१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इजिप्टलाई हराउँदै रसिया नकआउट चरण नजिक

एजेन्सी

सेन्ट पिटर्सबर्ग — फिफा विश्वकप २०१८ अन्तर्गत मंगलबार आयोजक रसियाले इजिप्टलाई ३-१ ले पराजित गरेको छ । यस जितसँगै समूह 'ए' को शीर्ष स्थानमा रहेको रसिया दोस्रो चरणमा पुग्ने सम्भावना बढेको छ ।

इजिप्टलाई हराउँदै रसिया नकआउट चरण नजिक

दुवै टोलीले आक्रमक रुपमा खेलेको पहिलो हाफमा गोल हुन नसक्दा मध्यान्तरमा खेल गोलरहित बराबरीमा रहयो । दोस्रो हाफको सुरुमै रसियाको दबाब सफल हुँदा इजिप्ट पछाडी पर्यो । अहमद फाथीले आत्मघाती गोल गर्दै टोलीलाई १(० को अग्रता दिलाएका थिए ।


लगत्तै ५९ औं मिनेटमा डेनिस चेरेसेभले अग्रता दोब्बर पारे भने त्यसको तीन मिनेटमा आर्टेम ज्युबाले ३-० को अग्रता बनाए ।


इजिप्टका लागि मैदानमा फर्केका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । खेलको १७ मिनेट बाँकी छँदा गोल गरेपनि इजिप्टले त्यसपछि गोल गर्न नसक्दा ३-१ को हार बेहोर्यो । यस हारसँगै इजिप्टको दोस्रो चरण पुग्ने गणितीय सम्भावना मात्र कायम रहेको छ ।र्केका मोहमद सलाहले पेनाल्टीमा गोल गरे ।


खेलको १७ मिनेट बाँकी छँदा गोल गरेपनि इजिप्टले त्यसपछि गोल गर्न नसक्दा ३-१ को हार बेहोर्यो । यस हारसँगै इजिप्टको दोस्रो चरण पुग्ने गणितीय सम्भावना मात्र कायम रहेको छ ।

प्रकाशित : असार ६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?