इंग्ल्यान्डको जितमा केन नायक

एजेन्सी

भोल्गोग्राड — कप्तान ह्यारी केनले दुई गोल गरेसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ ले हराएको छ । खेलको ११ अौं मिनेटमा केनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

इंग्ल्यान्डको जितमा केन नायक

पहिलो हाफमा लगातार आक्रामक बनेको इंगल्याण्डले थप गोल गर्न सकेन । ३५ अौं मिनेटमा डिफेन्डर काइल वाल्करले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि ट्युनिसियाले पेनाल्टी पायो । फर्जानी सासीले उक्त पेनाल्टी गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।


दोस्रो हाफमा पनि इंगल्याण्डले रणनीति परिवर्तन गरेन । ट्युनिसियाको डिफेन्स संयमित भएर खेल्दा इंगल्याण्डले गोल थप्न सकेन । खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा केनले दोस्रो गोल गरे । ६ यार्ड बक्सभित्र अनमार्क रहेका उनले कर्नरमा आएको बललाई पोस्टको दिशा दिएका थिए ।


यस जितसँगै समूहमा बेल्जियम र इंगल्याण्डले ३-३ अंक जोडेका छन् । अर्को खेलमा इंगल्याण्डले पानामा र बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ ।

प्रकाशित : असार ५, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?