रोचक तथ्य: इन्डोनेसियाको एक खेल

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकपमा प्राय: एसियाली चुनौती कमजोर नै हुने गर्छ । यस्तोमा विश्वकप इतिहासमा इन्डोनेसियाको प्रसंग पनि आउने गर्छ । सन् १९३८ को विश्वकपमा इन्डोनेसियाले भाग लिने अवसर पाएको थियो । त्यति बेला देशको नाम भने बेग्लै थियो, ‘डच इस्ट इन्डिज’ नाममा ।

उसले खेलको एक मात्र खेलमा बलियो हंगेरीसँग ६–० ले पराजित रहयो । त्यो नकआउट खेल थियो र हारसँग टिम घर फर्कन बाध्य रहयो । यस्तोमा टिमको नाममा खराब कीर्तिमान बन्यो, विश्वकपमा सबैभन्दा कम खेल खेल्ने, त्यो पनि एकमात्र ।

Yamaha

प्रकाशित : असार ६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘जर्मनीका लागि अब फाइनलसरह’

रोयटर्स

भाटुटिन्की — जर्मनीका कप्तान म्यानुयल नोयरले मंगलबार विश्वकपमा आफ्नो टोलीका लागि बाँकी रहेको समूह चरणको दुई खेल फाइनलजस्तै भएको बताएका छन् । प्रतियोगिताबाट नबाहिरिन जोगिनलाई टिमभित्र स्पष्ट रूपमा छलफल भइसकेको उनले जनाएका छन् ।

मेक्सिकोसँग आइतबार आफ्नो पहिलो खेलमा जर्मनीले १–० को अप्रत्याशित हार भोग्नुपरेको थियो । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई त्यसैले समूह ‘एफ’ को बाँकी रहेको सोचीमा शनिबार हुने स्वीडेन र बुधबार कजानमा दक्षिण कोरियासँग हुने खेलमा अत्यधिक दबाब रहने छ ।

‘अब हामीसँग फाइनल खेलमात्र बाँकी छन् । खेलाडीले आफूहरूमा क्षमता छ भनेर देखाउने बेला आएको छ, तर हामीले सक्छौं भन्नेमा म विश्वस्त छु,’ नोयरले भने । रुस यात्राअघि जर्मनीलाई सन् १९६२ मा ब्राजिल पछि पहिलो विश्वकप उपाधि रक्षा गर्ने टोलीको रूपमा हेरिएको थियो । तर मेक्सिकोसँगको पराजयपछि टोलीको अन्तिम १६ मा नै पुग्ने सम्भावना कमजोर बनेको छ ।

‘अघिल्लो खेललाई गुनासो गरेर हुनेवाला केही छैन, त्यसले केही परिवर्तन ल्याउँदैन जुन हामीलाई थाहा नै छ,’ नोयरले भने, ‘हामीले यी सबै विषयलाई जतिसक्दो पछाडि राख्न सक्नुपर्छ ।’


नोयरका अनुसार प्रशिक्षक जोचिम लोले मेक्सिकोसँगको कमजोर प्रर्दशनपछि आपतकालीन बैठक राखेका थिए र त्यसमा खेलाडीले केही प्रतिक्रिया दिएनन् । ‘हाम्रो दोहोरो कुरा नै भएन, हामी सुनेर मात्र बस्यौं । किनभने स्वीडेनसँग हामी पनि राम्रो हुन चाहन्थ्यौं,’ नोयरले भने, ‘टिमको यो बैठक लामो समयसम्म चलिरहयो ।’

प्रकाशित : असार ६, २०७५ १०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT