कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

[विश्लेषण] रुस र उरुग्वेको अपेक्षित यात्रा 

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दुई टिमको निर्णय भएको छ । यसबाट आयोजक देश रुस र उरुग्वे नै अन्तिम १६ मा पुगेका छन् र यो अपेक्षित जस्तै थियो, मेरो लागि । यो समूहका बलियो भन्न मिल्न यिनै दुई टिम थिए । दुवै टिमको ६र६ अंक भएको छ र अब उनीहरू समूहको शीर्ष स्थानमा को रहने हो भनेर भिड्ने छन् । 

[विश्लेषण] रुस र उरुग्वेको अपेक्षित यात्रा 

प्रतियोगिताबाट बाहिरिने दुई टिम भने इजिप्ट र साउदी अरेबिया रहे । हिजोको खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० ले हरायो र त्यसमा लुइस स्वारेजले निर्णायक गोल गरे । यो गोल सेट–पिसमा सम्भव भएको थियो । यसपल्टको विश्वकपमा अधिकांस गोल सेट–पिसमा आइरहेका छन् । यो एउटा विशेषताका रूपमा अगाडि आएको छ ।

उरुग्वेले त्यस खेलमा बलमाथि नियन्त्रण राखेर आक्रामक हुँदै खेलिरहेको थियो । उसले लगभग साउदी अरेबियाको पेनाल्टी एरियामा बढी खेल्ने प्रयास गरिरहेको थियो । प्रतियोगिताको समूह ‘बी’ बाट भने कुन टिम अन्तिम १६ मा पुग्ने हो, त्यो निश्चित हुन सकेको छैन । त्रिकोणात्मक भिडन्त रहेको छ, यसका लागि । त्यसैले समूह रोमाञ्चक मोडमा पुगेको छ ।

खाली मोरक्कोको चुनौती मात्र समाप्त भयो । स्पेन, पोर्चुगल र इरान तीनै टिमको सम्भावना उत्तिकै देख्छु्ं म । स्पेन र पोर्चुगलको ४र४ अंक छ भने इरानको ३ अंक । यो समूहको हिजो भएको पहिलो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले हरायो । पोर्चुगलले खेलको सुरुमै गोल निकाल्न सफल रह्यो । उसका लागि फेरि एकपल्ट क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

यो गोल पनि संयोगले सेट–पिसमै सम्भव भएको थियो । कर्नरमा रोनाल्डोले शक्तिशाली हेड गर्दै गोल गरे । पोर्चुगल सुरुदेखि आक्रामक भएको हुँदा यो गोल सम्भव भएको थियो । मोरक्को भने सुरुमै एक गोल खाएको हुँदा निकै दबाबमा खेल्न बाध्य रह्यो । मोरक्कोले खेलका क्रममा गोल फर्काउन प्रयास नगरेको पनि होइन, लगातार आक्रमण बुनिरह्यो ।

तर कुनै पनि आक्रमण लक्ष्यमा रहेन । यो खेल जितेर पनि पोर्चुगल ढुक्क हुन सकेको छैन । अब उसले इरानको सामना गर्नेछ । अर्को खेलमा इरान आफै स्पेनको हातबाट पराजित रह्यो । स्पेनका लागि डिएगो कोस्टोले गोल गरे । उनले खेलमा खासै बल छोइरहेका थिएनन । जति बेला मौका पाए, गोल उनकै नाममा रह्यो । पोर्चुगलविरुद्धको खेलमा पनि उनले खासै बल छोएका थिएनन् ।

तर त्यसमा पनि उनले दुई गोल गरे । स्पेनी टिमको विशेषता नै हो, यो । उनीहरू प्रायस् बलमाथि बढी नियन्त्रण राखेर खेल्ने गर्छन् र यो काम मिडफिल्डले पूरा गर्ने गर्छ । इरानविरुद्धको खेलको विशेषता पनि ठीक यही थियो । इरानको डिफेन्स राम्रो रह्यो र यसलाई तोड्न स्पेन संघर्षरत नै रह्यो । इरानले काउन्टर आक्रमणमा खेल्ने प्रयास गरिरहेको थियो ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार ७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?