गर्नेहरूलाई गलत साबित गर्ने प्रयासमा मंगलबार फिटनेसका लागि संघर्षरत् स्टार मिडफिल्डर जेम्स रोड्रिग्वेजको टिम कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

‘जापानलाई अवसर छैन’

विश्वकप २०१४ को सर्वाधिक गोलकर्ता रोड्रिग्वेज सारान्स्कस्थित मोरडोभिया एरिनामा हुने समूह ‘एच’ को पहिलो खेलमा खेल्नेमा शंका गरिएको छ । बाँया उनले खुट्टाको मांसपेसीमा समस्या बेहोरिहेका छन् र उनले यस्तै समस्या फेब्रुअरीमा पनि बेहोरेका थिए ।

चार वर्षअघि ब्राजिलमा क्वाटरफाइनल पुगेको कोलम्बियालाई उस्तै प्रदर्शन दोहोर्‍याउने सम्भावनाको लागि बायर्न म्युनिखका आक्रामक मिडफिल्डर रोड्रिग्वेजलाई मुख्य खेलाडी मानिएको छ । २६ वर्षीय उनको ६ गोल र थप चार गोलमा अन्तिम पास दिएको सहयोगमा कोलम्बिया विश्वकपका लागि छनोट भएको थियो । अर्का मिडफिल्डर विल्मर बारियोस पनि फिट हुनका लागि संघर्षरत् छन् ।

दक्षिण अमेरिकी टिम कोलम्बियाले पूर्वप्रशिक्षक फिलिप ट्राउजियरले भनेजस्तै जोसे मोउरिन्होले सम्हालेको भए पनि विश्वकपमा सुरुमै बाहिरिनबाट रोक्नका लागि संघर्ष गर्ने जापानी टिमको सामना गर्नेछ । ट्राउजियरले अन्तर्वार्तामा प्रशिक्षक भाहिद हालिहोजिचलाई अप्रिलमा बर्खास्त गरेपछि जापानको नकआउट चरण पुग्ने सम्भावना नभएको बताएका थिए ।

‘यदि उनीहरूले मोउरिन्हो वा आर्सेन वेंगरसँगै खेले भने पनि जापानलाई अन्तिम १६ मा पुग्न साह्रै गाह्रो हुनेछ,’ जापानलाई विश्वकप २००२ मा दोस्रो चरणमा पुर्‍याएका फ्रान्सेली प्रशिक्षक ट्राउजियरले भने । राष्ट्रिय टिम सम्हालिन नसेकेको अवस्थालाई उनको अनुमानले देखाउँछ ।

हालिहोजिचलाई बर्खास्त गरेपछि जापान फुटबल संघले त्यो स्थानपूर्ति पूर्व प्राविधिक निर्देशक अकिरा निसिनोबाट गरेको थियो । ६३ वर्षीय उनीसँग जे–लिगको पर्याप्त अनुभव छ तर राष्ट्रिय टिमसँग भने उनले जापानको यू–२० र यू–२३ टिमसँग मात्र काम गरेका थिए ।

यो समूहमा रोबर्ट लेवन्डोवस्की नेतृत्वको पोल्यान्डसहित सेनेगल पनि छ । यसमा जापानलाई राम्रो सुरुआत आवश्यक छ । ‘पोल्यान्डसँग पहिलो खेल भएको भए त्यो फरक हुने थियो । तर कोलम्बियासँग पहिलो खेल भयो र दोस्रोमा सेनेगलविरुद्ध । मेरा लागि कागजमै सीमित भए पनि उसलाई अवसर छैन,’ ट्राउजियरले भने । चार वर्षको विश्वकप भेटमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो र त्यसमा सुधार गर्ने प्रयास उसले गर्नेछ ।

प्रकाशित : असार ५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?