रोचक तथ्य: डिफेन्डिङ च्याम्पियनको भाग्य

कान्तिपुर संवाददाता

काठमाडौँ — लगातार तेस्रो विश्वकप भएको छ, डिफेन्डिङ च्याम्पियनले आफ्नो पहिलो खेलमा जित निकाल्न नसकेको । यसपल्ट जर्मनी मेक्सिकोको हातबाट १–० ले पराजित रह्यो ।

यसअघि सन् २०१४ मा स्पेन नेदरल्यान्ड्ससँग ५–१ ले हारेको थियो । सन् २०१० मा भने तत्कालीन विजेता इटालीले पाराग्वेसँग १–१ को बराबरी खेलेको थियो । अर्कोतर्फ मेक्सिकोले भने लगातार पाँचौं विश्वकपमा आफ्नो पहिलो खेल जितेको छ ।

Yamaha

प्रकाशित : असार ५, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अाजका खेलाडी: सिन्जी कागावा, जापान

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी फुटबल टोलीका सबैभन्दा परिचित अनुहार हुनसक्छन्, सिन्जी कागावा । अहिले बोरुसिया डर्टमन्डसँग आवद्ध कागावाले कुनै समय म्यानचेस्टर युनाइटेडका लागि खेलेका थिए ।

उनी २९ वर्षका भए । जापानी टिम यस्तै ३० वर्ष हाराहारीका खेलाडीले भरिएको छ । त्यसैले यो यी पुस्ताका खेलाडीको अन्तिम विश्वकप हुनसक्छ । कागावा चाहन्छन्, रुस बसाइ सुखद होस् ।

प्रकाशित : असार ५, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT