नेयमरले ट्रेनिङ छाडे

एएफपी

सोची — ब्राजिली स्टार नेयमरले विश्वकपमा दोस्रो खेलको तयारीमा रहेको मंगलबारको ट्रेनिङ सेसन चोटका कारण छाडेका छन् । यसले कोस्टारिकाव्रिुद्ध शुक्रबार हुने समूहको दोस्रो खेलमा ब्राजिली क्याम्पलाई त्रसित बनाएको छ ।

नेयमरले ट्रेनिङ छाडे

‘दायाँ एङ्कलको पीडासँगै नेयमरले ट्रेनिङ छाडेका छन्,’ ब्राजिलियन फुटबल महासंघका प्रवक्ता भिनिसियस रोड्रिग्वेजले भने । ब्राजिलको समूह ‘ई’ को पहिलो खेलमा आइतबार नेयमरलाई रोस्तोभ–अन–डोनमा स्वीट्जरल्यान्डसँग १–१ को बराबरी गर्ने क्रममा थुप्रै फाउल प्रहार गरेर लडाइएको थियो ।


२६ वर्षीय नेयमरले दायाँ एङ्कलमा चोट बोकेजस्तो अनुहारको भावबाट बुझ्न सकिन्थ्यो । सोचीमा ब्ल्याक सीमा रहेको क्याम्पमा फर्कंदा नेयमर सोमबारको ट्रेनिङमा सहभागी भएनन् । रोड्रिग्वेजले पेरिस सेन्ट जर्मेनका फरवार्डलाई फेब्रुअरीमा फ्याक्चर भएको खुट्टामा भने समस्या नभएको प्रस्ट पारे ।

प्रकाशित : असार ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?