विश्वकप खेल्न नमान्दा...

कालिनिच घर फर्काइए

रोसचिनो — क्रोएसियाका फरवार्ड निकोला कालिनिचलाई विश्वकपमा नाइजेरियाविरुद्ध २–० ले हारेको खेलमा सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गर्न नमानेपछि सोमबार घर फर्काइएको छ ।३० वर्षीय उनको स्थानमा क्रोएसियाले अर्को खेलाडी राख्न पाउने छैन ।

विश्वकप खेल्न नमान्दा...

त्यसको अर्थ प्रतियोगिातका बाँकी खेलमा क्रोएसियासँग २२ खेलाडीमात्र हुनेछ । एसी मिलानका कालिनिचले ढाडमा समस्या (घाइते) भएको बताएका थिए । उनले ब्राजिलविरुद्ध पराजित भएको मैत्रीपूर्ण खेलमा पनि उही समस्या देखाएका थिए ।


प्रशिक्षक ज्लात्को डालिचले भने, ‘म मेरा खेलाडी फिट भएको र खेल्नका लागि तयार हेर्न भएको चाहन्छु ।’ सन् २००९ देखि २०११ सम्म ब्ल्याकबर्न रोभर्सबाट खेलेका कालिनिचले क्रोएसियाका लागि ४१ खेलमा १५ गोल गरेका छन् । उनी लगातार चौथो खेलमा बेन्चमा रहेका थिए ।


‘नाइजेरियाविरुद्ध भएको खेलमा कालिनिचले वार्मअप गरेका थिए र उनी दोस्रो हाफमा खेल्ने अवस्थामा थिए,’ डालिचले भने, ‘तर त्यसपछि उनले ढाडलाई कारण देखाएर खेल्नका लागि तयार नरहेको बताए । इंग्ल्यान्डमा भएको ब्राजिलविरुद्ध मैत्रीपूर्ण खेलमा पनि त्यस्तै भएको थियो । अनि आइतबारको अभ्यास सत्रमा पनि । त्यसलाई शान्तपूर्वक स्वीकारेको छु । त्यसयता म खेलाडी फिट भएर खेल्नका लागि तयार रहेको चाहन्छु । त्यसैले यस्तो निर्णय लिएँ ।’


स्ट्राइकर कालिनिचले फिओरेन्टिनाबाट ‘लोन’ मा गएको सिजन मिलानमा बिताएका थिए । यसपालि स्थायी स्थानान्तरण भएका उनले मिलानमा ४१ खेलमा ६ गोल गरेका छन् । ओगेनेकारोको आत्मघाती गोल र लुका मोड्रिचको पेनाल्टीको सहयोगमा क्रोएसियाले कालिनिन्ग्राडमा भएको समूह ‘डी’ को प्रतिस्पर्धामा विजयी सुरुआत गरेको थियो । क्रोएसियाले विहीबार अर्जेन्टिनाको सामना गर्नेछ । उसले समूहको अन्तिम खेलमा मंगलबार आइसल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : असार ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?