१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

साउदीलाई उरुग्वेली डर

रोयटर्स

रोस्टोभ — रुसविरुद्धको उदघाटन खेलमा ५ गोल खाएको साउदी अरेबियाका लागि विश्वकप २०१८ मा अबको प्रतिद्वन्द्वी हो, उरुग्वे र यसका स्टार फरवार्ड लुइस स्वारेज । समूह ‘ए’ को बुधबार यो खेलमा जतिबेला यी दुई भिड्ने छन्, त्यतिबेला उरुग्वे टिमको पृष्ठभूमिमा हुनेछ, इजिप्टमाथि उसको १–० जित ।

साउदीलाई उरुग्वेली डर

रोस्टोभ (रोयटर्स)–


विश्वास नहुन सक्छ, दुईपल्टको विश्वकप विजेता उरुग्वेले अहिलेसम्म साउदी टिमलाई हराउन भने सकेको छैन । सन् २००२ को मैत्रीपूर्ण खेल जितेको साउदी टिमले सन् २०१४ को मैत्रीपूर्ण भने बराबरीमा टुंग्याएको थियो । आफ्नो प्रतिष्ठाअनुसार प्रदर्शन गर्न असफल साउदी टिमका लागि राहत के पनि हुनेछ भने स्वारेजले इजिप्टविरुद्धको खेलमा तीन मौका गुमाए ।


तर समूह ‘ए’ मा सबैभन्दा बलियो टिम उरुग्वे नै हो । यही टिमले साउदी अरेबियालाई हराउने छ भनेर अपेक्षा गर्न सकिन्छ । आखिरमा साउदी फिफा वरीयतामा ६७ औं स्थानमा छ । यो अहिलेको विश्वकप खेलिरहेका टिममध्ये दोस्रो पुछारको हो । उरुग्वे आफैं भने साउदीलाई सजिलो विपक्षी टिम मान्ने पक्षमा छैन ।


उरुग्वेली डिफेन्डर जोसे गिमिनेज भन्छन्, ‘हामीले यो खेल सहज रूपमा खेल्नुपर्छ, धेरै तनाव लिनुहुन्न । सबै खेल सजिलो हुन्न, यो हामीलाई पनि थाहा छ । हामीले यसरी नै सोचेर खेल्नेछौं । हामीले बलमाथि सकेसम्म बढी नियन्त्रण राखेर खेल्नेछौं ।’ इजिप्टविरुद्धको खेलमा यिनै खेलाडीले नै ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।


साउदी अरेबियाका लागि मेक्सिको र स्वीट्जरल्यान्ड जस्ता टिम प्रेरणास्रोत रहनेछ, किनभने यी दुई ‘अन्डरडग’ टिमले अपेक्षाभन्दा राम्रो गरेका छन् । ‘उरुग्वे बलियो टिम हो, यसमा शंका छैन । टिममा स्टार खेलाडी छन् । हामी यसअघिको खेलमा गरेको प्रदर्शनमा सुधार चाहन्छौं र आफ्ना समर्थकलाई खुसी दिलाउन चाहन्छौं,’ साउदी मिडफिल्डर तासिर अल–जमिमले भनेका छन् ।


यो खेलमा उरुग्वे विजयी रहे समूहको विजेता हुनसक्छ । टोलीले नकआउट चरणमा बलिया स्पेन वा पोर्चुगलको सामना गर्न तयार हुनुपर्नेछ । अर्कोतर्फ साउदी अरेबियाको हार सम्भावनामा टिमका अर्जे्टिनी प्रशिक्षक जुवान एन्टोनियो पिजी बर्खास्तमा पर्नसक्ने छन् । साउदी फुटबल पदाधिकारी हारपछि रिसाएर व्यवहार गर्नमा बद्नाम छन् ।

प्रकाशित : असार ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?