कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जापानी राजकुमारी रुसमा

एएफपी

मस्को — जापानकी राजकुमारी ताकामादो मंगलबार जापान र कोलम्बियाबीचको खेल हेर्न सारान्स्क पुगेकी छन् । सन् १९१६ यता शाही परिवारका कुनै सदस्य रुस पुगेको यो नै पहिलोपल्ट हो । राजकुमारी ताकामादो सन् १९९८ यता जापानको विश्वकप खेल हेर्न सबै ठाउँ पुगेकी छन् ।

जापानी राजकुमारी रुसमा

राजकुमारी आइतबार हुने जापान र सेनेगलबीचको खेल हेर्न एकेटेरिनबर्ग पनि पुग्ने बताइएको छ । त्यहाँ उनले परम्परागत क्युडो सेमिनारमा पनि भाग लिने कार्यक्रम छ ।

दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत युनियनले टोकियोले आफ्नो भनेका चार टापु कब्जा गरेको कारण केही दशकयता सम्बन्ध चिसिएको छ ।

प्रकाशित : असार ६, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?