२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

केनको ‘डबल’ मा इंग्लिस खुसी

भोल्गोग्राड — घडीको सुईले ९० मिनेट छोइसकेको थियो । ह्यारी केन त्यहीं थिए, जहाँ उनी हुनुपर्थे । प्रशिक्षक गारेथ साउथगेटले त्यो पेनाल्टी एरियामा अरु कोही होस् भनेर त चिताउन पनि सक्ने थिएनन् । र, इंग्लिस पाराले गोल पनि भयो । कर्नर, फ्लिक, ब्याक पोस्टमा हेडर ।

केनको ‘डबल’ मा इंग्लिस खुसी

नतिजा इंग्ल्यान्ड विश्वकपको आफ्नो पहिलो खेललाई सुखद अन्त्य दिन सफल रह्यो ।


डर थियो, कतै इंग्ल्यान्डको भाग्यले ठगिने त होइन ? तर अन्त्यमा इंग्ल्यान्ड टयुनिसियामाथि २–१ ले विजयी रह्यो । यसका लागि हकदार पनि देखिन्थ्यो । यहाँनिर सम्झनैपर्छ, इंग्ल्यान्डले सन् १९५० यताका विश्वकप र युरोपेली च्याम्पियसिपको समूह चरणमा ५ अंकमात्र बटुल्न सकेको छ, त्यो भन्दा बढी होइन ।


इंग्ल्यान्डले टयुनिसियालाई दबाबमा राखेकै हो, तर खेल १–१ को बराबरीमा छुट्यो भने त त्यो साउथगेटलाई टाउको दुखाइ हुन्थ्यो नै । त्यसमाथि इंग्ल्यान्डले पस्केको खेलले जित माग्थ्यो । केनले नै इंग्ल्यान्डलाई कर्नरबाट गोल गर्दै अग्रता दिलाएका थिए । तर रोमाञ्चक खेल पस्केर पनि इंग्ल्यान्ड जितको स्थितिमा पुगेको थिएन । टयुनिसियाको बराबरीमा पेनाल्टी गोल थियो ।


त्यो पेनाल्टी यस्तो स्थितिमा तयार भएको थियो, जुन स्थिति आवश्यक नै थिएन । यस्तोमा देखियो, इंग्ल्यान्डका खेलाडीमा राम्रो खेल्ने तत्परता त थियो तर जित हात पार्ने मनसाय थिएन । र, यहाँनिर नै केन आइपुगे । उनले ‘टिस्टिङ’ हेडर मदतले गोल गरे । अब इंग्ल्यान्ड आइतबार पानामालाई हराएर दोस्रो चरणका लागि छनोट हुन सक्नेछ ।


यस्तोमा इंग्ल्यान्ड मात्र होइन, बेल्जियमका लागि पनि समूह ‘जी’ को आ–आफ्नो अन्तिम खेलमा धेरै तनाव लिनुपर्ने छैन । भोल्गोग्राडको अनुभव इंग्ल्यान्डका लागि साँच्चै मीठो नै रहयो । कसैले भन्न सक्ने छैन, इंग्ल्यान्ड नजितेको भए राम्रो भनेर । टयुनिसियाको खेलसामु इंग्ल्यान्ड धेरै अगाडि देखिन्थ्यो । मात्र उनीहरूले जसरी खेले, त्यसले समर्थकको मन भने खेल नसकिएसम्म धडकिरहयो ।


खासमा साउथगेटले आफ्नो वचन राखेकै हुन् । इंग्ल्यान्डले उनको दाबीअनुसार लयमा देखिएको आक्रामक खेल प्रदर्शन गर्‍यो । इंग्लिस खेलाडीको पास गर्ने कलामा गुनासो गर्ने ठाउँ थिएन । विशेषत: पहिलो हाफमा यति धेरै आक्रमण बुनियो कि गोल त धेरै हुुनुपर्ने सोच आउन सक्छ । खेलको सुरुमै इंग्ल्यान्ड सायद केही हदसम्म निर्दयी हुनुपथ्र्यो, आफ्नो प्रतिद्व्रन्द्वीमाथि ।
– द गार्डियन

प्रकाशित : असार ६, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?