३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सेनेगलको सान

एएफपी

मस्को — पोल्यान्डको डिफेन्समा भएको गल्तीको भरपूर फाइदा उठाउँदै विश्वकप २०१८ अन्तर्गत समूह ‘एच’ को खेलमा सेनेगल २–१ ले विजयी भएको छ । समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको पोल्यान्डलाई हराउँदै सेनेगल जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो अफ्रिकी टोली बनेको छ ।

सेनेगलको सान

यसअघि अफ्रिकी टोली इजिप्ट, मोरक्को, नाइजेरिया र टयुनिसिया सबै पहिलो खेलमा पराजित भएका थिए ।


पहिलो हाफमा खराब प्रदर्शन गरेको पोल्यान्ड थियागो चिओनेकको आत्मघाती गोलसँगै खेलमा पछाडि परेको थियो । ३७ औं मिनेटमा इड्रिसा गेयेले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार चिओनेकलाई लाग्दै पोस्टमा छिरेको थियो । दोस्रो हाफमा एमबाए नियाङले गोलरक्षक अगाडि बढेको मौका छोप्दै खाली पोस्टमा गोल गरेपछि सेनेगल २–० ले अगाडि बढेको थियो ।


गोलरक्षक वोजचिएक सेचेज्नी र डिफेन्डर यान बेड्नारेक लामो ब्याकपास लिन अगाडि बढ्दा कमजोर तालमेलको फाइदा उठाउँदै नियाङले गोल गरेका थिए । उक्त मुभमा खराब पास दिएका ग्रेगोर्ज क्रिचोविआकले पोल्यान्डलाई खेलमा फर्काउने प्रयास गर्दै गोल गरे पनि सेनेगलले अग्रता बचायो ।


अनुभवी डिफेन्डर कमिल जिल्कलाई चोटका कारण दुई साताअघि गुमाएको पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । कालिडु कोउलिबेलिले खेलको अधिकांस समय पोल्यान्डका सर्वाधिक गोलकर्ता लेवान्डोस्कीलाई खुलेर खेल्न दिएनन् ।


सन् २००२ को विश्वकपमा त्यसबेलाका डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनेगल समूहको शीर्षस्थानमा जापानसहित समान ३ अंक जोड्न सफल रहयो । पोल्यान्डले भने सन् १९७४ यता विश्वकपको पहिलो खेलमा जित दर्ता गर्न सकेको छैन ।

प्रकाशित : असार ६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?