अाजका खेलाडी: सिन्जी कागावा, जापान

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानी फुटबल टोलीका सबैभन्दा परिचित अनुहार हुनसक्छन्, सिन्जी कागावा । अहिले बोरुसिया डर्टमन्डसँग आवद्ध कागावाले कुनै समय म्यानचेस्टर युनाइटेडका लागि खेलेका थिए ।

उनी २९ वर्षका भए । जापानी टिम यस्तै ३० वर्ष हाराहारीका खेलाडीले भरिएको छ । त्यसैले यो यी पुस्ताका खेलाडीको अन्तिम विश्वकप हुनसक्छ । कागावा चाहन्छन्, रुस बसाइ सुखद होस् ।

Yamaha

प्रकाशित : असार ५, २०७५ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अाजका खेलाडी: केइटा बाल्डे, सेनेगेल

कान्तिपुर संवाददाता

काठमाडौँ — केइटा बाल्डे प्राय: ‘केइटा’ नामले बढी चिनिन्छन् । उनी अचेल मोनाकोका लागि फ्रान्सको लिग–वानमा खेल्छन् । उनले किशोर छँदा बार्सिलोनामा पनि केही वर्ष बिताए ।

उनको जन्म नै स्पेनमा भएको हो, तर उनले आफ्नो पुख्र्यौली देशका लागि खेल्ने निर्णय गरे । यस्तोमा उनीजस्ता खेलाडी पाउनु सेनेगलका लागि भाग्य हो । फरवार्डका रूपमा उनी बलिया र सटिक खेलाडी हुन् ।

प्रकाशित : असार ५, २०७५ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT