फिफा विश्वकप २०१८

Fifa-worldcup-2018

जापानलाई ठूलो सफलता

युया ओसाकोले खेलको अन्तिम समयमा गोल गरेपछि जापानले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई समूह ‘एच’ को खेलमा मंगलबार २–१ ले पराजित गरेको छ । यो जितसँगै जापान कुनै पनि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र बन्यो ।

जापानलाई ठूलो सफलता

जापानी राजकुमारी रुसमा

जापानकी राजकुमारी ताकामादो मंगलबार जापान र कोलम्बियाबीचको खेल हेर्न सारान्स्क पुगेकी छन् । सन् १९१६ यता शाही परिवारका कुनै सदस्य रुस पुगेको यो नै पहिलोपल्ट हो । राजकुमारी ताकामादो सन् १९९८ यता जापानको विश्वकप खेल हेर्न सबै ठाउँ पुगेकी छन् ।

जापानी राजकुमारी रुसमा

सेनेगलको सान

पोल्यान्डको डिफेन्समा भएको गल्तीको भरपूर फाइदा उठाउँदै विश्वकप २०१८ अन्तर्गत समूह ‘एच’ को खेलमा सेनेगल २–१ ले विजयी भएको छ । समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको पोल्यान्डलाई हराउँदै सेनेगल जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो अफ्रिकी टोली बनेको छ ।

सेनेगलको सान

स्पेन र पोर्चुगल दुवै सतर्क

स्पेनले विश्वकपको आफ्नो पहिलो खेलमा पोर्चुगलविरुद्ध प्रभावशाली प्रदर्शन गरेपछि बुधबार इरानको सामना गर्दा भने सतर्क रहनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा प्रशिक्षकको बर्खास्तगीले समस्यामा परेको स्पेन डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध मेक्सिकोले हात पारेको जितका कारण पनि सजग बनेको हो ।

स्पेन र पोर्चुगल दुवै सतर्क

रोचक तथ्य: इन्डोनेसियाको एक खेल

विश्वकपमा प्राय: एसियाली चुनौती कमजोर नै हुने गर्छ । यस्तोमा विश्वकप इतिहासमा इन्डोनेसियाको प्रसंग पनि आउने गर्छ । सन् १९३८ को विश्वकपमा इन्डोनेसियाले भाग लिने अवसर पाएको थियो । त्यति बेला देशको नाम भने बेग्लै थियो, ‘डच इस्ट इन्डिज’ नाममा ।

रोचक तथ्य: इन्डोनेसियाको एक खेल

‘जर्मनीका लागि अब फाइनलसरह’

जर्मनीका कप्तान म्यानुयल नोयरले मंगलबार विश्वकपमा आफ्नो टोलीका लागि बाँकी रहेको समूह चरणको दुई खेल फाइनलजस्तै भएको बताएका छन् । प्रतियोगिताबाट नबाहिरिन जोगिनलाई टिमभित्र स्पष्ट रूपमा छलफल भइसकेको उनले जनाएका छन् ।

‘जर्मनीका लागि अब फाइनलसरह’

केनको ‘डबल’ मा इंग्लिस खुसी

घडीको सुईले ९० मिनेट छोइसकेको थियो । ह्यारी केन त्यहीं थिए, जहाँ उनी हुनुपर्थे । प्रशिक्षक गारेथ साउथगेटले त्यो पेनाल्टी एरियामा अरु कोही होस् भनेर त चिताउन पनि सक्ने थिएनन् । र, इंग्लिस पाराले गोल पनि भयो । कर्नर, फ्लिक, ब्याक पोस्टमा हेडर ।

केनको ‘डबल’ मा इंग्लिस खुसी

साउदीलाई उरुग्वेली डर

रुसविरुद्धको उदघाटन खेलमा ५ गोल खाएको साउदी अरेबियाका लागि विश्वकप २०१८ मा अबको प्रतिद्वन्द्वी हो, उरुग्वे र यसका स्टार फरवार्ड लुइस स्वारेज । समूह ‘ए’ को बुधबार यो खेलमा जतिबेला यी दुई भिड्ने छन्, त्यतिबेला उरुग्वे टिमको पृष्ठभूमिमा हुनेछ, इजिप्टमाथि उसको १–० जित ।

साउदीलाई उरुग्वेली डर

विश्वकप खेल्न नमान्दा...

क्रोएसियाका फरवार्ड निकोला कालिनिचलाई विश्वकपमा नाइजेरियाविरुद्ध २–० ले हारेको खेलमा सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गर्न नमानेपछि सोमबार घर फर्काइएको छ ।३० वर्षीय उनको स्थानमा क्रोएसियाले अर्को खेलाडी राख्न पाउने छैन ।

विश्वकप खेल्न नमान्दा...

नेयमरले ट्रेनिङ छाडे

ब्राजिली स्टार नेयमरले विश्वकपमा दोस्रो खेलको तयारीमा रहेको मंगलबारको ट्रेनिङ सेसन चोटका कारण छाडेका छन् । यसले कोस्टारिकाव्रिुद्ध शुक्रबार हुने समूहको दोस्रो खेलमा ब्राजिली क्याम्पलाई त्रसित बनाएको छ ।

नेयमरले ट्रेनिङ छाडे

[विश्लेषण] जापानको सुखद सुरुआत

जापानले खेलको सुरुआती २० मिनेट आक्रमण रणनीतिमा खेल्यो । सुरुमै दबाब बनाएको जापानले पेनाल्टी प्राप्त गर्दै गोल भएपछि खेलमा पकड बनायो । कोलोम्बिया १० खेलाडीमा सिमित भएका कारण अग्रता लिएपनि दबाब बनाउन सक्यो ।

[विश्लेषण] जापानको सुखद सुरुआत

इजिप्टलाई हराउँदै रसिया नकआउट चरण नजिक

फिफा विश्वकप २०१८ अन्तर्गत मंगलबार आयोजक रसियाले इजिप्टलाई ३-१ ले पराजित गरेको छ । यस जितसँगै समूह 'ए' को शीर्ष स्थानमा रहेको रसिया दोस्रो चरणमा पुग्ने सम्भावना बढेको छ ।

इजिप्टलाई हराउँदै रसिया नकआउट चरण नजिक