२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘जर्मनीका लागि अब फाइनलसरह’

रोयटर्स

भाटुटिन्की — जर्मनीका कप्तान म्यानुयल नोयरले मंगलबार विश्वकपमा आफ्नो टोलीका लागि बाँकी रहेको समूह चरणको दुई खेल फाइनलजस्तै भएको बताएका छन् । प्रतियोगिताबाट नबाहिरिन जोगिनलाई टिमभित्र स्पष्ट रूपमा छलफल भइसकेको उनले जनाएका छन् ।

‘जर्मनीका लागि अब फाइनलसरह’

मेक्सिकोसँग आइतबार आफ्नो पहिलो खेलमा जर्मनीले १–० को अप्रत्याशित हार भोग्नुपरेको थियो । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई त्यसैले समूह ‘एफ’ को बाँकी रहेको सोचीमा शनिबार हुने स्वीडेन र बुधबार कजानमा दक्षिण कोरियासँग हुने खेलमा अत्यधिक दबाब रहने छ ।

‘अब हामीसँग फाइनल खेलमात्र बाँकी छन् । खेलाडीले आफूहरूमा क्षमता छ भनेर देखाउने बेला आएको छ, तर हामीले सक्छौं भन्नेमा म विश्वस्त छु,’ नोयरले भने । रुस यात्राअघि जर्मनीलाई सन् १९६२ मा ब्राजिल पछि पहिलो विश्वकप उपाधि रक्षा गर्ने टोलीको रूपमा हेरिएको थियो । तर मेक्सिकोसँगको पराजयपछि टोलीको अन्तिम १६ मा नै पुग्ने सम्भावना कमजोर बनेको छ ।

‘अघिल्लो खेललाई गुनासो गरेर हुनेवाला केही छैन, त्यसले केही परिवर्तन ल्याउँदैन जुन हामीलाई थाहा नै छ,’ नोयरले भने, ‘हामीले यी सबै विषयलाई जतिसक्दो पछाडि राख्न सक्नुपर्छ ।’


नोयरका अनुसार प्रशिक्षक जोचिम लोले मेक्सिकोसँगको कमजोर प्रर्दशनपछि आपतकालीन बैठक राखेका थिए र त्यसमा खेलाडीले केही प्रतिक्रिया दिएनन् । ‘हाम्रो दोहोरो कुरा नै भएन, हामी सुनेर मात्र बस्यौं । किनभने स्वीडेनसँग हामी पनि राम्रो हुन चाहन्थ्यौं,’ नोयरले भने, ‘टिमको यो बैठक लामो समयसम्म चलिरहयो ।’

प्रकाशित : असार ६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?